Toggle Menu

गतिविधिहरू

APF Activities
मित्र राष्ट्र भारतका भारतिय सीमा सुरक्षा बल (SSB) का प्रमुख Director General कुमार राजेश चन्द्रको टोलीद्वारा शिक्षालयको अवलोकन

आज मिति २०७६/०८/०५ गते १६:२५ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक श्रद्धय श्रीमान शैलेन्द्र खनालज्यू तथा मित्र राष्ट्र भारतका भारतिय सीमा सुरक्षा बल (SSB) का प्रमुख Director General कुमार राजेश चन्द्रको टोलीद्वारा  सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय भ्रमण तथा Water Rescue Demo अवलोकन गरिएको थियो ।

अवलोकन भ्रमणको शिलसिलामा आउनु भएका संगठन प्रमुख खनालज्यू लगायत (SSB) का Director General कुमार राजेश चन्द्रको टोलीलाई जिल्ला चितवन ईच्छाकामना गाँउपालिका कुरिनघाट स्थित त्रिशुली नदीमा यस शिक्षालयको टोलीद्धारा डोरीको सहायताले गरिने उद्धार¸ सवारी दुर्घटना तथा पानीमा डुवेको मृत व्यक्तिलाई गोताखोरद्धारा गरिने उद्धार सम्बन्धि प्रर्दशन गरिएको थियो ।

उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यू सह-समादेशक लगायत सिनियर अधिकृत जुनियर अधिकृत लगायत विल्लादार जवानहरुको समेत उपस्थिती रहेको डेमोको अवलोकन गर्नु भई 17:30 बजे काठमाण्डौ तर्फ प्रस्थान गर्नु भएको थियो ।     

 





2076-8-24
APF Activities
धादिङ्ग रुविभ्यालि गा.पा.- वडा नं. ६ स्थीत भुम्ला खोलाबाट गोताखोर टोलीद्वारा १ जनाको शव निकालिएको ।

धादिङ्ग रुविभ्यालि गा.पा.- वडा नं. ६ स्थीत भुम्ला खोलाबाट गोताखोर टोलीद्वारा १ जनाको शव निकालिएको ।

मिति २०७६/०६/३० गते जिल्ला धादिङ्ग रुविभ्यालि गा.पा.- वडा नं. ०६ स्थीत भुम्ला खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका वर्ष १७  को सिताराम तामाङ्गलाई खोजतलासको लागी आवश्यक उद्धारका सामाग्रीहरु सहित यस शिक्षालय दरवन्दी आई.डि.नं. १३७८ का स.प्र.नि. लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा गोताखोर सहित ४ जना स.प्र.क हरु नेपाली सेनाको हेलीद्धारा मिति २०७६/०७/०१  गते १७:०० बजेको समयमा घटनास्थलतर्फ खटीगई खोजतलास गर्दा मिति २०७६/०७/०२ गते बिहान ०९:०५ बजेको समयमा मृत अवस्थामा फेला पारी निजको शबलाई उक्त खोलाबाट निकाली आफन्तलाई बुझाईएको ।


2076-7-4
APF Activities
सि.सं. १७ से.मु पति (स.प्र.ब.ह.) तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न

                सशस्‍त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७६०७/२७ गते देखी संचालन भएको सि.सं. १७  से.मु पति (स.प्र.ब.ह.) तालिमको प्रथम प्रवचन कार्यक्रमको प्रमुख अतिथि यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो ।

               उक्त  तालिमको प्रथम प्रवचन कार्यक्रम पश्चात सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानले सशस्त्र प्रहरी कर्मचारीहरुले गर्नु पर्ने महत्वपूर्ण पेशागत तालिम अन्तर्गत से.मु. पति तालिमले कमाण्डर तहमा कुशल फौजी कला र आचरणको विकास गरी स्तरिय फौजको रुपमा सफलता प्राप्तिमा सहयोग पुर्याउने कुरामा जोड दिनु भयो । उहाँले करिअर कोर्षको रुपमा रहेको तालिमले आफुलाई दिईएको जिम्मेवारीलाई कुशलता र युक्तिका साथ सम्‍पन्‍न गर्न र संगठनको लक्षित उद्देश्य प्राप्ति तर्फ लक्षित हुन प्रेरित गर्नुका साथै आफु र आफ्नो टोलीलाई जुन सुकै कठिन परिस्थिति र जिम्मेवारीमा खरो उत्रन मद्धत्त पुग्ने बताउनु भयो । तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक कुराहरुमा दिलचस्पिदिई सिर्जनशिलभई सिकाई गर्ने कुरामा जोड दिनु पर्ने कुरा बताउदै तालिममा सहभागी (५६ जना सशस्त्र प्रहरी बरिषठ हवल्दार) सबैले उच्च स्तरको ज्ञान तथा सीप हासिल गरी सफलता पूर्वक तालिम सम्पन्‍न गर्नका लागी शुभकामना ब्यक्त गर्नुभयो




