मिति २०८३/०४/०४ गते राति अं. ०३:४५ बजेको समयमा जिल्ला चितवन ईच्छाकामना गा.पा. ३ फिस्लिङ्गमा ईच्छाकामना गाउँपालिकाका पूर्व अध्यक्ष गिता गुरुङ्गको घरमा लेदो सहितको भल घरभित्र छिरेकोले घरभित्र रहेको सामान, लत्ता कपडा, उपकरणहरु लगायत अन्य सामाग्रीहरु निकाल्नका साथै उक्त लेदो पन्छाउनको लागि आवश्यक जनशक्ति सहित यस शिक्षालयबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुमन कुँवरको कमाण्डमा ऐ. मितिको १०:४५ बजेको समयमा आवश्यक सामाग्रीहरु सहित उद्धार टोली खटि गएको ।