Toggle Menu

गतिविधिहरू

APF Activities
ट्रमा सेन्टर संचालनमा प्रतिबद्धता

मिति २०७५/१२/२४ गते प्रतिनिधी सभाका माननीय सांसद कृष्णभक्त पोखरेल¸ चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतज्यू¸  जिल्ला समन्वय समिति चिनवनका सभापती कृष्णकुमार डल्लाकोटी¸ ईच्छाकामना गाँउपालिकाका प्रमुख गीता गुरुङ्ग लगायतका अतिथीहरुले अवलोकन भ्रमण गर्नु भएको ।उक्त भ्रमण टोलीलाई शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले शिक्षालयको परिचय¸ स्थापनाकालदेखि गरेको उपलब्धी तथा भावी योजना सम्बन्धी बिफ्रिङ्ग गर्नु भएको ।उक्त ब्रिफिङ्ग कार्यक्रममा माननीय सासंद कृष्णभक्त पोखरेलज्यूले सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको सरहाना गर्दै विपद् व्यवस्थापन तालिम शिक्षालयले समुदायमा विपद् सम्बन्धी जनचेतना अभिवृद्धीमा निर्वाह गरेको भुमिका प्रशंसनीय रहेको बताउनु भएको।

भ्रमण टोलीले यस सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको परिसरमा निर्मित २५ शैयाको ट्रमा सेन्टरकोसमेत स्थलगत भ्रमण गरेको । सांसद कृष्णभक्त पोखरेलज्यूले उक्त ट्रमा सेन्टर संचालनमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको । ईच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ्गले नारायणगढ¸ मुग्लिन देखि नौविसेसम्मको सडकखण्ड अतिनै जोखमपूर्ण भएकोले दुर्घटना भई घाईतेहरुलाई प्राथमिक उपचारकालागि पनि नारायणगढ वा काठमाडौंनै पुर्‍याउनु पर्ने अवस्था देखिएकोले उपचारमा ढिलाईले समस्या हुँदा ट्रमा सेन्टर तत्काल सञ्चालनमा ल्याउनको लागि आवश्यक सह-कार्य गर्न तयार रहेको कुरा व्यक्त गर्नु भएको ।  






2076-1-15
APF Activities
महानगर प्रमुख रेणु दाहालज्यूको अवलोकन भ्रमण

मिति २०७६/०१/०९  गते जिल्ला चितवन भरतपुर महानगरपालिकाका महानगर प्रमुख रेणु दाहालज्यूको संयोजकत्वमा महानगर उप-प्रमुख पार्वती शाह ठकुरी¸ जिल्ला चितवनका प्रमुख जिल्ला अधिकारी दिपेन्द्र बस्नेत¸ प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुवेदी लगायत अन्य पदाधिकारीहरु सहित ३५ जनाको टोली १३:०० बजे अवलोकन भ्रमण कार्यक्रमको सिलसिलामा यस तालिम शिक्षालयमा पाल्नु भई ट्रमा सेन्टर¸ विपद् उद्धार सामाग्रीहरुको अवलोकन गर्नु भएको र उक्त टोलीलाई यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानबाट शिक्षालय सम्बन्धी संक्षिप्त प्रस्तुतीकरण एवं उद्धार सम्बन्धी डेमो प्रर्दशन तथा विपद् व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको ।






