Toggle Menu

गतिविधिहरू

APF Activities
सि.सं. ३६४ विल्लादार तालिमको अन्तिम प्रवचन कार्यक्रम

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८/०४/१०  गते देखि संचालन भएको सि.सं. ३६४ बिल्लादार तालिमको अन्तिम प्रवचन कार्यक्रम शिक्षालयका निमित्त समादेशक स.प्र.उ. सुशिल सुवेदीको प्रमुख आतिथ्यमा मा मिति २०७८/०६/१०  गते सम्पन्‍न भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका निमित्त समादेशक स.प्र.उ. सुशिल सुवेदीले  तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरी बधाई दिनु भई बिल्लादार तालिम स.प्र.ज.हरुको लागि भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेका सैद्धान्तिक तथा व्यवहारीक ज्ञान जस्तै फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸विभिन्न किसिमका ट्याक्टिसहरु,ज्ञान¸ कला र कौशललाई आफ्नो कार्य क्षेत्रमा भरपुर सदुपयोग गरी ईमान्दार, कटिवद्ध र निष्ठावान भई राष्ट्र र जनताको सेवामा लाग्नु पर्ने बताउनुका साथै सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क. तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी पहिलो चरणमा २७ जना र दोस्रो चरणमा २ जना गरी जम्मा  २९  जना स.प्र.ज.मध्ये ख क्ष- ४, ख त्र-२, ग क्ष-४,ग त्र-१३ र घत्र-६ जनाले उल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेका छन।

2078-6-10
APF Activities
सि.सं. ३८ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा विल्लादार जवान)को प्रथम प्रवचन कार्यक्रम

आज मिति २०७८/०४/१७ गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा  सि.सं.३८ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी ज्युको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी ज्युले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ना.नि. ३ (तिन) जना, स.प्र.स.ह. १ (एक) जना र स.प्र.ज. ४६ (छयालीस) जना  गरी जम्मा ५०(पचास) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।

2078-4-18
APF Activities
सि.सं. ३६४ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम

आज मिति २०७८/०४/१० गते यस सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा  सि.सं.  ३६४ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम सशस्‍त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

उक्त प्रथम प्रवचन कार्यक्रम समुद्‍घाटन पश्चात प्रमुख अतिथिले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थीतथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, पेशागत ज्ञान सीप अभिबृद्बि गर्न र स.प्र.ज.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु विषयमा सिकाईने ज्ञान¸ कला, कौशलले कार्य गर्ने क्षमता अभिवृद्धि हुने बताउँनु हुँदै तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जीवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जीवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।साथै तालिममा सिकाईने ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ज. २७ (सताईस) जना प्रशिक्षार्थीहरु सहभागी रहेको छ ।

2078-4-11
APF Activities
सि.सं. ३७ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा विल्लादार जवान) को अन्तिम प्रवचन तथा दर्ज्यानी चिन्ह समापन कार्यक्रम

श्री सशस्त्र प्रहरी बल नेपाल विवपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८ बैषाख १२ गते देखि संचालन भएको सि.सं. ३७ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौबजीको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा १ (एक) जना सप्रनानि, १ (एक) जना सप्रसनि र ४५ (पैतालिस) जना सप्रज गरी जम्मा ४७ (सतचालिस) जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक सम्पन्न गर्नुका साथै तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा ख.क्ष -१, ग.क्ष - ६, ग.त्र - १९, घ.त्र ग्रेडिङ्ग - १७ जनाले प्राप्त गर्नु भएको थियो ।

2078-3-20
APF Activities
विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनि केन्द्रको समुद्घाटन कार्यक्रम

आज मिति २०७८/०३/१६ गते संगठन प्रमुख श्रद्धेय सशस्त्र प्रहरी महानिरीक्षक श्रीमान् शैलेन्द्र खनालज्यूद्वारा यस विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा नवनिर्मित माता सरस्वती, विश्‍वकर्मा मन्दिर तथा विपद् व्यवस्थापनमा प्रयोग गरिने साधन, उपकरणहरुको विवरण सहितको भण्डारण, विपद्जन्य घटनाहरुमा परिचालित भई गरेका उद्दार कार्यहरुको श्रब्यदृष्य सहितको विस्तृत अभिलेख तथा विभिन्‍न समयमा घटेका विपद्का घटनाहरुको बारेमा जानकारी दिलाउने उद्देश्‍यले विपद् सम्बन्धी समग्र पक्षलाई समेटी निर्माण गरिएको विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको समुद्‍घाटन गर्नु भयो।

समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथी श्रद्धेय सशस्त्र प्रहरी महानिरीक्षक श्रीमान् शैलेन्द्र खनालज्यूले यस शिक्षालय परिसरमा विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको स्थापना हुनु सह्रानिय कार्य भएको  बताउनु भयो ।साथै नेपालमा  प्राकृतिक तथा गैह्र प्राकृतिक विपद्का घटनाहरुबाट सिर्जित अवस्थाको न्युनिकरण, प्रतिकार्य तथा व्यवस्थापनको लागि नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई विपद् व्यवस्थापन जस्तो अत्यन्तै महत्वपुर्ण कार्यदेश सुम्पिएको तथा सोही अनुसार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले आफ्नो स्थापनाकाल देखि हाल सम्म विपद् व्यवस्थापनको क्षेत्रमा ईमान्दारीका साथ उत्कृष्ट ढंगले प्राप्त जिम्मेवारी निर्वाह गर्दै आईरहेकोमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सम्पादित कार्यहरुको विवरण, उद्धार गतिविधिको श्रव्य-दृश्य, उद्धारकर्मीहरुको अनुभव, पृष्ठपोषण समेत अभिलेखिकरण तथा अध्ययन-अध्यापन प्रभावकारी बनाउन आवश्यक अन्य सम्बन्धित लेख, पुस्तक, श्रव्य-दृश्य, शोधपत्र, खोज तथा अनुसन्धानहरुको संग्रह अभिलेखको रुपमा राख्‍ने तथा उद्धार कार्यसंग सम्बन्धित विषय-वस्तुहरुको प्रदर्शनी स्थलको रुपमा समय सापेक्ष विकास गर्दै जाने उद्धेश्यले  शिक्षालयको हाताभित्र विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्र (DM REC) को स्थापना गरिनुले भविष्यमा यस शिक्षालयलाई स्तरोन्‍नती गरी उच्च स्तरको शैक्षिक संस्थाको रुपमा विकास गर्दै लैजाने कार्यमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नु भयो । 

त्यसैगरी प्रत्येक राष्ट्र सेवक कर्मचारीले राष्ट्र र राष्ट्रियता प्रति वफादार भई आफ्नो मातृभुमि र नेपाली जनता प्रति ईमान्दार, बफादार र कर्तब्यनिष्ठ भई कार्य सम्पादन गर्नुपर्ने वताउदै जस्तो सुकै कठिन परिस्थितीमा समेत स.प्र.बल, नेपालका राष्ट्र सेवक कर्मचारीहरु विचलित नभई राष्ट्र सेवामा लाग्न निर्देशन दिनुभयो । नेपाल प्राकृतिक एवम् गैह्र प्राकृतिक विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्रको रुपमा रहेको र बर्षेनी विपद्को कारणले जनधनको क्षति भई पिडित ब्यक्तिहरु घरवार विहिन हुने अवस्थालाई मध्यनजर राख्दै विपद् ब्यवस्थापन र प्रतिकार्यमा राष्ट्र सेवक कर्मचारीहरुले उच्च मनोवलका साथ लाग्नु पर्ने वताउनु भयो । त्यसैगरी स.प्र.बल, नेपाल विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारले ब्यवसायिक र दक्ष उद्धारकहरु उत्पादन गरी संगठनको निति तथा कार्य योजनालाई सफलीभुत बनाउन विपद् ब्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । प्रमुख अतिथिज्यूले कार्यक्रमलाई संवोधन गर्दै विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल संग हातेमालो गरी काँधमा काँध मिलाई सहयोग पुर्‍याउनु हुने व्यक्ति, संघसंस्था र स्थानिय तहको भुमिकाको समेत प्रशंसा गर्नुभयो ।

उक्त कार्यक्रममा शिक्षालयमा नवनिर्मित माता सरस्वतीको मन्दिर, विश्‍वकर्मा मन्दिर र विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्र, निर्माण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान दिनुहुने विभिन्‍न ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रमुख अतिथिज्यूले प्रशंसापत्र वितरण गर्नु भएकोथियो भने स्वागत मन्तब्य र निर्माण प्रतिवेदन यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले प्रस्तुत गर्नु भएको थियो ।

