Toggle Menu

गतिविधिहरू

APF Activities
सि.सं.२२८(ङ) स.प्र.ज. आधारभुत तालिमको प्रथम प्रवचन समापन

 मिति २०७५/१२/०५ गते देखि विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालन हुने सि.सं. २२८ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले पर्दा अनवरण गरी उद्घाटन गर्नु भयो ।

          उक्त कार्यक्रममा सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदैँ समादेशकज्यूले आफ्नो काम र कर्तव्य अनुसार जिम्मेवारी बहन गर्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न तालिमको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले संगठन प्रवेश आधार स्तम्भमा रहेको आधारभूत तालिम मार्फत स.प्र.क.हरुमा नयाँ सोच र दृष्टीकोणको विकास गराउन सकिएमा संगठनको स्वतः विकास हुने र तालिमको उपलब्धी भन्नु नै सशस्त्र प्रहरी कर्मचारीको हौशला अभिबृद्धि गर्ने पेशा प्रति समर्पित हुनको लागि आत्म विश्वास पैदा गराउने र Spirit de-corps को भावना पैदा गराउनु हो । कुनै पनि संगठनमा कर्मचारीको नियुक्ति पछि उनिहरुको काम सुहाउदो प्रशिक्षण दिनु संगठनको महत्वपूर्ण काम हो , सहि छनौटबाट संगठनले योग्य सदस्य पाँउदछ भने सहि तालीमले नयाँ सदस्यलाई व्यवसायिक ज्ञान दिई मानसिक एवं शारिरीक रुपले तयार पार्दछ भनी निर्देशन दिनुका साथै तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुशासित, लगनशील र सकfरात्मक सोचका साथ तालिम गरेमा अवश्य सफल भइन्छ भनी तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नु भयो ।

        कार्यक्रममा तालिम सम्बन्धी प्रतिवेदन तालिम प्रमुख प्रशिक्षक स.प्र.ना.उ. सुजित विष्टले प्रस्तुत गर्नु भएको थियो भने स.प्र.ना.उ. विष्णु प्रसाद धितालले धन्यवाद  दिनु भएको थियो । उक्त तालिममा  सहभागि हुनुपर्ने १२८  जना प्रशिक्षार्थीहरु मध्ये ५ जना प्रशिक्षार्थीहरु सहभागी नभई १२३ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।






2075-12-25
APF Activities
नारायणी नदीमा वेपता भारतीय नागरिकको शव निकालियो
मित्र राष्ट्र भारतको मोतिहारी जिल्ला घर भई जिल्ला चितवन स्थित भरतपुर म.न.पा वडा नं. ११ बस्ने बर्ष ४३ का कन्हैया प्रसाद साह मिति २०७५/११/२१ गते जिल्ला चितवन भरतपुर म.न.पा वडा नं. ११ स्थित नारायणी पुलबाट नदीमा हामफाली बेपत्ता भएको खबर मिति २०७५/११/२३ गते ०७:४५  बजे यस शिक्षालयमा प्राप्त भए पश्चात स.प्र.ना.नि. प्रहलाद सिलवालको कमाण्डमा ३ जना गोताखोर सहित ७ जनाको उद्धार टोली उक्त स्थानमा खटिई गई १०:३५ बजे बाट खोजतलास सुरु गरेकोमा उक्त टोलीले भगेरी स्थान नजिकै नारायणी नदीबाट १३:४० बजे निज साहको शव फेला पारी नेपाल प्रहरीलाई बुझाएको । 




2075-12-25