2076-1-15
APF Activities
चैते दशै तथा मौलो पूजा
मिति २०७५/१२/३०  गते  यस शिक्षालयमा चैते दशैको उपलक्ष्यमा यस शिक्षालयमा रहेको कोत तथा मौलोमा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले धार्मिक परमपरा अनुसार पूजा अर्चाना गर्नु भएको र सलामी टोलीद्धारा शुभ साईतमा भगवती सलामी अर्पण गरी दशै बडाई समेत गरिएको थियो । उक्त कार्यक्रम यस शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरु सहितको उपस्थितीमा सम्पन्न भएको थियो ।   सोही अवसरमा  समादेशकज्यूबाट सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई चैते दशै २०७५ तथा नव वर्ष २०७६ को पावन अवसरमा शुभकामना व्यक्त गर्नु हुदै सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरु तथा परिवारजनहरुमा समेत सु-स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना समेत गर्नु व्यक्त गर्नु भएको थियो ।
साथै सोही अवसरमा यस शिक्षालयका सह-समादेशक सशस्त्र प्रहरी उपरीक्षक सुदर्शन प्रसाद शर्मा सिलवालले समेत चैते दशै २०७५ तथा नव वर्ष २०७६ को पावन अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

         



2076-1-15
APF Activities
सि.सं. 34 DM तालिमको प्रथम प्रवचन

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालन सि.सं. ३४ विपद् व्यवस्थापन तालिमको समुद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि स.प्र.बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति स.प्र.ना.म.नि. कृष्णभक्त ब्रम्हचार्यको प्रमुख आतिथ्यमा मिति २०७६/११/१४ गते  पानसमा दिप प्रज्वलन गरी समुद्‍घाटन गर्नु भएको ।

तालिमको प्रथम प्रवचन कार्यक्रम पश्चात सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथी स.प्र.बल नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति स.प्र.ना.म.नि. कृष्णभक्त ब्रम्हचार्यले नेपाल सरकारद्वारा स.प्र.बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण रहेकोमा विपद् व्यवस्थापन तालिम शिक्षालयले दक्ष जनशक्ति उत्पादन गरी विपद्को क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले तालिम प्राप्‍त जनशक्तिले छोटो र छिटो समयमा विपद्‍मा जनधनको खोजी तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा सफलता प्राप्त गर्ने र विपद् व्यवस्थापन तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुग्ने र जिवन बाच्ने बचाउने सिपमा दख्‍खल प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा विपद् प्रतिकार्यमा योगदान पुग्ने कुरामा जोड दिनुभयो ।

उद्धारकलाई उद्धार सम्वन्धी ज्ञान¸ उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु वारे ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसलाका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो

उक्त तालिममा विभिन्‍न स.प्र.बल युनिटहरुबाट स.प्र.ना.नि. ६ (छ)  जना¸  स.प्र.स.नि. २ (तिन) जना¸ स.प्र.स.ह. ३ (तीन) जना र स.प्र.ज. ३९ (उनन्चालीस) जना गरी जम्मा ५०  जना प्रशिक्षार्थीहरु सहभागी भएको ।

 






2076-11-18
APF Activities
SN. 1 CSSR Training Opening Ceremony

 सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति 2076/10/28 गते देखी संचालन भएको सि.सं. 1 Collapsed Structure Search & Rescue (CSSR)  तालिमको प्रथम प्रवचन कार्यक्रमको प्रमुख अतिथि स.प्र.ना.म.नि. किशोर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्‍न भएको .

तालिमको प्रथम प्रवचन कार्यक्रममा सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथी स.प्र.ना.म.नि. किशोर प्रधानले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल¸ नेपालले निर्वाह गरेको भूमिका अभिवृद्धि गर्न Collapsed Structure Search & Rescue (CSSR) तालिम महत्वपूर्ण हुने बताउनु भयो । उहाँले उद्धारकहरुमा सहरी तथा ग्रामिण क्षेत्रमा विभिन्‍न कारणले हुने संरचनात्मक क्षतिका कारणले हुने विपद्जन्य घटनाहरुमा भवन तथा संरचना भित्र पुरिएका एवं फसेका पिडित तथा घाईतेहरुको खोजी¸ उनीहरु सम्मको पहुँचका साथै छिटो भन्दा छिटो उद्धार गरी अस्पताल सम्म पुर्‍याउन यस तालिमले विशेष सीप र क्षमताको विकास गर्ने उल्लेख गर्नु भयो ।

