Toggle Menu

गतिविधिहरू

APF Activities
सि.सं. ३ Water Rescue (जु.अ. तथ अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

मिति २०८१/०४/२७ गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालित सि.सं. ३ Water Rescue (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलज्यूले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै  नेपालले प्राकृतिक तथा मानवसृर्जित विभिन्न प्रकोपहरुवाट वर्षेनी धेरै जनधनको क्षती व्यहोरीराखेको छ । यस्ता प्रकोप जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ भने नियन्त्रण गर्न कठिन हुने गर्दछ ।यस्ता प्रकोपहरुवाट हुने घाईते विरामीहरुलाई समयमै घटनास्थमा पुगि उद्धार गर्न सकिएको खण्डमा प्रकोप पिडीतको जिवन बचाउन सकिन्छ ।जुन एक मानविय कार्य तथा धर्म पनि हो र सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवकहरुको कर्तव्य पनि हो । तपाईहरु भविश्यमा हुन सक्ने जल उत्तन्न प्रकोपमा उद्दारकको रुपमा परिचालन हुन पर्ने हुन्छ उक्त परिचालनलाई प्रभावकारी बनाउन घटनास्थलमा रहेका विभिन्न किसिमका घाइते विरामीहरुलाई आफू सुरक्षित रहि घाईते विरामीको जिवन बचाउन सफल भएको खण्डमा मात्र सफल उद्दार हुन सक्दछ . त्यसै कारणले गर्दा एक सफल उद्धारक हुनको लागी तालिममा लगनशिल भई तालिमको उदेश्य अनुसार  Water Rescue सम्वन्धी Skill सिक्नु हुनेछ र प्रशिक्षक वर्गहरुले पनि उत्कृष्ट ढंगले प्रशिक्षण गराउन निर्देशन समेत दिन चाहान्छु ।विपद् व्यवस्थापन तालिमका उन्नत तालिमहरु मध्ये यो एक महत्वपूर्ण तालिम हो ।हरेक जल उत्तन्न प्रकोपमा उद्दारकहरुलाई सफल उद्दारको लागी घाईते विरामी भएको ठाउँमा पुग्न र घाईते विरामीको उद्धार तथा राहत सामाग्री पुर्याउनको लागि Water Rescue सम्बन्धी Swimming, Water Rescue Techniques, Victim Search Pattern, Throw Bag, Life Buoy, तथा Tube जस्ता PFD को प्रयोग गर्न तथा उपलब्ध भएको   को प्रयोग अति आवश्यक हुन्छ । हामीमा त्यस्तो ज्ञान सिप भएन भने घाईतेको जीवन वचाउन सकिदैन र उद्दार सफल हुँदैन ।उद्दारमा हाम्रो मुख्य उदेश्य भनेको जिवित उद्दार गर्नुनै हुन्छ त्यसैले गर्दा संगठनले यस्ता प्रकारका जिवन वचाउने खालको तालिमको आवश्यकता महशुस गरी यो तालिम संचालन गरिएको हो ।  

नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ब.ह. १ (एक) जना, स.प्र.स.ह. ६(छ) जना र स.प्र.ज. २० (विस) जना  गरी जम्मा २७ (सत्ताईस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।

2081-4-27
APF Activities
सि.सं. ५१ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

मिति २०८१/०४/२० गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालित सि.सं.५१ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलज्यूले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.स.नि. १ (एक) जना, स.प्र.स.ह. १(एक) जना र स.प्र.ज. ४५ (पैतालिस) जना  गरी जम्मा ४७ (सड्चालिस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।

2081-4-20
APF Activities
सि.सं. ७ Collapsed Structure Search & Rescue (जु.अ. तथा अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

मिति २०८१/०१/23 गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालित सि.सं. 7 Collapsed Structure Search and Rescue (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाज्यूले तालिममा सहभागी प्रशिक्षार्थी, शिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।यस तालिमले देशको भु-धरातलिय स्वरुप, शहरिकरणको कारण वनेको संरचना र विगतमा भएका ठुला विपद्जन्य घटनाहरुमा भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार कार्यको लागि विशिष्टिकृत रुपमा काम गर्न सक्ने कुशल उद्धारक उत्पादन गरि उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुभयो । तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा  स.प्र.स.ह. ७ (सात) जना र स.प्र.ज. २२ (बाईस) जना  गरी जम्मा २९ (उन्तिस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।            

