सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८ श्रावण १७ गते देखि संचालन भएको सि.सं. ३८ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका मित्त समादेशक स.प्र.उ. सुशिल सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.उ. सुशिल सुबेदीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा ३ (तिन) सप्रनानि, १ (एक) सप्रसह र ४६ (छयालिस) सप्रज गरि जम्मा ५० (पचास) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ३, ख.त्र.- ३, ग.क्ष- ४, ग.त्र.- १४ र घ.त्र- २६ जनाले ग्रेडिङ्ग प्राप्त गरेक छन ।
आज मिति २०७८/०४/१० गते यस सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा सि.सं. ३६४ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।
उक्त प्रथम प्रवचन कार्यक्रम समुद्घाटन पश्चात प्रमुख अतिथिले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थीतथा उपस्थित सकल दर्जालाई निर्देशन सम्बोधन गर्नु हुँदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, पेशागत ज्ञान सीप अभिबृद्बि गर्न र स.प्र.ज.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्न ट्याक्टिसहरु विषयमा सिकाईने ज्ञान¸ कला, कौशलले कार्य गर्ने क्षमता अभिवृद्धि हुने बताउँनु हुँदै तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जीवन बाँच्ने बचाउने सिपमा दख्खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जीवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।साथै तालिममा सिकाईने ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ज. २७ (सताईस) जना प्रशिक्षार्थीहरु सहभागी रहेको छ ।