Toggle Menu

गतिविधिहरू

APF Activities
सि.सं.२ विपद् व्यवस्थापन तालिम(सिनियर अफिसर) को प्रथम प्रबचन

   सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०५/१४ गते देखी संचालन भएको सि.सं.२ विपद् व्यवस्थापन (सि.अ.) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीको प्रमुख आतिथ्यमा सम्पन्‍न भएको ।

 सशस्त्र प्रहरी नायव उपरिक्षक ३ (तीन) जना र सशस्त्र प्रहरी निरिक्षक २६(छब्विस) गरी जम्मा २९ (उन्नन्तिस) जना अधिकृत प्रशिक्षार्थीहरु सहभागी सि.सं.२ विपद् व्यवस्थापन (सि.अ.) तालिमको प्रथम प्रवचन कार्यक्रम उद्घघाटन पश्चात प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक तथा उपस्थित सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको जनाउँदै विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपत्तिहरुबाट भएको क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो । साथै तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा जनधनको खोजी तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा सफलता प्राप्त गर्ने र विपद् व्यवस्थापन तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगी जिवन बाच्ने बचाउने सिपमा दख्‍खल प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा विपद् प्रतिकार्यमा योगदान पुग्ने कुरामा जोड दिनुभयो।  Covid-19 ले विश्वनै आक्रान्त भईरहेको यस विषम परिस्थितिमा नेपाल पनि अछुतो नरहेको भन्दै तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीले सम्भावित विपत्तिबाट बच्न आवश्यक सम्पुर्ण सावधानीका उपायहरु अपनाउनु पर्ने बताउनु भयो ।  उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको ।


2077-5-24
APF Activities
मिति 2077/04/21 गते जलविरेको झरनाबाट १ जनाको शव रिकभर

मिति २०७७/०४/२१ गते अ १५:२० बजेको समयमा जिल्ला चितवन ईच्छा कामना गाँ.पा.- ६ जलबिरे झरनामा पौडी खेल्ने क्रममा जिल्ला चितवन ईच्छाकामना गाँ.पा.- ४ स्याकल्याङ बस्ने बर्ष २० को अभिषेक मगर र ऐ ऐ बस्नेबर्ष २४ को विष्णु मगर नुहाउने क्रममा अभिषेक मगर वेपता भएको भनि ईलाका प्रहरी कार्यालय मुग्लिङ्गका प्रहरी निरीक्षकबाट जानकारी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा प्राप्त भए पश्चात शिक्षालयबाट समादेशक स.प्र.ब.उ. कालीदास धौबजीको कमाण्डमा खटीगएका सप्रनि ईश्वर अधिकारी सहितको उद्धारक तथा गोताखोर १३ जनाको टोलि १५:३५ बजे खटी गई ऐ मितिको १६:०० बजे बाट खोज तलास गरी १६:२५ बजेको समयमा निज अभिषेक मगरको शवलाई रिकभर गरी ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटि गएको नेपाल प्रहरीको टोलीलाई बुझाएको ।

 


2077-4-21
APF Activities
जिल्ला तनहुँ आबुखैरेनी गाउपालिका-२ ऐना पहरामा जिवित उद्धार तथा शव रिकभर

मिति २०७७/०३/०१ गते जिल्ला तनहुँ आबुखैरेनी गाउपालिका-२ ऐना पहरा स्थिति पृथ्वीराजमार्गमा नारायणघाटबाट पोखरातर्फ जादै गरेको ना. ६ ख. ६६५ नं. को मालबाहक ट्रक गति अनियन्त्रित भई सडकबाट अन्जादी ३०/३५ मिटर खोल्सामा खसी दुर्घटना हुँदा सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक पहलमान वलीको कमाण्डमा मुग्लिन IRT डिउटीमा खटि गएको ७ जनाको टोलीले मृतक सवारी चालक जिल्ला सल्यान त्रिवेणी गाउपालिका-७ बस्ने वर्ष ३२/३३ को विष्णु परियार र सहचालक जिल्ला दाङ्ग बेल गाउ गाउपालिका-२ बस्ने सुर्य बहादुर बुढाथोकीलाई जिवितै उद्धार गरी उपचारको लागि छिन्केश्वरी अस्पताल आबुखैरेनी तथा मृतक शवलाई रिकभर गरी पोष्ट मार्टमकोलागी नेपाल प्रहरीलाई बुझाएको ।