2081-1-24
APF Activities
सि.सं. ५० विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

मिति २०८१/०१/०९ गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालित सि.सं.५० विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापालज्यूले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.स.नि. १ (एक) जना, स.प्र.ह. १(एक) जना, स.प्र.स.ह. २(दुई) जना र स.प्र.ज. ४४ (चौवालिस) जना  गरी जम्मा ४८ (अड्चालिस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।

2081-1-24
APF Activities
सि.सं. ६ Medical First Responder तालिमको प्रथम प्रबचन कार्यक्रम

 मिति २०८०/०४/२१ गते यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा  सि.सं. ६ "Medical First Responder(MFR)" तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयको समादेशक स.प्र.ब.उ. मतिष थापाज्यूको प्रमुख अतिथ्यतामा  सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथीि सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक.मनिष थापाज्यूले  तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थी तथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकार द्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.ह.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यतालिममा सिकाईएका  सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।  तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो ।साथै उक्त तालिममा विभिन्न सशस्त्र प्रहरी बल, नेपालका युनिटहरुबाट स.प्र.स.ह. ३ जना र स.प्र.ज. २७ जना गरि जम्मा ३० जना  प्रशिक्षार्थीहरु सहभागी भएका छन ।

         

2080-4-23
APF Activities
सि.सं. ३ Deep Water Diving (गोताखोर) तालिमको प्रथम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०८० साल बैशाख १० गते यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाज्यूको प्रमुख आतिथ्यतामा सि.सं. ३ Deep Water Diving Training (गोताखोर) तालिमको विधिवत रुपमा समुद्धघाटन भएको छ। गण्डकी प्रदेश  र सशस्त्र प्रहरी बल, नेपाल  वीचको सहकार्यमा संचालन भएको ५ हप्ता अवधिको गोताखोर तालिममा १९ (बीस) जना सशस्त्र प्रहरी जवानहरु र नेपाल प्रहरी बाट १ (एक) जना प्रहरी जवान गरी २० (विस) जना प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन्।साथै तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई  सप्तकोशी नदि, फेवाताल लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने छ। 

उक्त कार्यक्रमका प्रमुख अतिथि यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाज्यूले नेपाल प्राकृतिक तथा गैर प्राकृतिक विपद्को दृष्टिले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै नदि तथा गहिरो जलाशयहरुमा डुबी भएका मानवीय घट्नाहरुमा उद्दार कार्यको लागि सामान्य जनशक्तिबाट सम्भव नहुने हुँदा संगठनलाई प्राप्त विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण कार्यदेश कुशल ढंगले सम्पादन गर्नका लागि गोताखोर तालिम अपरिहार्य रहेको बताउनुभयो। उद्धार कार्य आफैंमा एक जटिल अनि कठिन कार्य रहेको बताउँदै सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको दौरानमा अनुशासित, ईमान्दार र लगनशिल भई क्रियासिल रहन निर्देशन दिनुहुँदै तालिमबाट आर्जन गरेको ज्ञान, सीप, कला, कौशलबाट विपदमा परेका नागरीकलाई राहत दिने कार्यमा उपयोग हुने विश्वास व्यक्त गरी गोताखोर तालिम संचालनमा आवश्‍यक सहकार्य गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रति विशेष आभार प्रकट गर्नुभयो । समारोहमा उक्त तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक पुरुषोतम भण्डारीले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

2080-1-10
APF Activities
सि.सं. ४२ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा अन्य दर्जा)को अन्तिम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९ साल भाद्र १२ गते देखि संचालन भएको सि.सं.४२  विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका  समादेशक स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यतामा २०७९ साल पौष ०८ गते सम्पन्‍न  भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा ७ (सात)  जना सप्रसनि र ४२ (बयालिस) जना सप्रज गरि जम्मा ४९ (उनन्चास) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ६, ख,त्र -१ जना, ग.क्ष-६, ग.त्र.-७ र घ.त्र- २९  जनाले प्राप्त गरेक छन ।

