Toggle Menu

गतिविधिहरू

APF Activities
मिति २०७५/१२/१६ गते जिल्ला पाल्पा तिनाउ गा.पा. ३ हेडबक्स स्थित तीनाउ खोलाबाट शव निकालेको

मिति २०७५/१२/१५ गते  जिल्ला पाल्पा तीनाउ गा.पा. ३ हेडबक्स स्थित तिनाउ खोलामा पौडि खेल्ने क्रममा (चितवनबाट घुम्न गएका) जिल्ला चितवन खैरेनी न.पा. २ वतन भएका बर्ष ४० को पालुराम दाहाल बेपत्ता भएको खबर  प्राप्त हुन साथ श्री सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट  स.प्र.नि. हेमन्त सिंहको कमाण्डमा खटी गएको गोताखोर सहित ५ जनाको उद्धार टोलीले मिति २०७५/१२/१५ गते  घटनास्थलमा पुगी खोजतलास गर्दा १०:५० बजेको समयमा निजलाई मृत अवस्थामा फेला पारी निजको आफन्तलाई बुझाएको । 







2075-12-25
APF Activities
खड्गदेवी बहुउद्धेश्यीय सहकारी संस्था¸बन्दीपुर तनहुँबाट मेडिकल किट बक्स हस्तान्तरण

मिति २०७५/१२/२४ गते श्री खड्गदेवी बहुउद्धेश्यीय सहकारी संस्था¸बन्दीपुर तनहुँबाट संस्थाका अध्यक्ष श्रीमती विजया श्रेष्ठ सहितको पदाधिकारीको टोलीले विभिन्न दुर्घटनाहरुमा हुने घाईतेहरुको प्राथमिक उपचारमा सहयोग पुग्ने अभिप्रायले औषधी सहितको  प्राथमिक उपचार बाकस आठ थान तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूलाई उक्त संस्थाकी अध्यक्ष श्रीमती विजया श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले शिक्षालयले गरेका  कार्यहरुको प्रशंसा गर्नु भई आगामी दिनहरुमासमेत यस्ता किसिमका सहयोगहरुमा निरन्तरता दिईने बताउनु भयो ।  साथै उक्त हस्तान्तरण कार्यक्रममा समादेशक किशोर प्रधानज्यूले विपद्को समयमा समुदायको  महत्वपूर्ण भुमिका हुने र विभिन्न संघ संस्थाहरुले आफ्नो सामाजिक दायित्व निर्वाहमा प्रतिबद्धा रहदाँ उद्धार कर्मीहरुलाई समेत मानवीय कार्य सम्पादनमा सहजता हुने बताउनु भयो । उहाँले उक्त संस्थाले गरेको सहयोग प्रति आभार प्रकट गर्दै संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 








2075-12-25
APF Activities
सि.सं. ३० विपद् व्यवस्थाप तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न
  विपद् व्यवस्थाप तालिम शिक्षालयमा संचालन हुने सि.सं.३० विपद् व्यवस्थापन तालिमको प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथी शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथी समादेशक किशोर प्रधानले पर्दा अनावरण गरी तालिमको विधिवत रुपमा उद्घाटना गर्नु भई तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्नु हुदै तालिममा दत्त चित्त भएर तालिम सम्पन्न गर्न हुनका साथै सिकाईएका सिप ज्ञानहरुलाई सहज रुपमा आत्मसात गर्नुहुन निर्देशन दिनु भयो ।

उक्त तालिममा सह समादेशक सशस्त्र प्रहरी उपरीक्षक सुदर्शन प्रसाद सिलवाल लगायत सिनियर अधिकृत जुनियर अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । उक्त तालिम सम्बन्धी कार्ययोजना सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद धितालले पेश गर्नु भएको थियो भने सशस्त्र प्रहरी उपरीक्षक सुदर्शन प्रसाद सिलवालले धन्यवाद मन्तव्य ज्ञापन गर्नु भएको थियो । उक्त तालिममा जु.अ.सहित ५० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन । 

2075-12-25
APF Activities
SMEE Training को प्रथम तथा सि.सं. २९ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम सम्पन्न

