मिति २०७७-०८-११ गते अन्दाजी विहानको ०५:०० बजेको समयमा पृथ्वी राजमार्ग अन्तर्गत जिल्ला चितवन ईच्छाकामना गाँउपालिका- ४ नाग्दि पुल नजिक प्युठानबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु १ च ९७३१ नम्वरको बोलेरो पिकअप गाडी सडक बाट त्रिशुली नदिमा खसी बेपत्ता भएको भन्ने ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खबर प्राप्त हुन साथ यस शिक्षालयबाट तत्कालै स.प्र.ना.नि प्रहलाद शिलवालको कमाण्डमा 11 जनाको उद्धार टोली (६ जना गोताखोर सहित) आवश्यक उद्धार सामाग्रीहरु सहित सो स्थानमा खटी गई उक्त गाडीमा सवार ४ जना मध्य १ जना घाईते जिल्ला प्युठान, प्युठान न.पा. बस्ने बर्ष ३८ का मुकुन्द रोकालाई जिवितै उद्धार गरी उपचारको लागि भरतपुर पठाई वेपत्ता रहेका अन्य ३ जना यात्रु तथा सवारी साधनको संभावित ईलाकामा Deep DivingतथाRaftingद्वाराखोजतलास गर्दा जिल्ला प्यूठान¸ झिम्रिक गा.पा.- १ बस्ने वर्ष २२ का सुर्य के.सी (सवारी चालक) र जिल्ला प्यूठान¸ प्यूठान नगरपालिका बस्ने वर्ष ३३ की जमुना रोक्काको शव र दुर्घटनाग्रस्त बोलेरो भ्यान नदीबाट निकालेको र हराई रहेका जिल्ला प्यूठान¸ प्यूठान नगरपालिका बस्ने वर्ष १५ की वेनिसा रोक्का फेला नपरेको ।