2079-9-8
APF Activities
सि.सं. ४ Collapsed Structure Search & Rescue (जु.अ. तथा अन्य दर्जा ) तालिमको अन्तिम प्रबचन कार्यक्रम

मिति २०७९/०५/०८ गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालित “सि.सं. ४ Collapsed Structure Search & Rescue  (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रबचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो।

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूले  तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरी बधाई दिनुका साथै सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुदै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल¸ नेपालले निर्वाह गरेको भूमिका अभिवृद्धि गर्न CSSR तालिम एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताउनु भयो  साथै तालिम प्राप्त व्यक्तिले उद्धारक स्वयं, आफ्नो टोली र घाईतेको जिवनरक्षाको लागी भत्केको संरचनाबाट खोज तथा उद्धार सम्वन्धी सिप एवं क्षमताको विकास गर्ने हुँदा पुग्ने हुँदा तालिममा सिकाईएका ज्ञान, सिपलाई कुशलतापुर्वक कार्य क्षेत्रमा लागु गर्न निर्देशन दिनुहुँदै तालिम सफलतापुर्वक सम्पन्न गराउन भुमिका निर्वाह गर्ने प्रशिक्षक तथा सहभागी प्रशिक्षार्थीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । उक्त तालिममा सहभागी स.प्र.ना.नि.-१ जना, स.प्र.स.नि.-१ जना, स.प्र.स.नि.-१, स.प्र.ह.-२ जना, स.प्र.स.ह.-३ जना र स.प्र.ज. २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरु मध्ये ख क्ष ग्रेडिङ्ग -७ जना, ख त्र ग्रेडिङ्ग-३ जना, ग क्ष  ग्रेडिङ्ग -२ जना, ग त्र ग्रेडिङ्ग -१५ जना र घ त्र ग्रेडिङ्ग-३ जनाले प्राप्त गरेका थिय ।

2079-5-8
APF Activities
सि.सं. ४ Medical First Responder (जु.अ. तथा अन्य दर्जा ) तालिमको अन्तिम प्रबचन कार्यक्रम

सशस्त्र प्रही बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९/०३/१२ गते देखि संचालन भएको सि.सं. ४ Medical First Responder (MFR) को अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा मिति २०७९/०४/०६ गते सम्पन्‍न भएको ।

 उक्त कार्यक्रमका प्रमुख अतिथि स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नु भई तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । Medical First Responder(MFR) तालिमले विपद्को समयमा खटिंदा घाईते बिरामीको ज्यान बचाउन सक्षम जनशक्तिको उत्पादन भएकोले प्राथमिक उपचारकले महत्वपुर्ण भुमिका खेल्ने र विभिन्न घट्ना तथा दुर्घट्नाहरुमा घाईते विरामीहरुको सामान्य उपचारको अभावमा ज्यान जान सक्ने हुँदा आफ्नो सेवाप्रति कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउँनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा स.प्र.ना.नि.-१, स.प्र.ह.-१, स.प्र.स.ह.-८, र स.प्र.ज.-२० गरी जम्मा ३० जना सशस्त्र प्रहरी कर्मचारी सम्मिलित भई ख,क्ष-१०, ख,त्र४, ग,त्र-१३, घ,त्र ग्रेडिङ्ग-३ जनाले प्राप्त गरी तालिम सफलतापुर्वक सम्पन गरेका छन ।

2079-4-9
APF Activities
सि.सं. ४१ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रबचन कार्यक्रम

मिति २०७९/०४/०८ गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा  सि.सं. ४१ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.स.नि. ५ (पाच) जना, स.प्र.ब.ह. १ (एक), स.प्र.स.ह. २ (एक) जना र स.प्र.ज. ४२ (बयालीस) जना  गरी जम्मा ५० (पचास) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।


