मिति २०८३/०४/२८ गते ०८२-०८३ श्रावण महिनाको मासिक कार्यक्रम यस शिक्षालयका सह-समादेशक सशस्त्र प्रहरी उपरिक्षक सुर्य प्रसाद आचार्य ज्यूको प्रमुख आतिथ्यमा मनाईएको । उक्त कार्यक्रममा Soldier of the month हुनु भएका सशस्त्र प्रहरी सहायक हवल्दार सुरेश कुमार श्रेष्ठलाई ३ पुस्ते अभिलेखमा जनिने गरि प्रशंसा पत्र तथा नगद पुरस्कार सहित पुरस्कृत गरिएको, साथै असार महिनामा जन्मदिन पर्ने सम्पूर्ण सकल दर्जाका स.प्र.क.हरुलाई हार्दिक बधाई तथा शुभ-कामना पत्र प्रदान गरिएको ।