2077-3-7
APF Activities
त्रिशुली नदीको बिच भड्गालोमा फसेका १ जना व्यक्तिको APF गोताखोर टोलीले जिवितै उद्धार
मिति २०७७/०३/३० गते अन्दाजी १६:४० बजेको समयमा जिल्ला धादिङ्ग रोराङ्ग गा.पा.- ०३ मलेखु स्थित त्रिशुली नदीमा ३ (जना) व्यक्ति पौडी खेल्ने क्रममा जिल्ला कैलाली जोशीपुर बस्ने वर्ष २८ को कमलराज जोशीलाई त्रिशुली नदीले बगाई उक्त व्यक्ति ढुङ्गामा अड्किएको र सो व्यक्तिलाई उद्धार गर्नको लागी सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक. कालीदास धौबजीको कमाण्डमा तत्कालै घटना स्थलमा खटिई गएको १८ जनाको उद्धार टोलीले  Raft Boat द्धारा  उक्त कमलराज जोशीलाई जीवीतै उद्धार गरी उपचारको लागी मलेखु स्थित सामुदायिक अस्पतालमा पठाईएको छ ।


2077-3-31
APF Activities
जिल्ला धादिङ्ग रोराङ्ग गा.पा.- १० स्थित मौवा खोलाको बादरे मोडमा जिप दुर्घटना गोताखोर द्वारा खोजी कार्य

मिति २०७७/०३/१८ गते अन्दाजी ०६:३० बजेको समयमा जिल्ला धादिङ्ग रोराङ्ग गा.पा.- १० स्थित मौवा खोलाको बादरे मोडमा नम्बर नखुलेको स्कारपियो जस्तो देखिने सवारी साधन त्रिशुली नदीमा खसेको जानकारी स्थानिय बासिन्दाबाट ऐ. मितिको ०७:४५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा प्राप्त भए पश्चात शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौबजीको कमाण्डमा आवश्यक उद्धार सामाग्रीहरु सहित 20 जनाको उद्धार टोली तत्कालै घटना स्थलमा परिचालित भईखोजतलास गरेको र खोजि कार्य गर्दा दुर्घटना भएको सवारी साधन फेला नपरे पछी सो टोली कार्यालय फिर्ता भएको ।


2077-3-21
APF Activities
तुईन खोलामा ट्रक चालकको शव रिकभर

मिति २०७७-०२-३० गते जिल्ला चितवन ईच्छाकामना गाउपालिका-६ स्थित मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुलमा नवलपरासीको हौंसी सिमेन्ट उद्योग तर्फ जादै गरेको ना. ८ ख. ५२०० नं.को सिमेन्ट घोल्ने ट्रक पुल देखि अन्दाजी ५०/६० मिटर तल खस्दा ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१६ बस्ने बर्ष ३२ का विजय रुम्बाको घटना स्थलमै मृत्यू भएको हुदा सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक विश्वराज कुँवर क्षेत्रीको कमाण्डमा खटि गएको ७ जनाको टोलीले उक्त व्यक्तिको शवलाई रिकभर गरी पोष्ट मार्टमको लागि भरपतुर तर्फ पठाएको ।