 

भत्केको संरचनामा खोजि तथा उद्धार कार्य जटिल भएको हुँदा त्यस्ता काममा प्रयोग हुने जोखिमयूक्त उपकरणहरुको हेन्डलिङ्ग¸ अन्तराष्ट्रिय स्तरको उद्धार सीपको विकासमा CSSR तालिम सहायक सिद्ध हुने कुरामा जोड दिदै उँहाले   तालिममा दत्तचित्त भई सिकाईएका ज्ञान¸ सीपलाई आत्मसात गरी अनुशासित एवं जिज्ञासु भई सिक्न र प्रशिक्षकहरुलाई समेत कुशलतापूर्वक शिक्षण सिकाई गराउन निर्देशन दिनुहुँदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो । यस शिक्षालयमा संचालन भएको सि.सं. 1 Collapsed Structure Search & Rescue (CSSR)  तालिममा स.प्र.ना.नि. 2 (दुई)  जना¸  स.प्र.स.नि. 1 (एक) जना¸  स.प्र.स.ह. 7 (सात) जना र स.प्र.ज. 20 (बिस) जना गरी जम्मा 30 (तिस) जना प्रशिक्षार्थीहरु सहभागी भएको .

 





2076-10-29
APF Activities
सि.सं. 1 MFR तालिमको समापन

श्री सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति 2076/09/13 गते देखी संचालन भएको सि.सं. 1 Medical First Responder”  तालिमको अन्तिम प्रवचन कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. 3 गढीमाई बाहिनी मुख्यालयका बाहिनीपती श्रद्धेय सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रीमान् चिरञ्जिवी अधिकारीज्यूको प्रमुख आतिथ्यमा मिति 2076/10/10 गते सम्पन्‍न भएको ।

 

     तालिमको अन्तिम प्रवचन कार्यक्रममा सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथी बाहिनीपती श्रद्धेय सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रीमान् चिरञ्जिवी अधिकारीज्यूले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल¸ नेपालले निर्वाह गरेको भूमिकामा अभिवृद्धि गर्न  Medical First Responder”  तालिम एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउनु भयो । उहाँले विपद्को समयमा घाईतेहरुको संख्या अधिक हुने र छिटो एवं छोटो समयमा उद्धार गरी घाईतेको जिवन रक्षाका लागी तत्कालै प्राथमिक उपचार प्रदान गर्नु उद्धारकर्मीको पहिलो प्राथमिकता हुने हुँदा Medical First Responder” तालिम प्राप्त उद्धारकर्ताको भूमिका अतुलनिय रहेको कुरामा जोड दिनु भयो ।

 

तालिमले उद्धारक स्वयं¸ आफ्नो टोली र घाईतेको जिवन रक्षाका लागी चाहिने मेडिकल सम्बन्धी सिप एवं क्षमताको विकास गर्नुको साथै सेवामा रहँदा वा नरहँदा समेत आफ्नो परिवार र समाजलाई प्रत्यक्ष वा परोक्ष रुपमा फाईदा पुग्ने हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीपलाई कार्य क्षेत्रमा लागु गर्न गराउन निर्देशन दिनुहुँदै तालिम सफलतापुर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो

     उक्त तालिममा सहभागी स.प्र.ना.नि. १ जना¸  स.प्र.स.नि. १ जना¸ स.प्र.ब.ह. १  जना¸ स.प्र.स.ह. ६ जना र स.प्र.ज. २१ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुले तालिम सफलतापुर्वक सम्पन्न गरेको  ।

                  

                






2076-10-21
APF Activities
मिति 2075/11/21 गते जिल्ला तनहुँको मादी नदीमा नेपाल प्रहरीको शव रिकभर

