धादिङ्ग रुविभ्यालि गा.पा.- वडा नं. ६ स्थीत भुम्ला खोलाबाट गोताखोर टोलीद्वारा १ जनाको शव निकालिएको ।
मिति २०७६/०६/३० गते जिल्ला धादिङ्ग रुविभ्यालि गा.पा.- वडा नं. ०६ स्थीत भुम्ला खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका वर्ष १७ को सिताराम तामाङ्गलाई खोजतलासको लागी आवश्यक उद्धारका सामाग्रीहरु सहित यस शिक्षालय दरवन्दी आई.डि.नं. १३७८ का स.प्र.नि. लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा गोताखोर सहित ४ जना स.प्र.क हरु नेपाली सेनाको हेलीद्धारा मिति २०७६/०७/०१ गते १७:०० बजेको समयमा घटनास्थलतर्फ खटीगई खोजतलास गर्दा मिति २०७६/०७/०२ गते बिहान ०९:०५ बजेको समयमा मृत अवस्थामा फेला पारी निजको शबलाई उक्त खोलाबाट निकाली आफन्तलाई बुझाईएको ।
