Toggle Menu

समाचार

APF News
तीन दिने योग प्रशिक्षण शिविर सम्पन्न

चितवन¸ बैशाख १७

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्‍यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आयोजित तीन दिने योग प्रशिक्षण  विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूको आतिथ्यतामा १७ गते सम्पन्‍न भएको छ ।  

पतञ्जली योग पिठ नेपालको सहकार्यमा शिक्षालयमा कार्यरत सम्पूर्ण सप्रकहरुलाई योग प्रशिक्षण प्रदान गरिएको थियो । बैशाख १५ गते शुरु भएको योग प्रशिक्षणमा पतञ्जली योगपिठ नेपालका केन्द्रिय सदस्य¸ प्रदेश नं. ३ का अध्यक्ष योगगुरु गुरुवेन तौजलेद्वारा योग सम्बन्धी सैद्धान्तिक तथा शारीरिक व्यायम गराईएको थियो । उक्त कार्यक्रममा जीवन र जगत¸  आत्मिक र आध्यात्मिक चिन्तन¸ शारीरिक¸ मानसिक एवं चिकित्सकीय विधामा प्रवचनका साथै अभ्यास संचालन गरिएको थियो । योग प्रशिक्षणमा शिक्षालयका समादेशक¸सह-समादेशक लगायत सिनियर अधिकृत¸जुनियर अधिकृत¸ बिल्लादार जवान तथा तालिमरत प्रशिक्षार्थीहरुको समेत योग शिविरमा सहभागिता थियो ।  उक्त तीन दिने योग प्रशिक्षणमा सबै सप्रकहरु  उत्साहपूर्वक सहभागी भएको सह-समादेशक सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेलले बताउनु भयो ।  

यो प्रशिक्षणको समापन समारोहमा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले योगबाट सकारात्मक सोचको विकास हुनुका साथै आफ्नो परिवार¸ समाज¸ संगठन र राष्ट्र प्रति वफादार र लगनशील भई काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताउनु भयो । उहाँले योगद्वारा राष्ट्र सेवक कर्मचारीहरुलाई थप हौसला  प्राप्त भएको उल्लेख गर्दै योग गुरु तौजलेलाई तीन दिनको योग प्रशिक्षण कार्यका लागि धन्यवाद समेत दिनु भयो ।   

   उक्त प्रशिक्षण शिविरको पहिलो दिन चितवन जिल्लाका पतञ्जली योग पीठका चार जना पदाधिकारीहरुको समेत  सहभागी थियो । समापन समारोहमा बोल्नु हुदै योगगुरु तौजले विपद् व्यवस्थापनमा सप्रकहरुले उल्लेख्य मानवीय कार्य गरेको र शिक्षालयका सप्रकहरुलाई योग सम्बन्धी प्रशिक्षण दिन पाउँदा आफुलाई गर्व लागेको बताउनु भयो ।