2079-4-9
APF Activities
सि.सं. ४० विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८ फाल्गुण ०८ गते देखि संचालन भएको सि.सं.४०  विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका निमित्त समादेशक स.प्र.उ. यादव विश्वकर्माको प्रमुख आतिथ्यतामा २०७९ साल आषाढ ०८ गते सम्पन्‍न  भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.उ. यादव विश्वकर्माले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा ८ (आठ) सप्रसनि, १ (एक) सप्रबह र ३९ (उन्नचालिस) सप्रज गरि जम्मा ४८ (अड्चालिस) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ८,  ग.क्ष-५, ग.त्र.-७, घ.त्र- २७  र घ,ज्ञ  ग्रेडिङ्ग  -१  जनाले प्राप्त गरेक छन ।

2079-3-8
APF Activities
सि.सं. ३ Rope Rescue (जु.अ. तथा अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

आज मिति २०७९/०३/१६ गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा  सि.सं. ३ Rope Rescue (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयको समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक  अन्जनी कुमार पोखरेलज्युको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक  अन्जनी कुमार पोखरेलज्युले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ना.नि. १ (एक) जना, स.प्र.ब.ह. १(एक) जना, स.प्र.स.ह. ७(सात) जना र स.प्र.ज. २१ (एक्काईस) जना  गरी जम्मा 30 (तिस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।

2079-3-18
APF Activities
सि.सं. ४३ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९/०९/११  गते देखि संचालन भएको सि.सं.४३  विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका  समादेशक स.प्र.ब.उ. मनिष थापाज्यूको प्रमुख आतिथ्यतामा २०७९ /१२/०८ गते सम्पन्‍न  भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.ब.उ. मनिष थापाज्यूले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा १ (एक)  जना सप्रनानि,  २ (दुई) जना सप्रसनि र ४६ (छयालिस) जना सप्रज गरि जम्मा ४९ (उनन्चास) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ६,  ग.क्ष-११, ग.त्र.-९ र घ.त्र- २३  जनाले प्राप्त गरेक छन ।

2079-12-9
APF Activities
सि.सं. २ गोताखोर तालिमको उद्‍घाटन

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०७९ बैशाख २५ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा  सि.सं. २ Deep Water Diving Training (गोताखोर) तालिमको विधिवत रुपमा समुद्धघाटन भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा संचालन भएको ५ हप्ता अवधिको गोताखोर तालिममा २० (बीस) जना सशस्त्र प्रहरी जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन्।साथै तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने छ।उद्धघाटन कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सह-सचिव हरि प्रसाद घिमिरेले सशस्त्र प्रहरी बल, नेपालले सिमित श्रोत साधनको बावजुत पनि अग्रणी भुमिकामा रही विपद् व्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुहुदैं हाल संचालन हुन गईरहेको गोताखोर तालिम विपद् प्रतिकार्यमा एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताउनुभयो।

 

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले नेपाल प्राकृतिक तथा गैर प्राकृतिक विपद्को दृष्टिले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै नदि तथा गहिरो जलाशयहरुमा डुबी भएका मानवीय घट्नाहरुमा उद्दार कार्यको लागि सामान्य जनशक्तिबाट सम्भव नहुने हुँदा संगठनलाई प्राप्त विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण कार्यदेश कुशल ढंगले सम्पादन गर्नका लागि गोताखोर तालिम अपरिहार्य रहेको बताउनुभयो।उद्धार कार्य आफैंमा एक जटिल अनि कठिन कार्य रहेको बताउँदै सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको दौरानमा अनुशासित, ईमान्दार र लगनशिल भई क्रियासिल रहन निर्देशन दिनुहुँदै तालिमबाट आर्जन गरेको ज्ञान, सीप, कला, कौशलबाट विपदमा परेका नागरीकलाई राहत दिने कार्यमा उपयोग हुने विश्वास व्यक्त गरी गोताखोर तालिम संचालनमा आवश्‍यक सहकार्य गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रति विशेष आभार प्रकट गर्नुभयो । समारोहमा उक्त तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

 

2079-1-25