2076-7-29
APF Activities
सि.सं. ४१२ से.मु. हतियार तालिमको प्रथम प्रवचन कार्यक्रम समापन

मिति २०७६/०७/२५ गते देखी सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सि.सं. ४१२  से.मु. हतियार तालिमको पर्दा अनावरण गरी प्रथम प्रवचन कार्यक्रम प्रमुख अतिथि यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो ।

      तालिमको प्रथम प्रवचन कार्यक्रम पश्चात तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानज्यूले हाल सशस्त्र प्रहरी बल¸ नेपालको संगठनात्मक संरचना अनुसार से.मु. फर्मेशनका विभिन्न किसिमका हतियारहरुमा दक्षता हासिल गर्नको लागि यो तालिमको महत्व रहेकोले शारिरिक एवं मानसिक रुपमा सिकाईका लागि तत्पर हुन आवश्यक रहेको बताउनु भयो । फौजको प्राण हतियार भएकाले यसको बारेमा दक्षता हासिल गर्नु हरेक सशस्त्र प्रहरी कर्मचारीहरुको कर्तव्य र जिम्मेवारी समेत हुने हुँदा सबैले अनुशासित¸ मेहनती र लगनशिल भई तालिममा सिकाईएका शैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई आत्मसाथ गर्दै जाने कुरामा जोड दिनुभयो ।

 

  उद्धारकलाई उद्धार सम्वन्धी ज्ञान¸ उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु वारे ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसलाका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

 ५ हप्ता कार्यावधी रहेको उक्त तालिममा २६ जना  स.प्र.स.ह. प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।  

 





2076-7-27
APF Activities
बजाङ्गको कालङ्गा हाईड्रो पावरमा ४ जनाको शव निकालिएको

 बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेका ४ (चारै) जनाको शव सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिरनटारबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक भवराज कटवाल सहितको एपीएफ टोलीले सो सुरुङबाट बाहिर निकालेको छ । सुरुङमा फँसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका ३ का कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछाम तुर्माखाँद गाउँपालिका ६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका १ का शेरसिंह धामी छन् ।  चार जनाको शव सहित सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टर APF टोली द्वारा सुरुङ्गबाट बाहिर निकाली सकिएको छ ।  उनीहरू सबैको मृत्यु अक्सिजनको कमीले निसास्सिएर भएको अनुमान गरिएको छ । उनीहरू सबै सुरुङ्गको विभिन्न स्थानमा फेला परेका थिए । लगत्तै घटनास्थलमा पुगेका प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय बासिन्दाले उद्धारको प्रयास गरे पनि सुरुङ भित्र ठुलो मात्रामा पानी जमेको¸ अकसिजनको मात्रा कम रही अन्य ग्यास रहेको कठिन अवस्था  रहेकोले उद्धार प्रयास सफल नभएपछि सोमबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिरनटारबाट उद्धार टोली मगाइएको थियो ।  उक्त ४ जना व्यक्तिहरु मिति 2076/07/17 गते आईतबार  सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।





2076-7-25
APF Activities
सि.सं. ३३ विपद् व्यवस्थापन तालिमको समुदघाटन कार्यक्रम

मिति २०७६/०७/१७ गते देखी सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सि.सं. ३३  विपद् व्यवस्थापन तालिमको पर्दा अनावरण गरी प्रथम प्रवचन कार्यक्रम प्रमुख अतिथि यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो ।

