सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८ फाल्गुण ०८ गते देखि संचालन भएको सि.सं.४० विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका निमित्त समादेशक स.प्र.उ. यादव विश्वकर्माको प्रमुख आतिथ्यतामा २०७९ साल आषाढ ०८ गते सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.उ. यादव विश्वकर्माले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा ८ (आठ) सप्रसनि, १ (एक) सप्रबह र ३९ (उन्नचालिस) सप्रज गरि जम्मा ४८ (अड्चालिस) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ८, ग.क्ष-५, ग.त्र.-७, घ.त्र- २७ र घ,ज्ञ ग्रेडिङ्ग -१ जनाले प्राप्त गरेक छन ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९/०९/११ गते देखि संचालन भएको सि.सं.४३ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. मनिष थापाज्यूको प्रमुख आतिथ्यतामा २०७९ /१२/०८ गते सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.ब.उ. मनिष थापाज्यूले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा १ (एक) जना सप्रनानि, २ (दुई) जना सप्रसनि र ४६ (छयालिस) जना सप्रज गरि जम्मा ४९ (उनन्चास) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ६, ग.क्ष-११, ग.त्र.-९ र घ.त्र- २३ जनाले प्राप्त गरेक छन ।
मिति २०७८/०४/०१ गते यस सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सि.सं. २३४ (ज) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त प्रथम प्रवचन
कार्यक्रममा तालिमको समुद्धाटन पश्चात तालिमका प्रशिक्षार्थीहरु एवं उपस्थित सकल
दर्जालाई निर्देशन सम्बोधन गर्नु हुदै प्रमुख अतिथि स.प्र.ना.म.नि. कालीदास
धौवजीले राष्ट्रको सेवा गर्ने पवित्र उदेश्यका साथ यस गरिमामय संगठन सशस्त्र प्रहरी बल, नेपालको सदस्यको
रुपमा प्रवेश गर्ने सम्पुर्ण प्रशिक्षार्थीहरुलाई यस विपद् व्यवस्थापन तालिम
शिक्षालयमा स्वागत गर्नुभयो । त्यसै गरी प्रशिक्षार्थीहरुलाई यस पवित्र संगठन
प्रवेश गर्न हौसला प्रदान गर्ने परिवार प्रति पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथीले स्थापना काल देखी छोटो अवधिमै यस संगठनले महत्वपुर्ण उपलब्धीहरु हाँसिल गरेको कुरा बताउनुभयो ।नेपाल सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नको लागि उच्च अनुशासन र तालिमको आवश्यकता पर्ने बताउदै राष्ट्ररसंगठनले लिएको लक्ष्य प्राप्त गर्न तथा कार्यक्षेत्रमा आईपर्ने विषम परिस्थितिको सामना गर्न तालिमले आत्मविश्वास एवम् सहनशिलता र धैर्यताको विकास गर्ने भएकोले कडा परिश्रम, सकारात्मक भावना, उच्चस्तरको अनुशासन र लगनशिलताका साथ प्रशिक्षकहरुले सिकाएका ज्ञान हाँसिल गर्दै सफलतापुर्वक तालिम सम्पन्न गर्नुभई संगठनलाई आवश्यक दक्ष एवं सक्षम सशस्त्र प्रहरी जवानको रुपमा आफू लाई स्थापि तगर्नुहुनेछ भनी तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नु भएको थियो। उक्त तालिममा १०८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।
मिति २०७९/०१/१६ गते यस सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सि.सं. २३५(घ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका निमित्त समादेशक सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त प्रथम प्रवचन कार्यक्रममा तालिमको समुद्धाटन पश्चात तालिमका प्रशिक्षार्थीहरु एवं उपस्थित सकल दर्जालाई निर्देशन सम्बोधन गर्नु हुदै प्रमुख अतिथि स.प्र.उ. यादव विश्वकर्माज्यूले राष्ट्रको सेवा गर्ने पवित्र उदेश्यका साथ यस गरिमामय संगठन सशस्त्र प्रहरी बल, नेपालको सदस्यको रुपमा प्रवेश गर्ने सम्पुर्ण प्रशिक्षार्थीहरुलाई यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा स्वागत गर्नुभयो । त्यसै गरी प्रशिक्षार्थीहरुलाई यस पवित्र संगठन प्रवेश गर्न हौसला प्रदान गर्ने परिवार प्रति पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथीले स्थापना काल देखी छोटो अवधिमै यस संगठनले महत्वपुर्ण उपलब्धीहरु हाँसिल गरेको कुरा बताउनुभयो ।नेपाल सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नको लागि उच्च अनुशासन र तालिमको आवश्यकता पर्ने बताउदै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्त गर्न तथा कार्यक्षेत्रमा आईपर्ने विषम परिस्थितिको सामना गर्न तालिमले आत्मविश्वास एवम् सहनशिलता र धैर्यताको विकास गर्ने भएकोले कडा परिश्रम, सकारात्मक भावना, उच्चस्तरको अनुशासन र लगनशिलताका साथ प्रशिक्षकहरुले सिकाएका ज्ञान हाँसिल गर्दै सफलतापुर्वक तालिम सम्पन्न गर्नुभई संगठनलाई आवश्यक दक्ष एवं सक्षम सशस्त्र प्रहरी जवानको रुपमा आफू लाई स्थापित गर्नु हुनेछ भनी तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नु भएको थियो। साथै उक्त तालिममा ७९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।
आज मिति २०७८/०८/२६ गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सि.सं. ३ Collapsed Structure Search & Rescue (जु.अ.तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। तालिमको प्रथम प्रवचन कार्यक्रममा सकल दर्जालाई निर्देशन सम्बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि का.मु. स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले निर्वाह गरेको भूमिका अभिवृद्धि गर्न CSSR तालिम महत्वपूर्ण हुने बताउनु हुदै प्रशिक्षार्थीहरुलाई तालिममा दत्ततित्त भई सिकाईएका ज्ञान, सीपलाई आत्मासात गरी अनुशासित एवं जिज्ञासु भई सिक्न र प्रशिक्षकहरुलाई समेत कुशलतापूर्वक शिक्षण सिकाई गराउन निर्देशन दिदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।