Toggle Menu

गतिविधिहरू

APF Activities
Water Rescue Training समापन

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७६/०३/२६ गते देखि संचालन भएको नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित “प्रहरी निरीक्षक आधारभूत तालिम 179 औ (PGDPS 10th Batch) समूह” का प्रशिक्षार्थीहरु सहभागी रहेको Water Rescue Training मिति २०७६/०३/३१ शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूको प्रमुख आतिथ्यतामा समापन भएको थियो।

 

उक्त समापन कार्यक्रममा बोल्नुहुदै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले  आजको विश्वमा विपद् एक अत्यन्तै संवेदनशील तथा मानव समाजको गम्भीर चुनौतीको रुपमा रहेकोले विपद्को अवस्थामा मानवीय सहायता प्रदान गर्नु तथा पिडीतको उद्धार गर्नु  सबैको दायित्व भएको र प्रकोपको रोकथाम, न्यूनीकरण, पूर्व तयारी तथा उद्धार कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले यसका लागि सम्बन्धित सबै पक्षहरु बीचको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।

उक्त तालिममा “प्रहरी निरीक्षक आधारभूत तालिम 179 औ (PGDPS 10th Batch) समूह” का सहभागी भएका ९१  जना प्रशिक्षार्थीहरुलाई  Water Rescue  सम्बन्धी शैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिकाईएको थियो ।   






2076-4-1
APF Activities
मुग्लिन ट्रक दुर्घटनामा उद्धार गरीएको ।
मिति २०७६/०३/२८  गते बिहान अन्दाजी ०६:३० बजेको समयमा जिल्ला चितवन ईच्छाकामना गाउँपालिका -५ स्थित मुग्लिन बजार नजिकै भैरहवाबाट काठमाडौतर्फ जाँदै गरेको ना.४ ख. १९७६  नं. मालबाहक ट्रकमा माथिबाट ढुङ्गा खसी ट्रकमा लाग्दा उक्त ट्रक सडकबाट अन्दाजी ३०/४० मिटर तल त्रिशुली नदीमा खस्दा भएको दुर्घटनाको खबर अन्दाजी ०६:०० बजे ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्राप्त हुनसाथ यस शिक्षालयबाट स.प्र.नि. हरिकृष्ण गिरीको कमाण्डमा खटि गएको ९ जनाको उद्धार टोलीले जिल्ला ललितपुर बस्ने बर्ष ४६ को चालक माधव थापालाई घाईते अवस्थामा उद्धार गरी उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरतर्फ पठाएको र उक्त ट्रकका सह-चालक दाङ्ग घोराही बस्ने अन्दाजी वर्ष २०/२० को अनिल भन्‍ने (थर नखुलेको) व्यक्तीको शव त्रिशुली नदीबाट निकाली ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिई आएको नेपाल प्रहरीको टोलीलाई बुझाईएको ।




2076-3-28
APF Activities
बस दुर्घटनाका घाईतेको उद्धार तथा मृतकको शव निकालिएको

मिति २०७६/०२/०५ गते अ.०६:३० बजेको समयमा जिल्ला धादिङ्ग गजुरी गा.पा.६ पृथ्बी लोकमार्ग स्थित बन्छेटार भन्ने स्थानमा काकडभित्ता बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रु बाहक बस गति अनियन्त्रित भई त्रिशुली नदिमा खस्दा ९ जना ब्यक्तिहको मृत्यु र २७ जना ब्यक्तिहरु घाईते भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको देबिदत्त गण गजुरीबाट प्र.से. सुदिप बानियाको कमाण्डमा २५ जना¸ स.प्र.बल नेपाल गुल्म हे.क्वा.धादिङ(नं.१४ गण हे.क्वा.मकवानपुर नं.१गुल्म) गुल्मबाट स.प्र.ना.उ. दर्शन गिरीको कमाण्डमा ३४ जना र यस शिक्षालयबाट स.प्र.नि. लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा गोताखोर सहितको १८ जनाको टोली र ईलाका प्रहरी कार्यालय गजुरीबाट प्र.नि. नवराज ढुङ्गेलको १५ जनाको संयुक्त टोली खटिगई खोज तथा उद्धार कार्य गरेको ।         