      तालिमको प्रथम प्रवचन कार्यक्रम पश्चात सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानज्यूले नेपाल सरकारद्वारा स.प्र.बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण रहेकोमा विपद् व्यवस्थापन तालिम शिक्षालयले दक्ष जनशक्ति उत्पादन गरी विपद्को क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले सशस्त्र प्रहरी बल जस्तो गौरवशाली संगठनमा आवद्ध भई देश र जनताको सेवा गर्ने मौका पाउनु अहोभाग्य भएको र विपद्‍मा परेका जनताहरुलाई प्रत्यक्ष रुपमा उनीहरुलाई सहयोग गर्नु परम कर्तव्य भएको उल्लेख गर्नु भयो । उहाँले  तालिम प्राप्‍त जनशक्तिले छोटो र छिटो समयमा विपद्‍मा जनधनको खोजी तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा सफलता प्राप्त गर्ने र विपद् व्यवस्थापन तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुग्ने र जिवन बाच्ने बचाउने सिपमा दख्‍खल प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा विपद् प्रतिकार्यमा योगदान पुग्ने कुरामा जोड दिनुभयो ।

 

  उद्धारकलाई उद्धार सम्वन्धी ज्ञान¸ उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु वारे ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसलाका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

 १० हप्ता कार्यावधी रहेको विपद् व्यवस्थापन तालिममा  MFR, CSSR, DBM,  Water Rescue, Fire Fighting, Rope Rescue, CCCM,  Logistics लगायतका प्याकेजहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण गरिने छ ।

उक्त तालिममा स.प्र.ना.नि. ३ (तिन)  जना¸  स.प्र.स.नि. ४(चार) जना¸ स.प्र.ह. १ (एक) जना¸ स.प्र.स.ह. १ (एक) जना र स.प्र.ज. ४१ (एकचालिस) जना गरी जम्मा ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।  

 





2076-7-25
APF Activities
संविधान दिवशको उपलक्ष्यमा विविध कार्यक्रमहरुको आयोजना

संविधान दिवस २०७६” को उपलक्ष्यमा मिति २०७६/०६/०३ गते विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र ईच्छाकामना गाउँपालिकाको कार्यालय कुरीनटार¸ चितवनले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधान र गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ्गज्यूको उपस्थिति रहेको कार्यक्रममा पंचेबाजा सहित प्रभातफेरी¸ र्र्याली आयोजना गरी ईच्छाकामना गाउँपालिका परिसरबाट शुरु गरी ईच्छाकामना मन्दिर¸ कुरिनटार बजार हुँदै DM चोक पुगी पुन: ईच्छाकामना गाउँपालिकामा आई संविधान दिवशको उपलक्ष्यमा शुभ-कामना आदान प्रदान गरी समापन भएको र उक्त कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरु¸ विभिन्‍न वडाका वडाध्यक्षहरु¸ कर्मचारीहरु¸ स्थानिय भद्रभलादमी¸ आमा समूह तथा स्थानिय वासिन्दा लगायत यस शिक्षालयमा कार्यरत स.प्र.क. हरु सहित अन्दाजि ४०० (चार सय) जनाको सहभागीता रहेको ।

सोही अवसरमा शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानको उपस्थितिमा यस शिक्षालयमा कार्यरत १७० (एक सय सत्तरी) जना स.प्र.क. हरु सहभागी भई ईच्छाकामना गाउँपालिका वडा नं. ४ मा रहेको ईच्छाकामना माईको मन्दिर¸ कुरिनटार बजार तथा पृथ्विराजमार्ग वरपरका स्थानहरुमा सरसफाई¸ शिक्षालयमा कार्यरत स.प्र.क. हरुलाई प्रतिस्पर्धात्मक रिले दौड¸ भलिबल¸ रस्साकसी प्रतियोगिता संचालन गरी उक्त प्रतियोगिताहरुमा बिजयी हुने खेलाडी स.प्र.क. हरुलाई पुरस्कृत गरीएको तथा संविधान दिवश 2076 को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना लेखिएको व्यानरमा यस शिक्षालयको नाम समेत लेखि ब्यानरको किनारामा  विद्युतिय बत्ती जडान गरी मुख्य प्रवेशद्धारमा टागीएको तथा कार्यालय परिसर र व्यारेकहरुमा दिपावली गर्नुका साथै यस शिक्षालय परिसरमा वृक्षारोपन समेत गरिएको ।