मिति 2075/11/15 गते देखी जिल्ला तनहुँ व्यास न.पा. वडा नं. 6 र 7 को विचमा रहेको मादी नदीमा हराई वेपत्ता भएका ईलाका प्रहरी कार्यालय भिमाद तनहुँ दरबन्दी भई अस्थाई प्रहरी पोष्ट कलेस्ती तनहुँमा कार्यरत प्रहरी जवान जिल्ला प्युठान घर भएका बर्ष 25 को ठगेन्द्र घर्ती मगर बेपत्ता भएको खबर मिति 2075/11/21 गते 10:00 बजे यस शिक्षालयमा प्राप्त भए पश्चात यस शिक्षालयबाट स.प्र.ना.नि. प्रहलाद सिलवालको कमाण्डमा 3 जना गोताखोर सहित 7 जनाको उद्धार टोली उक्त स्थानमा खटिई गई 14:00 बाट खोजतलास गर्दा 15:10 बजे Deep Dive Rescue टोलीले 16:25 बजे मृत अवस्थामा फेला पारी उक्त शव नेपाल प्रहरीलाई बुझाई उद्धार टोली 19:00 बजे कार्यालय फिर्ता भएको व्यहोरा सादर जाहेर (०)

 






2075-12-8
APF Activities
SMEE Training Closing Ceremony
         
         मिति २०७५/१२/२५ गते देखि  यस शिक्षालयमा संचालन भएको ५ दिने "Subject Matter Expert Exchange (SMEE)" तालिम मिति २०७५/१२/२९  गते शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूको प्रमुख आतिथ्यमा समापन भएको ।

           उक्त तालिममा सशस्त्र प्रहरी बलका बिभिन्न युनिटहरुबाट सिनियर अफिसर १० जना र जुनियर अधिकृत ८ जना गरी जम्मा १८ जना तालिममा सहभागीता रहेको थियो ।   Special Operations Command Pacific बाट आउनु भएका प्रशिक्षक Mr.  Erick Kastner Mr Brian Mcclean,   Mr. Kunal Tuladhar. हरुले Tactical Combat Casualty Care, Physical Assessment, Triage, NCD, IV, Splinting, TQ, Vital Signs, Litters Carry लगायतका विभिन्न Medical First Responder सम्बन्धी विषयवस्तुहरुमा सैद्धान्तिक तथा व्यवाहारिक ज्ञान प्रदान गर्नु भएको थियो । उक्त तालिम अवधिमा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुले आफुसंग  भएका ज्ञान तथा अनुभवहरु आदान प्रदान गरेका थिए ।

तालिमको अन्तिम दिन सहभागीहरुले भुकम्पको अवस्थामा Mass Casualty Scenario  को कल्पना गरी घाईतेको उद्धार, वर्गिकरण(Triage) तथा प्राथमिक उपचारको अभ्यास प्रस्तुत गरेका थिए ।  उक्त तालिमको समापन समारोहमा प्रशिक्षकद्वय  Erick Kastner र Brian Mcclean ले तालिममा सहभागीहरुले सक्रियतापूर्वक सिकाई कार्यमा सहभागी हुनुका साथै दुर्घटनामा घाईतेहरुको प्राथमिक उपचार तथा हेरचाहमा सशस्त्र प्रहरी बल,  नेपाल र US  Special Operations Command Pacific हरु बिच रहेको रहेको ज्ञान, सीप तथा अनुभवको आदान प्रदानले उद्धारकहरुको क्षमता अभिवृद्धीमा योगदान पुर्‍याएको बताउनु भयो । 

तालिममा सहभागी सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद धितालले तालिमले विभिन्न दुर्घटनामा परेका घाईतेहरुको तत्कालै उपचार गर्न उद्धारकर्मीहरुलाई सहयोग पुर्‍याएको बताउनु भयो । समापन कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गर्नु भएकोमा बधाई दिदै सिकेका ज्ञानलाई मानवीय कार्यमा प्रयोग गर्नु पर्ने र अन्य स.प्र.क.हरुलाई समेत प्रशिक्षित गर्नु पर्नेमा जोड दिनुका साथै  US Embassy, Nepal र Special Operations Command Pacific लाई बिशेष धन्यवाद दिदैं उहाँले आगामी दिनहरुमा समेत यस्ता तालिमहरुको निरन्तरतामा समन्वय रहने बताउनु भयो । 