     साथै ऐ.मितिको अ.१५:१० बजेको समयमा जिल्ला धादिङ्ग गजुरी गा.पा.६ बन्छेटार स्थित त्रिशुली नदीमा नुहाउने क्रममा जिल्ला बझाङ्ग घरभई हाल काठमाण्डौ कोटेश्वरमा सारदा फार्मेसीको संचालक रहेका बर्ष २५ को मनोज बोहोरा डुबि बेपत्ता भएको हुँदा उक्त स्थानमा यस शिक्षालयबाट सप्रनि लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा खटिएको १८ जनाको टोली र राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट सप्रनि भिमसेन बोहोराको कमाण्डमा खटिएको २५ जनाको टोलीले खोज तलास कार्य गर्दा १५:५४ बजेको समयमा निजको शब फेला पारी पो.मा.को लागी गजुरी सामुदायिक अस्पताल पठाईएको ।

    मिति २०७६/०२/०७ गते ०७:४० बजेको समयमा उक्त दुर्घटनामा हराईरहेका व्यक्तिहरुको खोजिकार्यको लागि यस शिक्षालयबाट सप्रनि भवराज कटवालको कमाण्डमा गोताखोर सहित ७ जनाको उद्धार टोलि खटिई गई अन्दाजी १०:५० बजेको समयमा जिल्ला झापा हल्दिवारी गाउपालिका-५ बस्ने अन्दाजी बर्ष ३२ का कृष्ण प्रसाद निरौलाको शव नदिबाट निकाली निजको साथमा रहेको नगद रु. १०,००० (दश हजार) र सामसुङ्ग मोवाईल सेट थान-१ सहित निजको शव ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरीको टोलीलाई जिम्मा लगाईएको ।

 

 





2076-2-9
APF Activities
“ग्रामिण प्राथमिक उद्धारकर्ता तालिम” सम्पन्न

मिति २०७६/०२/०२ गते देखि ऐ. ४ गते सम्म सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा असल छिमेकी नेपालको सहकार्यमा ३ दिने “ग्रामिण प्राथमिक उद्धारकर्ता तालिम” संचालन भएको । उक्त तालिममा ईच्छाकामना गाउँपालिकाको समुदाय स्तरबाट ११ तथा यस शिक्षालयबाट सप्रनानि २, सप्रह २, सप्रसह ६ र सप्रज ५ गरी जम्मा २७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा प्रशिक्षार्थीहरुले आपतकालिन चिकित्सा सेवा प्रणाली (EMS), प्रथामिक उपचार, Triage, CPR, स्वासप्रश्वासमा अवरोध, ढाड तथा टाउकोको चोट, सर्पको टोकाई, पानीमा डुबेको व्यक्तिको प्राथमिक उपचार तथा घाईतेलाई ओसारपसार गर्ने बिधि सम्बन्धी विषयबस्तुमा तालिम प्राप्त गर्नु भएको ।






2076-2-9
APF Activities
'गणतन्त्र दिवस २०७६’ को अवसरमा विविध कार्यक्रमको आयोजना

'गणतन्त्र दिवस २०७६ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय  कुरिनटारले विभिन्‍न कार्यक्रमहरुको आयोजना गरी भव्यताकासाथ मनाएको छ । शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानको उपस्थितीमा मिति २०७६/०२/१५ गते तालीम शिक्षालयद्वारा विपद् उद्दार तथा जोखिम न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम  संचालन गरिएको थियो ।त्यसै गरी मिति २०७६/०२/१६ गते चितवन जिल्ला ईच्छाकामना गाउँपालीका र सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको संयुक्त आयोजनामा सरसफाई कार्यक्रमको आयोजना गरियो । सरसफाई कार्यक्रममा शिक्षालयका समादेशक लगायत १९० जना सशस्त्र प्रहरी कर्मचारीहरु र  गाउँपालिकाका प्रतिनिधि, स्थानियवासीहरु सहभागी भई ईच्छाकामना गाउँपालीका-०४ कुरिनटार स्थित ईच्छाकामनामाताको मन्दिर¸ कुरिनटार बजार क्षेत्र एवं सडकहरुमा सरसफाई कार्यक्रम संचालन गरिएको थियो ।

  दिवसकै अवसर पारी सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय हाता भित्र विभिन्‍न प्रजातिका वृक्षारोपण समेत गरिएको थियो ।

 

 