2077-2-30
APF Activities
गोताखोरद्वारा महिलाको शब रिकभर
 मिति २०७७/०२/१८ गते जिल्ला लमजुङ्ग सुन्दर बजार नगरपालिका- ८ अकलापुर बस्ने बर्ष ६५ की पार्वती राउत घरबाट हराई रहेकोमा आफन्तहरुले खोजतलास गर्ने क्रममा ऐ.जिल्ला सुन्दर बजार नगरपालिका- ९ भोटेओडार फुलवारीघाट स्थित मस्र्‍याङ्दी नदिको किनारामा निजले प्रयोग गर्ने मोवाईल¸ हंसिया¸ चस्मा¸ रातो कालो सेतो रङ्गको सल र चप्पल फेला परेको र निज महिला हाल सम्म फेला नपरेको हुँदा निजलाई खोजतलास गर्न यस शिक्षालयबाट मिति २०७७/०२/२१ गते १५:५० बजेको समयमा आवश्यक उद्धार सामाग्रीहरु सहित आई.डि.नं. ३७८५७ का स.प्र.ना.नि. प्रदिप कुमार थापाको कमाण्डमा गोताखोर र अन्य उद्धार टोली सहित जम्मा ६ जनाको टोली खटी गई ऐ. मितिको १८:०५ बजेको समयमा डेढ फिट तल पानी मुनि ढुङ्गाको चेपमा अड्केको अवस्थामा उक्त शव फेला पारी ईलाका प्रहरी कार्यालय लमजुङ्गबाट खटी आएको टोलीलाई बुझाएको ।
2077-2-22
APF Activities
सि.सं. ४३१ से.मु.हतियार तालिमको अन्तिम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/११/०९ गते देखि संचालन भएको सि.सं.४३१ से.मु.हतियार तालिमको अन्तिम प्रवचनकार्यक्रम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/१२/१७ गते सम्पन्‍न भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरी बधाई दिनु भई से.मु. हतियार तालिम भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेका सैद्धान्तिक तथा व्यवहारीक ज्ञानले से.मु.मा रहेको हतियार प्रति आत्म भरोसा, हतियार प्रयोग सम्बन्धी निपुर्णता हाँसिल गरी हतियारको सुरक्षित हेन्डलिङ्ग तथा हतियारमा पर्न सक्ने रोकलाई हटाई फिल्ड क्राफ्टको प्रयोग विभिन्न अप्रेसनको दौरानमा ईमान्दार, कटिवद्ध र निष्ठावान भई दुरुस्त प्रयोग गर्नु पर्ने बताउनुका साथै सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क. तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी. ३८ जना स.प्र.स.ह प्रशिक्षार्थी मध्ये ख क्ष- २, ख त्र- ७ ग क्ष- ३, ग त्र- १५ र घ त्र -११ जनाले उल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेको थिय ।

 






2077-12-20
APF Activities
सि.सं. ३४७ बिल्लादार तालिमको अन्तिम प्रवचन कार्यक्रम

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/१०/११ गते देखि संचालन भएको सि.सं. ३४७ बिल्लादारतालिमको अन्तिम प्रवचनकार्यक्रम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/१२/१३ गते सम्पन्‍न भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कारप्रदान गरीबधाई दिनु भईबिल्लादार तालिम स.प्र.ज.हरुको लागि भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेकासैद्धान्तिक तथा व्यवहारीक ज्ञान जस्तै फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸विभिन्न किसिमका ट्याक्टिसहरु,ज्ञान¸ कला र कौशललाई आफ्नो कार्य क्षेत्रमा भरपुर सदुपयोग गरी ईमान्दार, कटिवद्ध र निष्ठावान भई राष्ट्र र जनताको सेवामा लाग्नु पर्ने बताउनुका साथै  सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क. तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी स.प्र.ज. ५८ जना मध्ये ३ जना प्रशिक्षार्थी विभिन्न कारणले निश्कासित भई ५५ जना मध्ये ख क्ष- ७,ग क्ष-१६,ग त्र-११ र घत्र-२१ जनालेउल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेका थिय ।


2077-12-14
APF Activities
जिल्ला धादिङ्ग रोराङ्ग गा.पा.-९ जवाङ्ग खोलामा १ जनाको शव उद्धार