2076-1-19
APF News
उद्धारमा क्यामेरादेखि कुकुरसम्म
चितवन — दुर्घटना वा विपद्का बेलामा खोजी र उद्धारका लागि दर्गुने सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका उद्धारकर्ताहरूले ‘शर्मा’ लाई सँगै लैजान प्रायः छुट्टयाउँदैनन् ।शर्मा कुनै व्यक्ति नभएर खोजका लागि विशेष तालिम पाएको कुकुर हो । केन्द्रमा यस्ता तालिम प्राप्त पाँच कुकुर छन् । अर्को एउटाले तालिम लिँदै छ । त्यस्तै मान्छेका आँखा नपुग्ने ठाउँमा उद्धारका बेला हेर्नका लागि विशेष खालका क्यामेराहरू प्रयोग हुन थालेको छ ।
कुकुरले सुँघेर विस्फोटक पदार्थ, लागूपदार्थ र आपराधिक समूह पत्ता लगाउन प्रहरीलाई सहयोग गर्दै आएको हो । ‘यसका साथै विपदका बेलामा पुरिएर रहेका लास पत्ता लगाउन र ज्युँदै मान्छे खोज्न पनि कुकुरले सहयोग गर्न थालेको छ,’ चितवनको कुरिनटारमा रहेको केन्द्रका प्रमुख रहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर प्रधानले भने ।
सशस्त्रका एसएसपी प्रधानका अनुसार भूकम्पका बेलासमेत कुकुरहरू उद्धारमा प्रयोग भएका थिए । कुरिनटारमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा १० जनाको टोलीले कुकुरहरूका लागि तालिम र अन्य काम तालिकाअनुसार गर्छ ।
‘पहिरो र दुर्घटनाका समयमा पनि हामी कुकुर लिएर जान्छौं । अन्य अपराध अनुसन्धानमा पनि यी कुकुरहरूको प्रयोग हुन्छ,’ एसएसपी प्रधानले भने । कुरिनटारका साथै ‘डगस्वकाड’ काठमाडौंमा पनि छ ।
कुकुरले जसरी नयाँ खालका क्यामेराले पनि प्रहरीलाई उद्धारमा सहयोग पुर्‍याएको छ । कुरिनटारको सशस्त्र प्रहरी केन्द्रमा पानीभित्र हेर्न मिल्ने क्यामेरा सोनार यो साता मात्रै आएको छ । ‘यो क्यामेरा हामी केबलमा जोडेर पानीभित्र पठाउँछौं । सोनारले पानीभित्रका दृश्य पठाउँछ । जुन हामीले बाहिरै बसेर मनिटरमा हेर्न सक्छौं,’ केन्द्रका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतले भने ।
नदी, खोला, ताल र पोखरीमा हुने खोजी र उद्धारमा सोनार उपयोगी हुने उनले बताए । पानीभित्र ४० मिटरसम्मको दृश्य यसले पठाउँछ । त्योभन्दा तल हेर्न परे थप केबलहरू जोड्न सकिन्छ । सशस्त्रसँग पानीमा डुबेर उद्धार गर्ने गोताखोरहरू छन् । तर उनीहरूले मात्रै सबै कुरा भेउ पाउन गाह्रो छ । नदी नजिकैका सडकमा दुर्घटना हुँदा यात्रु र गाडी नै बेपत्ता हुने गर्छन् । सोनारले यो समस्या हटाउन मद्दत गर्ने उनले बताए ।
पानीमा मात्रै हैन पुरिएका ठूला संरचनाहरूमा मान्छे जान नसके पनि भित्रको अवस्था हेर्न सशस्त्र प्रहरीले विशेष क्यामेराहरू ल्याएको छ । त्यसमध्ये र्‍याकनले भत्केका घरभित्र मान्छे वा जीवहरू भए नभएको हेर्न सहयोग गरेको छ ।
‘भुइँचालो वा पहिरोजस्ता विपद्का बेलामा घरहरू भत्केका हुन्छन् । त्यहाँभित्र मान्छे छ वा छैन भनेर हेर्नका लागि हामीले र्‍याकन उपयोग गर्दछौं,’ सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतले भने । र्‍याकन भित्तो वा छत थोरै फोडेरभित्र छिराइन्छ । मान्छे नै भित्र पस्नु पर्दैन ।
यसले दृश्य मात्रै देखाउने हैन मान्छेले श्वास फेरेको छ भने पनि सुनाउने प्रहरी निरीक्षक बस्नेतले बताए । ‘भित्र केही हलचल छ । सामान्य श्वास मात्रै फेरेको छ भने र्‍याकनले हामीलाई त्यसको १० गुणा ठूलो आवाज दिन्छ । लामो रडको टुप्पोमा भएको क्यामेरा जता पनि घुम्न सक्छ ।
त्यसैले यसले हामीलाई खोजेको ठाउँको दृश्य र आवाज दिन्छ,’ बस्नेतले भने । यस्तै अर्को क्यामेरा बोरेक्सकोप छ । यसलाई ‘स्नेक आई’ भनिन्छ । मसिनो केबलको टुप्पामा हुने क्यामेरा चाहेको दिशामा घुमाउन सकिन्छ ।
‘र्‍याकनलाई छिराउनुपर्नेभन्दा पनि सानो कान्छी औंला जत्रो प्वालबाट यो क्यामेरा भित्र छिराउन सकिन्छ । भत्केका घरहरूको उद्धारमा मात्रै नभएर गाडी दुर्घटनापछिको उद्धारमा यसलाई प्रयोग गर्न थालेका छौं,’ बस्नेतले भने ।
संरचनाहरू नभत्के पनि मान्छे गइहाल्न नमिल्ने ठाउँहरूमा बोरेक्सकोप छिराएर भित्रको अवस्था हेर्न सकिने उनले बताए । ‘यो अपराध अनुसन्धानमा पनि प्रयोग हुन सक्छ । कोही भित्र लुकेको पो छ कि, घरभित्र कुनै खतारनाक वस्तुहरू लुकाएको छ कि भनेर हेर्नुपर्दा कोठा नै फुटाउनुपरेन कुनै सानो प्वालबाट छिराएर हेर्न मिल्यो,’ प्रहरी निरीक्षक बस्नेतले भने ।
नेपालमा जुन खालको प्राकृतिक विपद र दुर्घटनाको अवस्था छ त्यसले उद्धारमा बढीभन्दा बढी आधुनिक उपकरणहरू प्रयोग गर्नुपर्ने अवस्था रहेको एसएसपी प्रधान बताउँछन् । अहिले भएका उपकरणहरू पनि पर्याप्त छैनन् ।

प्रकाशित : चैत्र ८, २०७५ १०:४०
चैत्र ८, २०७५  रमेशकुमार पौडेल
कान्तिकपुरमा प्रदेश-3 बाट प्रकाशित


2076-1-15
APF News
विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल

काठमाडौं– माघ १३ गते धादिङको रुबीभ्याली गाउँपालिका–४, हिन्दुङमा २ गोठालसहित २ सय ६० भेडाबाख्रा पहिरोमा पुरिए।