2076-2-16
APF Activities
भिरमा अड्किएको शव निकाल्न उद्धार टोली सफल

मिति २०७६/०१/१९ गते तनहुँ जिल्ला, भानु नगरपालिका-११ बस्ने बर्ष ५५ को बद्री बहादुर गुईडेल ऐ. जिल्ला बन्दिपुर गाउँपालिका-४ स्थित बन्दिपुर अस्पतालमा टि.वि. रोगको उपचार गराउँदै आएकोमा मिति २०७६/०१/१९ गते अन्दाजी ०६:०० बजेबाट सम्पर्कमा नरहेको भन्ने खबर सशस्त्र प्रहरी बल¸नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा प्राप्त भए पश्चात स.प्र.स.नि. बिरेन्द्र बहादुर कार्कीको कमाण्डमा खटिई गएको ७ जनाको उद्धार टोलीले उक्त स्थानमा खोजतलास गर्दा मिति  २०७६/०१/२७  गते ०९:२५ बजेको समयमा निजको शव अस्पताल नजिकैको भिरको ५०० मिटर तल अड्किएको अवस्थामा फेला पारी भिरबाट निकाली ई.प्र.का.आबुखैरेनीबाट खटिई आएको नेपाल प्रहरीको टोलीलाई जिम्मा लगाएको ।







2076-1-30
APF Activities
सि.सं. १ विपद् व्यवस्थापन (सिनियर अधिक‌ृत) तालिमको समापन कार्यक्रम

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७६/०४/१२ गते देखि संचालन भएको सि.सं. ३२ विपद् व्यवस्थापन (सि.अ.) तालिमको अन्तिम प्रवचन कार्यक्रम मजकुर राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्रद्धेय सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् पुष्पराम के.सी.ज्यूको प्रमुख आतिथ्यमा मिति २०७६/०६/१७ गते सम्पन्‍न भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी श्रद्धेय सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् पुष्पराम के.सी.ज्यूले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG र प्रमाणपत्र प्रदान गर्नु भई विपद् व्यवस्थापन एउटा पवित्र पेशा भएकोले यस क्षेत्रमा कट्टिवद्ध तथा निष्ठावान भई जनता र राष्ट्रको सेवामा लाग्नु पर्ने र तालिम पश्चात पनि आफ्नो कार्य कुशलता वृद्धि गर्नको लागि निरन्तर रुपमा अभ्यासमा संलग्न रहन निर्देशन दिनु भयो साथै उक्त तालिममा सहभागी स.प्र.ना.उ.-६, स.प्र.नि.-१६ गरी जम्मा २२ जना सिनियर अधिकृतहरुले तालिम सफलतापूर्वक सम्पन्‍न गर्नु भएको थियो ।

 





2076-12-25
APF Activities
संगठन प्रमुख स.प्र.म.नि. शैलेन्द्र खनालज्यूद्धारा सि.सं. १ विपद् व्यवस्थापन (सि.अ.) तालिमको समुद्‍घाटन

मिति २०७६/०४/१२ गते देखी यस सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालन भएको सि.सं. ३२  विपद् व्यवस्थापन तालिम (सि.अ.) को संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूद्धारा समुद्घाटन भयो।

     यस शिक्षालयमा संचालन भएको सि.सं.३२ विपद् व्यवस्थापन तालिम (सि.अ.) को प्रथम प्रवचन कार्यक्रम पश्चात सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै प्रथम प्रवचन कार्यक्रमका प्रमुख अतिथी संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक श्रद्धेय श्रीमान् शैलेन्द्र खनालज्यू¸ले नेपाल सरकारद्धारा स.प्र.बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यादेशको रुपमा रहेको छ । प्राप्त जिम्मेवारीलाई त्रुटीरहित ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्नका लागी कुशल ब्यावसायिक मानवश्रोतको आवश्यकता पर्दछ । यसरी दक्ष जनशक्ति उत्पादन गरी देश र जनतालाई आवश्यक परेको बखतमा सुरक्षा तथा उद्धार कार्यमा अहोरात्र खटिने कार्यमा सशस्त्र प्रहरी बल¸ नेपाल सदैव अग्रपंतिमा रहेको छ । जस्को निरन्तरताको लागी हामि संगठनमा कार्यरत सम्पूर्ण सकल दर्जाले दत्त चित्त भई कार्यसम्पादन गर्न आवश्यक छ । विपद् अत्यन्तै संवेदनशील तथा विश्वमै गम्भीर चुनौतीको रुपमा रहेको छ । विभिन्न किसिमका प्राकृतिक तथा मानव सिर्जित विपदहरु जस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, हिमपहिरो¸ आँधी¸महामारी  जस्ता प्राकृतिक विपद्हरुले बर्षेनी विश्वमा धेरै क्षति पुर्याईरहेको छ र नेपाल पनि अछुतो रहन सक्दैन । नेपालमा हरेक वर्ष आईपर्ने विभिन्न प्राकृतिक तथा मानव सृजित विपद्‍बाट धनजनको क्षति अत्याधिक भएको पाईन्छ । आपत्त विपद्को समयमा मानवीय सहायता प्रदान गर्नु तथा पिडीत व्यक्तिलाई उद्धार गर्नु हामी सवैको मानवीय धर्म हुन आउछ । पिडित व्यक्तिलाई उद्दार गर्ने क्रममा कतिपय उद्दारकहरु आफै दुर्घटनाको सिकार हुने गरेको पाइन्छ । उद्धारकलाई उद्धार सम्वन्धी ज्ञान¸ उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु वारे ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय हो ।

