Toggle Menu

गतिविधिहरू

APF Activities
" विपद् व्यवस्थापन विज्ञहरु बाट अनुगमन तथा निरीक्षण भर्मण "

        मिति २०८३/०५/०४ गतेको समयमा पूर्व गृहसचिव गोकर्णमणि दुवाडीज्यू, पुर्व अर्थसचिव कृष्णहरि बास्कोटाज्यू, सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालज्यू, पूर्व सहसचिव श्याम सुन्दर शर्माज्यू, विपद् व्यवस्थापन विज्ञ प्राविधिक डाक्टर विशालनाथ उप्रेतीज्यू, विपद् व्यवस्थापन विज्ञ भूपमणि दाहालज्यू, विपद् व्यवस्थापन विज्ञ श्याम न्यौपानेज्यू लगायतका विपद् व्यवस्थापन विशिष्ट विशेषज्ञहरुको टोली यस शिक्षालयमा पाल्नु भई विपद् व्यवस्थापन सम्बन्धि डेमो, DM Rec, ट्रमा सेन्टर लगायत अन्य शिक्षालय परिसर भर्मण गर्नुका साथै यस शिक्षालयका समादेशकबाट प्रस्तुतीकरण र यस शिक्षालयका अधिकृतहरु बिच विपद् व्यवस्थापन सम्बन्धि विविध पक्षहरुमा अन्तरक्रिया तथा छलफल गरेको ।

2083-05-04
APF Activities
शान्ति तथा सद्‍भाव र्‍याली

मिति २०८३/०४/१७ गते १०:०० बजेको समयबाट जिल्ला चितवन ईच्छाकामना गा.पा. ०३ मुग्लिङ्ग बजारमा ईच्छाकामना जेसिसद्वारा ईच्छाकामना जेसिसको अध्यक्ष रंजिता सिलवालको नेतृत्वमा अं ८०/९० जनाको संख्यामा शान्ति सद्‍भाव तथा सामाजिक एकताको लागि शान्ति तथा सद्‍भाव र्‍यालीमा सहभागी हुन यस शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा ११ जनाको टोली, ईलाका प्रहरी कार्यालय मुग्लिङ्गबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जना र अन्य स्थानिय उद्योग व्यवसायी स्थानिय भद्रभलाद्‍मी आदि उपस्थित भई मुग्लिङ्ग बजारमा र्‍याली गरी १०:४५ बजे समाप्त भएको । 

2083-04-17
APF Activities
सि.सं. ३ Water Rescue (जु.अ. तथ अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

मिति २०८१/०४/२७ गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालित सि.सं. ३ Water Rescue (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलज्यूले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै  नेपालले प्राकृतिक तथा मानवसृर्जित विभिन्न प्रकोपहरुवाट वर्षेनी धेरै जनधनको क्षती व्यहोरीराखेको छ । यस्ता प्रकोप जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ भने नियन्त्रण गर्न कठिन हुने गर्दछ ।यस्ता प्रकोपहरुवाट हुने घाईते विरामीहरुलाई समयमै घटनास्थमा पुगि उद्धार गर्न सकिएको खण्डमा प्रकोप पिडीतको जिवन बचाउन सकिन्छ ।जुन एक मानविय कार्य तथा धर्म पनि हो र सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवकहरुको कर्तव्य पनि हो । तपाईहरु भविश्यमा हुन सक्ने जल उत्तन्न प्रकोपमा उद्दारकको रुपमा परिचालन हुन पर्ने हुन्छ उक्त परिचालनलाई प्रभावकारी बनाउन घटनास्थलमा रहेका विभिन्न किसिमका घाइते विरामीहरुलाई आफू सुरक्षित रहि घाईते विरामीको जिवन बचाउन सफल भएको खण्डमा मात्र सफल उद्दार हुन सक्दछ . त्यसै कारणले गर्दा एक सफल उद्धारक हुनको लागी तालिममा लगनशिल भई तालिमको उदेश्य अनुसार  Water Rescue सम्वन्धी Skill सिक्नु हुनेछ र प्रशिक्षक वर्गहरुले पनि उत्कृष्ट ढंगले प्रशिक्षण गराउन निर्देशन समेत दिन चाहान्छु ।विपद् व्यवस्थापन तालिमका उन्नत तालिमहरु मध्ये यो एक महत्वपूर्ण तालिम हो ।हरेक जल उत्तन्न प्रकोपमा उद्दारकहरुलाई सफल उद्दारको लागी घाईते विरामी भएको ठाउँमा पुग्न र घाईते विरामीको उद्धार तथा राहत सामाग्री पुर्याउनको लागि Water Rescue सम्बन्धी Swimming, Water Rescue Techniques, Victim Search Pattern, Throw Bag, Life Buoy, तथा Tube जस्ता PFD को प्रयोग गर्न तथा उपलब्ध भएको   को प्रयोग अति आवश्यक हुन्छ । हामीमा त्यस्तो ज्ञान सिप भएन भने घाईतेको जीवन वचाउन सकिदैन र उद्दार सफल हुँदैन ।उद्दारमा हाम्रो मुख्य उदेश्य भनेको जिवित उद्दार गर्नुनै हुन्छ त्यसैले गर्दा संगठनले यस्ता प्रकारका जिवन वचाउने खालको तालिमको आवश्यकता महशुस गरी यो तालिम संचालन गरिएको हो ।  

नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ब.ह. १ (एक) जना, स.प्र.स.ह. ६(छ) जना र स.प्र.ज. २० (विस) जना  गरी जम्मा २७ (सत्ताईस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।

2081-4-27