2076-6-7
APF Activities
त्रिशुली नदीमा जिवितै उद्धार
मिति २०७६/०५/०८ गते जिल्ला चितवन ईच्छाकामना गाउँपालिका-३ फिस्लिङ्गबाट Adventure River Trail कम्पनीले ४ जना भारतिय नागरिकलाई त्रिशुली नदीमा Rafting  गराउने क्रममा चुम्लिङ्टार स्थित Butterfly Wave मा Raft पल्टिदा उक्त Raft  मा सवार ४ जना भारतिय नागरिकलाई त्रिशुली नदीले बगाउदा २ जनालाई घटनास्थल नजिकै सोही Raft का संचालकद्धारा उद्धार गरेको र बगिरहेका अन्य २ जना भारत ईलाहाबाद बस्ने वर्ष २८ की सोनम केजरीवाल र ऐ. वस्ने वर्ष ३५ को अस्मिन केजरीवाललाई यस शिक्षालयबाट सप्रनानि बिरेन्द्र बहादुर बमको कमाण्डमा खटि गएको ७ जनाको उद्धार टोलीले घटनास्थलबाट अन्दाजी ४ कि.मि. तल जिल्ला गोरखा सहिद लखन गाउँपालिका-५ स्थित च्याखुरी भित्ता नजिक त्रिशुली नदीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरी Adventure River Trail कम्पनीमा बुझाएको



2076-5-9
APF Activities
विपद् व्यवस्थापन तालिम शिक्षालयको नवनिर्मित मुलगेट समुदघाटन

मिति २०७६/०५/०४ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको समन्वय र ईच्छाकामना गाउँपालिका कुरिनटार¸ चितवनको सहकार्यमा यस शिक्षालयमा नवनिर्मित मुलगेटको ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्ग र यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानले संयुक्त  रुपमा समुदघाटन गर्नुभएको ।

      उक्त अवसरमा गाउँपालिका अध्यक्षले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले विपद् व्यवस्थापनको क्षेत्रमा गरेका कार्यहरुको चर्चा गर्नुभई मुलगेट निर्माणमा महत्वपुर्ण योगदान पुर्याउनुहुने सम्पुर्ण ब्यक्तित्वहरुलाई प्रशंसा पत्र वितरण गर्नुभएको र यस शिक्षालयका समादेशकबाट निर्माण कार्यको लागी अमुल्य सहयोग पुर्याउनुभएकोमा  गाउँपालिका अध्यक्ष लगायत निर्माण उपभोक्ता समिति¸ निर्माण कार्यमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यवाद तथा आभार प्रकट गर्नुभएको साथै उक्त कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरु¸ स्थानिय बुद्दिजीवि तथा भद्रभलादमीहरुको समेत उपस्थिती रहेको थियो ।






2076-5-5
APF Activities
स्थानिय भद्रभलादमीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

        मिति २०७६/०५/०२ गते ईच्छाकामना गाउपालिका अन्तरगत विभिन्‍न वडाहरुबाट आउनु भएका स्थानिय भद्र भलादमी र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।

              उक्त कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले सशस्‍त्र प्रहरी बल,  नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले सम्पादन गर्दै आईरहेको नियमित कार्यहरुबारे प्रकाश पार्दै स्थानिय समुदाय र सशस्त्र प्रहरी बल नेपाल बिच शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सूचना आदान प्रदान गरी कार्य गर्दा नागरिकले सेवा सुरक्षा र उद्धार प्रभावकारी रुपले पाउने उल्लेख गर्नु भएको साथै स्थानिय भद्र भलादमीहरुले समन्वय र सहकार्यको लागि सदैव तत्पर रहने बताउदै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको कार्य प्रति प्रशंसा गर्दै निरन्तर समन्वय गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।





2076-5-3
APF Activities
सि.सं. ३१ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम

यस शिक्षालयमा मिति २०७५/११/०८ गते देखि संचालन भएको सि.सं. ३१ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानको प्रमुख आतिथ्यमा मिति २०७६/०३/१९ गते सम्पन्‍न भएको थियो

 

उक्त कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले तालिममा सर्वोत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान तथा तालिममा सहभागी सम्पुर्ण प्रशीक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई विपद् व्यवस्थापन एउटा पवित्र पेशा भएकोले यस क्षेत्रमा लागेका सम्पुर्ण स.प्र.क.हरु कट्टिवद्ध तथा निष्ठावान भई सेवा गर्नुपर्ने र तालिम गरिसके पश्चात पनि आफ्नो कार्य कुशलता वृद्धि गर्नको लागि निरन्तर रुपमा अभ्यास गरि राख्‍न निर्देशन दिनु भयो । सि.सं. ३१ विपद् व्यवस्थापन तालिमको तालिम सम्बन्धी प्रतिवेदन तालिम प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक मुक्ति नाथ दाहालले प्रस्तुत गर्नु भएको थियो

