तीस लाख खर्चेर तालिम लिएका सशस्त्रका गोताखोर जोगाउनै मुश्किल
सन्जिब बगाले र मनोज सत्याल कुरिनटार
(चितवन), असोज
५
21.7k Shares
![]()
सात वर्ष पहिला सशस्त्र प्रहरीका २५ जनाले गोताखोरको तालिम
लिए।
बंगलादेशको
समुद्रमा उनीहरूले गोताखोरको तीन महिने आधारभूत तालिम गरेका थिए।
तर
अहिले सशस्त्र प्रहरीमा १९ जनामात्रै
गोताखोर छन्। तालिम लिएका बाँकी ६ जनामध्ये १ जनाको
स्वास्थ्यमा समस्या आएर मृत्यु
भयो भने अन्य ५ जनाले जागिर छोडेका छन्
पछिल्ला
सात वर्षमा सशस्त्र प्रहरीमा न गोताखोरका लागि उच्चस्तरको तालिम दिएको छ न त
जनशक्ति नै बढाएको छ।
बंगलादेशमा
करेन्ट नभएको पानीमा तालिम
लिएका सशस्त्र प्रहरीका गोताखोरका लागि नेपालको पहाडी भेगबाट
बग्ने नदीमा काम
गर्न कठिन भएको छ।
सशस्त्र
प्रहरीले गोताखोरलाई दक्ष र
व्यवस्थित बनाउन नम्बर १ बाहिनी पकलीमा तालिम सञ्चालन गर्ने
योजना बनाएको सशस्त्र
प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक
किशोर प्रधानले सेतोपाटीलाई बताए।
‘अहिले भएको गोताखोरलाई अलि विशेष
किसिमको तालिम
गराउनु पर्ने आवश्यकता छ। विदेशमा तालिम दिएर उनीहरूको सीप र कलामा अझै
वृद्धि गर्ने हाम्रो योजना छ,’ प्रधानले
भने,‘पानीमूनिको
संसार अर्कै हुन्छ।
चुनौती मोलेर हाम्रा गोताखोरले काम गर्छन्। उच्च मनोबलले काम गर्न उनीहरूलाई
प्रोत्साहन गर्न जरूरी छ।’
एक
व्यक्तिलाई गोताखोरको तालिम दिन ३० लाख
रुपैयाँभन्दा बढी खर्च लाग्छ। तर तालिम गरेका गोताखोरलाई भने
प्रहरी सेवामा
जोगाउन सकिएको छैन।
गोताखोरले
गर्ने मुख्य काम नदीमा हराएको मान्छे तथा अन्य वस्तु खोज्ने हो। गोताखोरले जीवित
उद्धार भने बिरलैमात्र गरेको छ।
नेपालका
नदीहरूमा प्रवाह अत्याधिक हुन्छ। यस्ता नदीमा गोताखोरलाई उच्च प्रविधिमैत्री
बनाउनु पर्ने हुन्छ।
‘सशस्त्र प्रहरीले नदीनाला भएको देशमा एड्भान्स
गराउने योजना बनाएको छ। त्यसका लागि बजेटको आवश्यक पर्छ,’ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले भने,‘करेन्ट बढी फ्लो हुने ठाउँमा गोताखोरले
आधुनिक प्रविधिबाट काम गर्नुपर्छ। त्यसका लागि प्रविधिमा जानुपर्छ। आधुनिक प्रविधि प्रयोग गरेर
कुनै ठाउँ पहिचान गरेर शव या अन्य
वस्तु खोज्नुपर्छ।’
कुरिनटारमा
रहेको सशस्त्र प्रहरी विपद्
व्यवस्थापन तालिम शिक्षालय सीमित संख्यामा रहेका गोताखोरलाई
नेपालभर खटाउने गरेको
श्रेष्ठले बताए।
बंगलादशेमा
तालिम लिएको भए पनि त्यहाँको
भौगोलिक अवस्था र नेपालको अवस्था धेरै भिन्न रहेकाले काम गर्न
कठिन भएको गोताखोरको
तालिम लएका सहायक हवल्दा ओमबहादुर सलामीले सेतोपाटीलाई बताए।
‘नेपालको हिमालदेखि तराईसम्म हामी पुगेका छौं।
कहिले सफल भएका छौं, कहिले
असफल पनि,’ सलामीले
भने,‘जमेको
पानीमा गोताखोरलाई
काम गर्न सहज भए पनि नदीमा चुनौती छ। त्यही भएर हामीलाई तालिम र प्रविधि
दुबैको अभाव छ।’
चौबीसै
घन्टा तयारीमा अवस्थामा रहने र घटनाको सूचना पाएको पाँच मिनेटमा हिँड्न सक्ने उनले
बताए।
चुनौती मोलेर काम गर्नु पर्ने भएकाले सुविधा पनि
त्यहीअनुसारको दिइए गोताखोरलाई जोगाउन सकिने सलामीको भनाइ छ।
२०७६-६-८