मिति २०८३/०४/१७ गते १०:०० बजेको समयबाट जिल्ला चितवन ईच्छाकामना गा.पा. ०३ मुग्लिङ्ग बजारमा ईच्छाकामना जेसिसद्वारा ईच्छाकामना जेसिसको अध्यक्ष रंजिता सिलवालको नेतृत्वमा अं ८०/९० जनाको संख्यामा शान्ति सद्भाव तथा सामाजिक एकताको लागि शान्ति तथा सद्भाव र्यालीमा सहभागी हुन यस शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा ११ जनाको टोली, ईलाका प्रहरी कार्यालय मुग्लिङ्गबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जना र अन्य स्थानिय उद्योग व्यवसायी स्थानिय भद्रभलाद्मी आदि उपस्थित भई मुग्लिङ्ग बजारमा र्याली गरी १०:४५ बजे समाप्त भएको ।