उक्त तालिममा सहभागी ५६ जना प्रशिक्षार्थहरु मध्ये १ जना निस्कासन भएकोमा  ५५ (पचपन्‍न) जना प्रशिक्षार्थीहरुले तालिम सफलता पूर्वक सम्पन्‍न गरेका थिए ।






2076-4-30
APF Activities
जिल्ला धादिङ बेनिघाट रोराङ गाउपालिका ३ सलाङघाटमा बस दुर्घटना १६ जना घाईतेको उद्धार ५ जनाको शव फेला
मिति २०७६/०४/२४ गते अन्दाजी ०३:०० बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउपालिका ३ सलाङघाट नजिकै पृथ्विलोकमार्गमा सर्लाहीबाट काठमाडौ तर्फ जादै गरेको ना ६ ख ७४६९ नं.को न्यु सृष्टि डिलक्स बस सडकबाट अ;२०० मिटर तल खसी दुर्घटना भएको भन्‍ने खबर यस तालिम शिक्षालयमा प्राप्त हुन साथ सप्रनि हरी कृष्ण गिरीको कमाण्डमा ३ जना गोताखोर सहित १३जनाको उद्धार टोली ०४:२५ बजे उक्त स्थानमा खटिई गई उक्त बसमा सवार अन्दाजी ४२ जना यात्रुहरु मध्ये १७ जना घाईतेको उद्धार गरी स्थानियहरु समेतको सहयोगमा गजुरी तथा मलेखु राजमार्ग अस्पतालमा पठाउनुका साथै घटनास्थलबाट ३ जनाको शव निकाली पोष्ट मार्टमको लागि पठाईएको ।
अन्य २ जना (जि.चितवनको ईच्छाकामना गा.पा.-३ मुग्लिन नजिक १ जना र भ.म.न.पा.-२९ जुगेडीमा १ जना) को शव फेला परेको ।




2076-4-25
APF Activities
देवघाटमा बगेका युवाको गोताखोरद्धारा सकुशल उद्धार
मिति २०७६/०४/२० गते तनहुँ जिल्लाको देवघाटधाममा लागेको बोलबोम मेलामा श्रद्धालु भक्तजनहरुको भिड भाड तथा हुन सक्ने दुर्घटनालाई मध्ये नजर राख्दै उक्त स्थानमा सुरक्षाका लागी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सशस्त्र प्रहरी नायव निरीक्षक खिल बहादुर बि.क. को कमाण्डमा खटीएको गोताखोर सहित ९ जनाको उद्धार टोलीले मिति २०७६/०४/२० गते ११:४० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका -१३ फुलवारी बस्ने वर्ष २५ को रमेश परियारलाई नारायणी नदीमा बोलबम मेलामा नुहाउने क्रममा बगाउदै गर्दा १०० मिटर अगाडी पुगेको अवस्थामा सशस्त्र प्रहरी सहायक हवल्दार ओम बहादुर सलामी(गोताखोर) ले पौडी खेली जिवितै उद्धार गरिएको थियो ।



2076-4-21
APF Activities
विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिई गएको टोलीले शब निकालेको

मिति २०७६/०४/१५ गते  जिल्ला चितवन ईच्छाकामना गाउँपालिका -६ स्थित जलविरेमा मुग्लिनबाट नारायगढतर्फ जादै गरेको ना. ७ ख.३९३९ नं. को डिब्बा ट्रक त्रिशुली नदीमा खसेको भन्‍ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटवालको कमाण्डमा ९ जनाको उद्धार टोली १७:२० बजे उक्त स्थानमा खटिई गई ट्रकमा सवार सह-चालक नाम वतन नखुलेको १ जनाको घाईते अवस्थामा उद्धार गरी निजलाई उपचारको लागि भरतपुर तर्फ पठाईएको र ट्रक चालक जिल्ला बारा स्थायी वतन भएका अन्दाजी बर्ष ३५/३६ को कमलेस साहलाई त्रिशुली नदीको किनारमा कन्टेनरले थिचि मृत्यू भएको अवस्थामा निकाली निज चालक कमलेस साहको साथमा रहेको रु. 9050(नौ हजार पचास) सहित प्रहरी चौकी सिमलतालबाट खटिएको नेपाल प्रहरीको टोलीलाई टोलीलाई बुझाएको ।





2076-4-20