 उक्त कार्यक्रममा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश बैद्यज्यू, सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ, नं. १७ गण हे.क्वा. चितवनका गणपति, ईच्छाकामना गाउँपलिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधीहरु एवम् यस शिक्षालयमा कार्यरत स.प्र.क.हरुको उपस्थित रहेको थियो ।

 

2078-3-16
APF Activities
सि.सं. ३६ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा विल्लादार जवान)को अन्तिम प्रवचन कार्यक्रम

यस सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/१०/२५ गते देखि संचालन भएको सि.सं. 36 विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीको प्रमुख आतिथ्यमा मिति २०७८/०१/१४ गते  सम्पन्‍न भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कशौललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा २ (दुई) जना सप्रनानि, १ (एक) जना सप्रह र ४७ (सतचालिस) जना सप्रज गरी जम्मा ५० (पचास) जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक सम्पन्न गरेको उक्त तालिममा ख,क्ष-१, ख,त्र-१, ग,क्ष-२, ग,त्र-१७, घ,त्र ग्रेडिङ्ग-२९ जनाले प्राप्त  गरि सफलतापुर्वक तालिम सम्पन्न गरेका छन ।

2078-1-15
APF Activities
सि.सं. ३७ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा विल्लादार जवान)को प्रथम प्रवचन कार्यक्रम

 सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा  मिति २०७८/०१/१२ गते देखि सि.सं. ३७ विपद् व्यवस्थापन तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो ।

  यस तालिमको प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो।  तालिममा १ (एक) जना सप्रनानि, १ (एक) जना सप्रसनि र ४५ (पैतालिस) जना सप्रज गरी जम्मा ४७ (सतचालिस) जना प्रशिक्षार्थीहरु सहभागी  रहेका छन ।

2078-1-15
APF Activities
सि.सं. २६२ पत्तिपति तालिमको प्रथम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा मिति २०७८/११/११ गते देखि संचालन भएको सि.सं.२६२ पत्ति पति तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक का.मु. सशस्त्र प्रहरी  बरिष्ठ उपरिक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

उक्त तालिमको प्रथम प्रवचन कार्यक्रमा प्रमुख अतिथीज्यूले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थी तथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकार द्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.ह.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु, तालिममा सिकाईने ज्ञान¸ कला, कौशल र कार्य गर्ने क्षमता अभवृद्धि हुने बताउँदै तालिममा सिकाईएका  सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।  तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो ।

उक्त तालिममा विभिन्न सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरुबाट ५१ जना  सशस्त्र प्रहरी हबल्दारहरु  सहभागी भएका छन ।

2078-11-11
APF Activities
सि.सं. २ सप्रसनि अल्पकालिन तालिमको प्रथम प्रवचन कार्यक्रम समापन

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा मिति २०७७/०९/०५  गते देखि संचालन भएको सि.सं.२४(घ) सप्रसनि अल्पकालिन आधारभुत तालिम तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको ।

 

सि.सं.२४(घ) सप्रसनि अल्पकालिन आधारभुत तालिमको प्रथम प्रवचन कार्यक्रम समुद्घघाटन पश्चात प्रमुख अतिथीज्यूले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थीतथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकारद्वारासशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.स.नि.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु, तालिममा सिकाईने ज्ञान¸ कला, कौशल रकार्य गर्ने क्षमता अभवृद्धि हुने बताउँदै तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुगिलडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।Covid-19 ले विश्वनै आक्रान्त भईरहेको यस विषम परिस्थितिमा तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीले सम्भावित जोखिमबाट बच्न आवश्यक सम्पूर्ण सावधानीका उपायहरु अपनाउनु पर्ने बताउनु भयो।तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाईनिर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । उक्त तालिममा स.प्र.स.नि. 25 (पचिस) जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।


2077-9-6
APF Activities
सि.सं. २ Medical First Responder (MFR) तालिमको अन्तिम प्रवचन कार्यक्रम समापन

सशस्त्र प्रही बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०७/१६ गते देखि संचालन भएको सि.सं. 2 Medical First Responder (MFR) को अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/०८/१५ गते सम्पन्‍न भएको ।