मिति २०७७/११/२५ गते जिल्ला धादिङ्ग रोराङ्ग गा.पा.-९ जवाङ्ग खोला स्थित नारायणगढबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको सिमेन्ट बोकेको ट्रक गति अनियन्त्रित भई पृथ्वीराजमार्गबाट अन्दाजी ४५/५० मिटर तल त्रिशुली नदि किनारमा खस्दा ट्रकको अगाडीको भाग पुरै कुच्चिएर २ (दुई) जना मृत अवस्थामा रहेको भन्‍ने जानकारी स.प्र.बल, नेपाल राजमार्ग सुरक्षा वेश, आदमघाटबाट सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम  शिक्षालयमा प्राप्त हुना साथ ऐ. मिति ०६:२३ बजेको समयमा यस शिक्षालयबाट आई.डि.नं. ३१२५  का स.प्र.नि. अजय कुमार थापाको  कमाण्डमा ११ जनाको  उद्धार टोली आवश्‍यक उद्दार सामाग्री सहित उक्त घटनास्थलमा खटि गई ट्रकमा च्यापिएको अवस्थामा जिल्ला काभ्रे बनेपा-२ टुकुचानाला वतन वर्ष ४५ का ललित बहादुर घिमिरे (चालक) र ऐ. कापुङ्गालका वतन वर्ष ३८ का सुमन सन्जेल सो शव निकाली प्रहरी चौकी मझिमटारलाई बुझाएको ।

2077-11-25
APF Activities
सि.सं. २३८ पतिपत्ती तालिमको अन्तिम प्रवचन कार्यक्रम समापन

 सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०७७/०८/०७ गते देखि संचालन भएको सि.सं. २३८ पत्तिपति तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षककालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/१०/०७ गते सम्पन्‍न भएको ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरी बधाई दिनु भई पत्तिपति तालिम सशस्त्र प्रहरी हवल्दारहरुको बृत्ति विकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्‍व र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेका सैद्धान्तिक तथा व्यवहारीक ज्ञान जस्तै फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ विभिन्न किसिमका ट्याक्टिसहरु, ज्ञान¸ कला र कौशललाई आफ्नो कार्य क्षेत्रमा भरपुर सदुपयोग गरी ईमान्दार, कटिवद्ध र निष्ठावान भई राष्ट्र र जनताको सेवामा लाग्नु पर्ने बताउनु भयो । सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी प्रशिक्षार्थी, स.प्र.ह.-५० जना मध्ये ख क्ष- ४, ख त्र- १, ग क्ष- ९, ग त्र- २१ र घ त्र- १५ जनाले उल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेका छन् ।




2077-10-7
APF Activities
मिति २०७७-१०-११ गते संचालन भएको सि.सं. ३४७ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा मिति २०७७-१०-११ गते देखि संचालन भएको सि.सं. ३४७ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको ।

 सि.सं. ३४७ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम समुद्घघाटन पश्चात प्रमुख अतिथीले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थीतथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.ज.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु, विषयमा सिकाईने ज्ञान¸ कला, कौशलले कार्य गर्ने क्षमता अभवृद्धि हुने बताउँदै तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।साथै तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । उक्त तालिममा स.प्र.ज. ५८ (अन्ठाउन्न) जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।






2077-10-14
APF Activities
बिद्यार्थीहरुद्धारा विपद् व्यवस्थापन तालिम शिक्षालयल भम्रण

 

मिति २०७६/०७/२८ गते Mills Berry Boarding School  काठमाण्डौबट भिजितटको क्रममा ४९ जना विध्याथीहरु सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षायमा कुरिनटारमा बिहान १४:१० बजेको समयमा आगमन भएको थियो ।

उक्त भम्रणमा आएको टोलीलाई शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बहादुर बस्नेतले विपद् व्यवस्थापन तालिम शिक्षालय सम्बन्धी ब्रिफिङ्ग गर्नु भएको थियो उक्त व्रिफिङ्ग समापन पश्चात विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको अवलोकन तथा दृश्याङ्कन गराईनुका साथै DOG demonstration समेत गरिएको थियो उक्त कार्यक्रम समापन पश्चात उक्क टोलीले १६:१० बजे काठमाण्डौ तर्फ प्रस्थान गरेको थियो ।





2076-8-24