2075-12-29
APF Activities
सि.सं. ३० विपद् व्यवस्थाप तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न
  विपद् व्यवस्थाप तालिम शिक्षालयमा संचालन हुने सि.सं.३० विपद् व्यवस्थापन तालिमको प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथी शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथी समादेशक किशोर प्रधानले पर्दा अनावरण गरी तालिमको विधिवत रुपमा उद्घाटना गर्नु भई तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्नु हुदै तालिममा दत्त चित्त भएर तालिम सम्पन्न गर्न हुनका साथै सिकाईएका सिप ज्ञानहरुलाई सहज रुपमा आत्मसात गर्नुहुन निर्देशन दिनु भयो ।

उक्त तालिममा सह समादेशक सशस्त्र प्रहरी उपरीक्षक सुदर्शन प्रसाद सिलवाल लगायत सिनियर अधिकृत जुनियर अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । उक्त तालिम सम्बन्धी कार्ययोजना सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद धितालले पेश गर्नु भएको थियो भने सशस्त्र प्रहरी उपरीक्षक सुदर्शन प्रसाद सिलवालले धन्यवाद मन्तव्य ज्ञापन गर्नु भएको थियो । उक्त तालिममा जु.अ.सहित ५० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन । 

2075-12-25
APF Activities
खड्गदेवी बहुउद्धेश्यीय सहकारी संस्था¸बन्दीपुर तनहुँबाट मेडिकल किट बक्स हस्तान्तरण

मिति २०७५/१२/२४ गते श्री खड्गदेवी बहुउद्धेश्यीय सहकारी संस्था¸बन्दीपुर तनहुँबाट संस्थाका अध्यक्ष श्रीमती विजया श्रेष्ठ सहितको पदाधिकारीको टोलीले विभिन्न दुर्घटनाहरुमा हुने घाईतेहरुको प्राथमिक उपचारमा सहयोग पुग्ने अभिप्रायले औषधी सहितको  प्राथमिक उपचार बाकस आठ थान तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूलाई उक्त संस्थाकी अध्यक्ष श्रीमती विजया श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले शिक्षालयले गरेका  कार्यहरुको प्रशंसा गर्नु भई आगामी दिनहरुमासमेत यस्ता किसिमका सहयोगहरुमा निरन्तरता दिईने बताउनु भयो ।  साथै उक्त हस्तान्तरण कार्यक्रममा समादेशक किशोर प्रधानज्यूले विपद्को समयमा समुदायको  महत्वपूर्ण भुमिका हुने र विभिन्न संघ संस्थाहरुले आफ्नो सामाजिक दायित्व निर्वाहमा प्रतिबद्धा रहदाँ उद्धार कर्मीहरुलाई समेत मानवीय कार्य सम्पादनमा सहजता हुने बताउनु भयो । उहाँले उक्त संस्थाले गरेको सहयोग प्रति आभार प्रकट गर्दै संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 








2075-12-25
APF Activities
मिति २०७५/१२/१६ गते जिल्ला पाल्पा तिनाउ गा.पा. ३ हेडबक्स स्थित तीनाउ खोलाबाट शव निकालेको

मिति २०७५/१२/१५ गते  जिल्ला पाल्पा तीनाउ गा.पा. ३ हेडबक्स स्थित तिनाउ खोलामा पौडि खेल्ने क्रममा (चितवनबाट घुम्न गएका) जिल्ला चितवन खैरेनी न.पा. २ वतन भएका बर्ष ४० को पालुराम दाहाल बेपत्ता भएको खबर  प्राप्त हुन साथ श्री सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट  स.प्र.नि. हेमन्त सिंहको कमाण्डमा खटी गएको गोताखोर सहित ५ जनाको उद्धार टोलीले मिति २०७५/१२/१५ गते  घटनास्थलमा पुगी खोजतलास गर्दा १०:५० बजेको समयमा निजलाई मृत अवस्थामा फेला पारी निजको आफन्तलाई बुझाएको । 







