सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८/०४/१०  गते देखि संचालन भएको सि.सं. ३६४ बिल्लादार तालिमको अन्तिम प्रवचन कार्यक्रम शिक्षालयका निमित्त समादेशक स.प्र.उ. सुशिल सुवेदीको प्रमुख आतिथ्यमा मा मिति २०७८/०६/१०  गते सम्पन्‍न भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका निमित्त समादेशक स.प्र.उ. सुशिल सुवेदीले  तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरी बधाई दिनु भई बिल्लादार तालिम स.प्र.ज.हरुको लागि भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेका सैद्धान्तिक तथा व्यवहारीक ज्ञान जस्तै फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸विभिन्न किसिमका ट्याक्टिसहरु,ज्ञान¸ कला र कौशललाई आफ्नो कार्य क्षेत्रमा भरपुर सदुपयोग गरी ईमान्दार, कटिवद्ध र निष्ठावान भई राष्ट्र र जनताको सेवामा लाग्नु पर्ने बताउनुका साथै सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क. तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी पहिलो चरणमा २७ जना र दोस्रो चरणमा २ जना गरी जम्मा  २९  जना स.प्र.ज.मध्ये ख क्ष- ४, ख त्र-२, ग क्ष-४,ग त्र-१३ र घत्र-६ जनाले उल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेका छन।

APF