सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०७८ कार्तिक ९ गते देखि संचालन भएको सि.सं. ३९ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम मिति २०७८ पौष २८ गते यस शिक्षालयका समादेशक का.मु. स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी का.मु.स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गरी सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु हुँदै यस तालिमले विपद् व्यवस्थापनको क्षेत्रमा योग्य, दक्ष र ब्यवसायिक जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानवसिर्जित विपद्हरुबाट हुने क्षति न्यूनिकरण तथा उद्दार कार्यमा सहयोग गर्ने हुँदा तालिममा सिकाईएका ज्ञान, सिपलाई कुशलतापुर्वक कार्य क्षेत्रमा लागु गर्न निर्देशन समेत दिनुभयो ।