2075-12-25
APF Activities
सि.सं.२२८(ङ) स.प्र.ज. आधारभुत तालिमको प्रथम प्रवचन समापन

 मिति २०७५/१२/०५ गते देखि विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालन हुने सि.सं. २२८ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले पर्दा अनवरण गरी उद्घाटन गर्नु भयो ।

          उक्त कार्यक्रममा सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदैँ समादेशकज्यूले आफ्नो काम र कर्तव्य अनुसार जिम्मेवारी बहन गर्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न तालिमको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले संगठन प्रवेश आधार स्तम्भमा रहेको आधारभूत तालिम मार्फत स.प्र.क.हरुमा नयाँ सोच र दृष्टीकोणको विकास गराउन सकिएमा संगठनको स्वतः विकास हुने र तालिमको उपलब्धी भन्नु नै सशस्त्र प्रहरी कर्मचारीको हौशला अभिबृद्धि गर्ने पेशा प्रति समर्पित हुनको लागि आत्म विश्वास पैदा गराउने र Spirit de-corps को भावना पैदा गराउनु हो । कुनै पनि संगठनमा कर्मचारीको नियुक्ति पछि उनिहरुको काम सुहाउदो प्रशिक्षण दिनु संगठनको महत्वपूर्ण काम हो , सहि छनौटबाट संगठनले योग्य सदस्य पाँउदछ भने सहि तालीमले नयाँ सदस्यलाई व्यवसायिक ज्ञान दिई मानसिक एवं शारिरीक रुपले तयार पार्दछ भनी निर्देशन दिनुका साथै तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुशासित, लगनशील र सकfरात्मक सोचका साथ तालिम गरेमा अवश्य सफल भइन्छ भनी तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नु भयो ।

        कार्यक्रममा तालिम सम्बन्धी प्रतिवेदन तालिम प्रमुख प्रशिक्षक स.प्र.ना.उ. सुजित विष्टले प्रस्तुत गर्नु भएको थियो भने स.प्र.ना.उ. विष्णु प्रसाद धितालले धन्यवाद  दिनु भएको थियो । उक्त तालिममा  सहभागि हुनुपर्ने १२८  जना प्रशिक्षार्थीहरु मध्ये ५ जना प्रशिक्षार्थीहरु सहभागी नभई १२३ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।






2075-12-25
APF Activities
नारायणी नदीमा वेपता भारतीय नागरिकको शव निकालियो
मित्र राष्ट्र भारतको मोतिहारी जिल्ला घर भई जिल्ला चितवन स्थित भरतपुर म.न.पा वडा नं. ११ बस्ने बर्ष ४३ का कन्हैया प्रसाद साह मिति २०७५/११/२१ गते जिल्ला चितवन भरतपुर म.न.पा वडा नं. ११ स्थित नारायणी पुलबाट नदीमा हामफाली बेपत्ता भएको खबर मिति २०७५/११/२३ गते ०७:४५  बजे यस शिक्षालयमा प्राप्त भए पश्चात स.प्र.ना.नि. प्रहलाद सिलवालको कमाण्डमा ३ जना गोताखोर सहित ७ जनाको उद्धार टोली उक्त स्थानमा खटिई गई १०:३५ बजे बाट खोजतलास सुरु गरेकोमा उक्त टोलीले भगेरी स्थान नजिकै नारायणी नदीबाट १३:४० बजे निज साहको शव फेला पारी नेपाल प्रहरीलाई बुझाएको । 




2075-12-25