 उक्त कार्यक्रमका प्रमुख अतिथि स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नु भई तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । Medical First Responder(MFR) तालिमले विपद्को समयमा खटिंदा घाईते बिरामीको ज्यान बचाउन सक्षम जनशक्तिको उत्पादन भएकोले प्राथमिक उपचारकले महत्वपुर्ण भुमिका खेल्ने र विभिन्न घट्ना तथा दुर्घट्नाहरुमा घाईते विरामीहरुको सामान्य उपचारको अभावमा ज्यान जान सक्ने हुँदा आफ्नो सेवाप्रति कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउँनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा स.प्र.ना.नि.-२, स.प्र.स.नि.-२ स.प्र.ह.-२, स.प्र.स.ह.-७, र स.प्र.ज.-१७ गरी जम्मा ३० जना सशस्त्र प्रहरी कर्मचारी सम्मिलित भई ख,क्ष-७, ख,त्र-९, ग,क्ष-२, ग,त्र-९, घ,त्र ग्रेडिङ्ग-३ जनाले प्राप्त गरी तालिम सफलतापुर्वक सम्पन गरेका छन ।


2077-8-16
APF Activities
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रद्धेय श्रीमान पुष्पराम के.सी. ज्यूको प्रमुख आतिथ्यमा सि.सं. २ विपद् व्यवस्थापन (सि.अ.) तालिमको अन्तिम प्रवचन समापन

श्री सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०५/१४ गते देखि संचालन भएको सि.सं. २ विपद् व्यवस्थापन तालिम (सि.अ.) को अन्तिम प्रवचन कार्यक्रम मजकुर स.प्र.बल प्र.का. मानवश्रोत विभाग प्रमुख स.प्र.अ.म.नि. पुष्पराम के.सी.ज्यूको प्रमुख आतिथ्यमा मिति २०७७/०८/१४ गते सम्पन्‍न भएको ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.अ.म.नि. पुष्पराम के.सी.ले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृत प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य, दक्ष र क्षमतावान उद्धारकको रुपमा कार्य गर्न महत्‍वपुर्ण भुमिका खेलेको र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कशौललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा स.प्र.ना.उ.-3, स.प्र.नि.-26 गरी जम्मा २९जना सिनियर अधिकृतहरु सम्मिलित भई ख,क्ष-३, ख,त्र-१, ग,क्ष-८, ग,त्र-१३, घ,त्र ग्रेडिङ्ग-४ जनाले प्राप्त गरी तालिम सफलतापुर्वक सम्पन्न गरेका छन ।


2077-8-14
APF Activities
त्रिशुली नदीबाट गोताखोरद्वारा बलेरो भेन सहित २ जनाको शव रिकभर

मिति २०७७-०८-११ गते अन्दाजी विहानको ०५:०० बजेको समयमा पृथ्वी राजमार्ग अन्तर्गत जिल्ला चितवन ईच्छाकामना गाँउपालिका- ४ नाग्दि पुल नजिक प्युठानबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु १ च ९७३१ नम्वरको बोलेरो पिकअप गाडी सडक बाट त्रिशुली नदिमा खसी बेपत्ता भएको भन्‍ने ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खबर प्राप्त हुन साथ यस शिक्षालयबाट तत्कालै स.प्र.ना.नि प्रहलाद शिलवालको कमाण्डमा 11 जनाको उद्धार टोली (६ जना गोताखोर सहित) आवश्यक उद्धार सामाग्रीहरु सहित सो स्थानमा खटी गई उक्त गाडीमा सवार ४ जना मध्य १ जना घाईते जिल्ला प्युठान, प्युठान न.पा. बस्ने बर्ष ३८ का मुकुन्द रोकालाई जिवितै उद्धार गरी उपचारको लागि भरतपुर पठाई वेपत्ता रहेका अन्य ३ जना यात्रु तथा सवारी साधनको संभावित ईलाकामा Deep DivingतथाRaftingद्वाराखोजतलास गर्दा जिल्ला प्यूठान¸ झिम्रिक गा.पा.- १ बस्ने वर्ष २२ का सुर्य के.सी (सवारी चालक) र जिल्ला प्यूठान¸ प्यूठान नगरपालिका बस्ने वर्ष ३३ की जमुना रोक्काको शव र दुर्घटनाग्रस्त बोलेरो भ्यान नदीबाट निकालेको र हराई रहेका जिल्ला प्यूठान¸ प्यूठान नगरपालिका बस्‍ने वर्ष १५ की वेनिसा रोक्का फेला नपरेको ।


