मिति २०८३/०५/२५ गते ०८२-०८३ भदौँ महिनाको मासिक कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक बिकास घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा मनाईएको । उक्त कार्यक्रममा Soldier of the month हुनु भएका सशस्त्र प्रहरी जवान अजय थामीलाई प्रशंसा पत्र तथा नगद पुरस्कार सहित पुरस्कृत गरिएको, भदौँ महिनाको उत्कृष्त प्रशिक्षक को रुपमा सशस्त्र प्रहरी हवल्दार ओम बहादुर सलामीलाई प्रशंसा पत्र प्रदान गरिएको साथै भदौँ महिनामा जन्मदिन पर्ने सम्पूर्ण सकल दर्जाका स.प्र.क.हरुलाई हार्दिक बधाई तथा शुभ-कामना पत्र प्रदान गरिएको र आउदै गरेको हरितालिका तिजको अवसरमा सम्पूर्ण महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई सौभाग्य सामाग्री प्रदान गरिएको ।