मिति २०७५/१२/२५ गते US Special Operations Command Pacific  को आयोजनामा सशस्त्र प्रहरी बल,  नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा ५ दिन कार्यावधी रहेको Subject Matter Expert Exchange (SMEE) Training  को प्रथम प्रवचन तथा गत पौष ०८ गते देखि संचालन भएको सि.सं. २९  विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो ।   SMEE Training  मा स.प्र.बल,  नेपालका विभिन्न ईकाईहरुबाट  मनोनित १८ जना सिनियर तथा जुनियर अधिकृतहरु सहभागी रहेको उक्त तालिम २९ गते समापन हुनेछ । 

कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले विपद् व्यवस्थापन तालिममा सर्वोत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान तथा तालिममा सहभागी सात जना स.प्र.नि. प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र  अन्य प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भएको थियो । उहाँले विपद् व्यवस्थापन एउटा पवित्र मानवीय सेवा भएकोले यस कार्यमा लागेका सम्पुर्ण स.प्र.क.हरु कट्टिबद्ध तथा निष्ठावान भई सेवा गर्नुपर्ने र तालिम गरिसकेपश्चात पनि आफ्नो कार्य कुशलता वृद्धि गर्नको  लागि निरन्तर रुपमा अभ्यास गरिराख्‍न निर्देशन दिनुका साथै उद्घाटन भएको SMEE Training  मा सहभागी अधिकृतहरुलाई तालिममा प्रदान गरिने प्राथमिक उपचार सम्बन्धी ज्ञानले विपद्को समयमा प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सहयोग पुग्ने हुँदा तालिममा दत्त चित्त भई सिकाई हासिल गर्न निर्देशन दिनु भयो ।

साथै उक्त कार्यक्रममा समापन भएको सि.सं. २९ विपद् व्यवस्थापन तालिमको प्रतिवेदन तालिम प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु प्रसाद धितालले प्रस्तुत गर्नु भयो । उक्त  तालिममा सि.अ. सात जु.अ. छ  र विल्लादार जवान ३४  जना गरी जम्मा ४७ जना प्रशिक्षार्थीहरुले तालिम सफलतापूर्वक सम्पन गरेका थिए ।


2075-12-25
APF Activities
सि.सं.२२८(ङ) स.प्र.ज. आधारभुत तालिमको प्रथम प्रवचन समापन

 मिति २०७५/१२/०५ गते देखि विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालन हुने सि.सं. २२८ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले पर्दा अनवरण गरी उद्घाटन गर्नु भयो ।

          उक्त कार्यक्रममा सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदैँ समादेशकज्यूले आफ्नो काम र कर्तव्य अनुसार जिम्मेवारी बहन गर्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न तालिमको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले संगठन प्रवेश आधार स्तम्भमा रहेको आधारभूत तालिम मार्फत स.प्र.क.हरुमा नयाँ सोच र दृष्टीकोणको विकास गराउन सकिएमा संगठनको स्वतः विकास हुने र तालिमको उपलब्धी भन्नु नै सशस्त्र प्रहरी कर्मचारीको हौशला अभिबृद्धि गर्ने पेशा प्रति समर्पित हुनको लागि आत्म विश्वास पैदा गराउने र Spirit de-corps को भावना पैदा गराउनु हो । कुनै पनि संगठनमा कर्मचारीको नियुक्ति पछि उनिहरुको काम सुहाउदो प्रशिक्षण दिनु संगठनको महत्वपूर्ण काम हो , सहि छनौटबाट संगठनले योग्य सदस्य पाँउदछ भने सहि तालीमले नयाँ सदस्यलाई व्यवसायिक ज्ञान दिई मानसिक एवं शारिरीक रुपले तयार पार्दछ भनी निर्देशन दिनुका साथै तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुशासित, लगनशील र सकfरात्मक सोचका साथ तालिम गरेमा अवश्य सफल भइन्छ भनी तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नु भयो ।

        कार्यक्रममा तालिम सम्बन्धी प्रतिवेदन तालिम प्रमुख प्रशिक्षक स.प्र.ना.उ. सुजित विष्टले प्रस्तुत गर्नु भएको थियो भने स.प्र.ना.उ. विष्णु प्रसाद धितालले धन्यवाद  दिनु भएको थियो । उक्त तालिममा  सहभागि हुनुपर्ने १२८  जना प्रशिक्षार्थीहरु मध्ये ५ जना प्रशिक्षार्थीहरु सहभागी नभई १२३ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।






2075-12-25