      नेपालमा विपद् व्यवस्थापनको कार्यमा  नेपाल सरकार गृह मन्त्रालय तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु लगायत सरोकारवाला निकायहरु क्रियाशिल छन् । विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरुसंग उच्चस्तरको समन्वय गर्दै विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल¸ नेपाल क्रियाशिल रहेको छ । तसर्थ राज्यद्धारा प्रदत्त जिम्मेवारीलाई मूर्तरुप दिने अभिप्रायका साथ विपद् व्यवस्थापनको क्षेत्रमा नेपालमै पहिलो तालिम शिक्षालयका रुपमा स्थापित यस विपद् व्यवस्थापन तालिम शिक्षालयले विपद् उद्धारको क्षेत्रमा संगठनलाई आवश्यक पेशागत रुपमा दक्ष जनशक्ति उत्पादन तथा देशको विभिन्न स्थानमा समय समयमा हुने गरेका विपद्का घटनाहरुमा खोज तथा उद्धार कार्यमा अग्रणी भूमिका निर्वाहा गरी संगठनले लिएको विपद् सम्बन्धी कार्य नीति अनुरुप कार्यसम्पादन गर्दै आइरहेको छ भनि निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नुभयो । मजकुर राष्ट्रिय सशस्त्र प्रहरी बल¸ प्रशिक्षण प्रतिष्ठानबाट पाल्नु भएका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्‍त महानिरीक्षक श्रीमान राम शरण पौडेलज्यूले धन्यवाद ज्ञापन गर्नुका साथै यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानले तालिम सम्वन्धी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

उक्त तालिममा स.प्र.ना.उ.- ६ (छ)  जना र स.प्र.नि. १८ (अठार) जना गरी जम्मा २४ जना प्रशिक्षार्थीहरु सहभागी भएका छन्





2076-12-25
APF Activities
मिति २०७६/१२/०९ गते मर्स्याङ्गदी नदीमा यात्रु बाहक बस दुर्घटना भएको ।
मिति २०७६/१२/०९ गते अन्दाजि १८:१५ बजेको समयमा जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. -२ ऐना पार्क स्थित पोखराबाट दाङ्गको लागी रिजर्भ हिँडेको ना. ५ ख. नम्बरको यात्रुबाहक बस सडकबाट अन्दाजि ४०० मिटर तल मर्स्याङ्गदी नदीको किनारमा खसि दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ यस शिक्षालयबाट स.प्र.नि. जिवनलाल बुढाको कमाण्डमा १/१७ जनाको गोताखोर सहित उद्धार टोली १८:३५ बजेको समयमा उक्त घटनास्थलमा खटिई गई घटनास्थलबाट १९ जना घाईतेको उद्धार गरी चितवन मेडिकल कलेज (CMC) भरतपुरतर्फ पठाईएको, ९ जना घाईतेलाई छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा पठाईएको र उक्त बसमा सवार ३ जना मृतकको शवलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटि आएको नेपाल प्रहरीको टोलिलाई बुझाईएको जस मध्ये मृत्यु हुने एक जना जिल्ला कास्की पोखरा महानगर पालिका -२४ बस्‍ने वर्ष ४१ को टहल गिरी रहेको र बाकी २ जनाको सनाखत हुन नसकेको ।




2076-12-22