सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८ फाल्गुण ०८ गते देखि संचालन भएको सि.सं.४० विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका निमित्त समादेशक स.प्र.उ. यादव विश्वकर्माको प्रमुख आतिथ्यतामा २०७९ साल आषाढ ०८ गते सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.उ. यादव विश्वकर्माले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा ८ (आठ) सप्रसनि, १ (एक) सप्रबह र ३९ (उन्नचालिस) सप्रज गरि जम्मा ४८ (अड्चालिस) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ८, ग.क्ष-५, ग.त्र.-७, घ.त्र- २७ र घ,ज्ञ ग्रेडिङ्ग -१ जनाले प्राप्त गरेक छन ।