2077-8-12
APF Activities
सि.सं.२३८ पति पत्ति तालिमको प्रथम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा मिति २०७७-०८-०७ गते देखि संचालन भएको सि.सं.२३८ पत्तिपति तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको ।

सि.सं. २३८  पत्तिपति तालिमकोप्रथम प्रवचन कार्यक्रम समुद्घघाटन पश्चात प्रमुख अतिथीले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थी तथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकारद्वारासशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.ह.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु, तालिममा सिकाईने ज्ञान¸ कला, कौशल र कार्य गर्ने क्षमता अभवृद्धि हुने बताउँदै तालिममा सिकाईएका  सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो। Covid-19 ले विश्व नै आक्रान्त भईरहेको यस विषम परिस्थितिमा तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीले सम्भावित जोखिमबाट बच्न आवश्यक सम्पूर्ण सावधानीका उपायहरु अपनाउनु पर्ने बताउनु भयो। तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो ।

उक्त तालिममा विभिन्न सशस्त्र प्रहरी बलका युनिटहरुबाट ५० जना  स.प्र.ह.हरु जना प्रशिक्षार्थीहरु सहभागी भएका छन ।


2077-8-12
APF Activities
सि.सं.३३९ विल्लादार वेशिक तालिमको अन्तिम प्रबचन कार्यक्रम समापन

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०४/११ गते देखि संचालन भएको सि.सं. ३९९ बिल्लादारतालिमको अन्तिम प्रवचनकार्यक्रम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/०६/०४ गते सम्पन्‍न भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कारप्रदान गरीबधाई दिनु भईबिल्लादार तालिम स.प्र.ज.हरुको लागि भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेकासैद्धान्तिक तथा व्यवहारीक ज्ञान जस्तै फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸विभिन्न किसिमका ट्याक्टिसहरु,ज्ञान¸ कला र कौशललाई आफ्नो कार्य क्षेत्रमा भरपुर सदुपयोग गरी ईमान्दार, कटिवद्ध र निष्ठावान भई राष्ट्र र जनताको सेवामा लाग्नु पर्ने बताउनु भयो ।COVID-19 ले विश्‍व नै आक्रान्त भएको यस विषम परिस्थितिमा अपनाउनु पर्ने सम्पूर्णस्वास्थ्य मापदण्डहरुको पालना गरी सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क. तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी प्रशिक्षार्थी, स.प्र.ज.-३३ जनामध्ये ख क्ष- ४, ख त्र- ३,ग क्ष-२,ग त्र-१६ र घत्र-८ जनालेउल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेका थिय ।


2077-6-5
APF Activities
सि.सं.२ विपद् व्यवस्थापन तालिम(सिनियर अफिसर) को प्रथम प्रबचन

   सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०५/१४ गते देखी संचालन भएको सि.सं.२ विपद् व्यवस्थापन (सि.अ.) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीको प्रमुख आतिथ्यमा सम्पन्‍न भएको ।

 सशस्त्र प्रहरी नायव उपरिक्षक ३ (तीन) जना र सशस्त्र प्रहरी निरिक्षक २६(छब्विस) गरी जम्मा २९ (उन्नन्तिस) जना अधिकृत प्रशिक्षार्थीहरु सहभागी सि.सं.२ विपद् व्यवस्थापन (सि.अ.) तालिमको प्रथम प्रवचन कार्यक्रम उद्घघाटन पश्चात प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक तथा उपस्थित सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको जनाउँदै विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपत्तिहरुबाट भएको क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो । साथै तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा जनधनको खोजी तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा सफलता प्राप्त गर्ने र विपद् व्यवस्थापन तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगी जिवन बाच्ने बचाउने सिपमा दख्‍खल प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा विपद् प्रतिकार्यमा योगदान पुग्ने कुरामा जोड दिनुभयो।  Covid-19 ले विश्वनै आक्रान्त भईरहेको यस विषम परिस्थितिमा नेपाल पनि अछुतो नरहेको भन्दै तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीले सम्भावित विपत्तिबाट बच्न आवश्यक सम्पुर्ण सावधानीका उपायहरु अपनाउनु पर्ने बताउनु भयो ।  उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको ।


2077-5-24