Toggle Menu

गतिविधिहरू

APF Activities
२०८३ साल भदौँ महिनाको मासिक कार्यक्रम

मिति २०८३/०५/२५ गते ०८२-०८३ भदौँ महिनाको मासिक कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक बिकास घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा मनाईएको । उक्त कार्यक्रममा Soldier of the month हुनु भएका सशस्त्र प्रहरी जवान अजय थामीलाई  प्रशंसा पत्र तथा नगद पुरस्कार सहित पुरस्कृत गरिएको, भदौँ महिनाको उत्कृष्त प्रशिक्षक को रुपमा सशस्त्र प्रहरी हवल्दार ओम बहादुर सलामीलाई प्रशंसा पत्र प्रदान गरिएको साथै भदौँ महिनामा जन्मदिन पर्ने सम्पूर्ण सकल दर्जाका स.प्र.क.हरुलाई  हार्दिक बधाई तथा शुभ-कामना पत्र प्रदान गरिएको र आउदै गरेको हरितालिका तिजको अवसरमा सम्पूर्ण महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई सौभाग्य सामाग्री प्रदान गरिएको ।

2083-05-25
APF Activities
विपद् व्यवस्थापन विज्ञहरु बाट अनुगमन तथा निरीक्षण भर्मण

मिति २०८३/०५/०४ गते पूर्व गृहसचिव गोकर्णमणि दुवाडीज्यू, पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाज्यू, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालज्यू, पूर्व सहसचिव श्याम सुन्दर शर्माज्यू, विपद् व्यवस्थापन विज्ञ प्रा.डा. विशालनाथ उप्रेतीज्यू, विपद् व्यवस्थापन विज्ञ भूपमणी दाहालज्यू,  विपद् व्यवस्थापन विज्ञ श्याम न्यौपानेज्यू लगायतका विपद् व्यवस्थापन विशिष्ट विशेषज्ञहरुको टोली यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा पाल्नु भई विपद् व्यवस्थापन सम्बन्धी डेमो, DM Rec, ट्रमा सेन्टर लगायत अन्य शिक्षालय परिसर भ्रमण गर्नुका साथै यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक बिकास घिमिरेज्यू बाट प्रस्तुतीकरण र यस शिक्षालयका अधिकृतहरु बिच विपद् व्यवस्थापन सम्बन्धी विविध पक्षहरुमा अन्तरक्रिया तथा छलफल गरेको ।

2083-05-04
APF Activities
शान्ति तथा सद्‍भाव र्‍याली

मिति २०८३/०४/१७ गते १०:०० बजेको समयबाट जिल्ला चितवन ईच्छाकामना गा.पा. ०३ मुग्लिङ्ग बजारमा ईच्छाकामना जेसिसद्वारा ईच्छाकामना जेसिसको अध्यक्ष रंजिता सिलवालको नेतृत्वमा अं ८०/९० जनाको संख्यामा शान्ति सद्‍भाव तथा सामाजिक एकताको लागि शान्ति तथा सद्‍भाव र्‍यालीमा सहभागी हुन यस शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा ११ जनाको टोली, ईलाका प्रहरी कार्यालय मुग्लिङ्गबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जना र अन्य स्थानिय उद्योग व्यवसायी स्थानिय भद्रभलाद्‍मी आदि उपस्थित भई मुग्लिङ्ग बजारमा र्‍याली गरी १०:४५ बजे समाप्त भएको । 

2083-04-17