गोठाला जाँदा लगातारको हिमपातपछि हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ ओढारमा बसेका थिए। ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर पुरिएपछि सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा उद्दारका लागि टोली परिचालन भयो। पाँच दिनको अथक प्रयासपछि दुई गोठालाको शव निकाल्न सशस्त्र प्रहरी सफल भयो। पहिरोमा पुरिएकामध्ये ४ भेडा भने जिवितै भेटिए।

– साउन १८ गते सोलुखुम्बुको खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका–४ का पेम्बा दोर्जे शेर्पा, पेम्बा नुर्बु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का सुनील बराइली गोक्यो तालमा पौडी खेल्ने क्रममा बेपत्ता भए।

सशस्त्रको विपद् व्यवस्थापन तालिम विद्यालय कुरिनटारको गोताखोर टोली उद्दारमा खटिएको थियो। उक्त टोलीले तीन विद्यार्थीमध्ये एक विद्यार्थीको शव निकाल्न सफल भएको थियो। दुईको शव अझै फेला पर्न सकेको छैन। उच्च हिमाली क्षेत्र, गहिरो ताल, माइनस तापक्रम र सिमित स्रोत र साधनका कारण गोक्यो तालमा हराएका २ विद्यार्थीको शव अझै निकाल्न नसकिएको हाे।

‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मुल मन्त्र बोकेको सशस्त्र प्रहरी बलले विपदमा उद्दार गरेका यी दुई घटना प्रतिनिधिमुलक मात्रै हुन्। छोटै समयमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा पनि महत्तपूर्ण योगदान गर्दै आएको छ। नेपालमा नै पहिलो विपद् व्यवस्थापन तालिम विद्यालय कुरिनटारमा खोलेर दक्ष जनशक्ति उत्पादन गर्दै सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा काम गर्दै आइरहेको छ।

हिमाली तथा पहाडी क्षेत्रमा जाने हिमपहिराे तथा सुख्खा पहिरो, तराईको बाढी, भूकम्प, सवारी दुर्घटना, आगलागी जस्ता विपद्‍मा सशस्त्र प्रहरी खटिँदै आएको छ। विपद् व्यवस्थापन तालिम केन्द्रबाट प्रशिक्षित दक्ष जनशक्तिलाई खोज, उद्दारमा खटाइँदै आएकाे छ।

सशस्त्र प्रहरीसँग ७ प्रदेशमा ७ वटा र काठमाडौंमा थप १ वटा गरी ८ वटा कार्यालयमा विपद् व्यवस्थापन टिम छ। सुदूरपश्चिम प्रदेशको अत्तरियामा, कर्णाली प्रदेशको सुर्खेतमा, ५ नम्बर प्रदेशको बाँकेमा, गण्डकी प्रदेशकाे पोखरामा, ३ नम्बर प्रदेशको चितवनमा, २ नम्बर प्रदेशको पथलैया, १ नम्बर प्रदेशको सुनसरी पकली र काठमाडौंमा गरी ८ वटा विपद् व्यवस्थापन टिम छन्। हरेक टिमा ५० जना सशस्त्र प्रहरी बलका तालिम प्राप्त कर्मचारी छन्। घटना भएको जानकारी प्राप्त हुनासाथ उक्त टिम परिचालन हुँदै आएको छ। यीनै उद्दार टिममार्फत ठूलो संख्यामा उद्दारकार्य गरिसकेको छ।

१ लाख २१ हजारभन्दा बढीको उद्दार

सन् २०१५ मा उद्दार गरिएका व्यक्तिको संख्या बढेर ४२ हजार ८ सय ११ पुगेको थियो। त्यसबेला सबैभन्दा बढी भूकम्पमा २२ हजार जनाको उद्दार गरिएको थियो। त्यस्तै, आगलागीमा ९ हजार ४ सय ६५, सवारी दुर्घटनामा ८ हजार ६ सय ९२, बाढी पहिरोमा २ हजार ६ सय ५४ जनाको उद्दार गरिएको थियो।

सन् २०१६ मा ११ हजार ५ सय ३१ जनालाई सशस्त्र प्रहरी बलले उद्दार गरेको थियो। आगलागीमा २ हजार ३ सय २८, सडक दुर्घटनामा ५ हजार ६ सय १, बाढी पहिरोमा ३ हजार ५ सय ४६ र अन्यमा ५६ जनाको उद्दार भएको थियो।

सशस्त्र प्रहरी बलेको प्रधान कार्यालयका अनुसार सन् २०१७ मा २२ हजार ४ सय २० जनाको उद्दार गरिएको थियो। त्यसबेला आगलागीमा ५ हजार ६ सय ८० जना, सडक दुर्घटनामा ११ हजार ७ सय ३२, बाढी पहिरोमा ४ हजार ९ सय ६२ र अन्यमा ४६ जनाको उद्दार भएको थियो।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पर्दै गएको प्रभाव र यसबाट भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको चुनौति, प्राकृतिक प्रकोपमा हुने मानवीय र भौतिक क्षति, खोज तथा उद्दारका बारेमा जानकारी गराइएको थियो।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनमा विद्यालयलाई अझ मजबुत बनाउन भविष्यमा विज्ञहरुबाट थप प्रशिक्षण गर्दै विपद् व्यवस्थापन विद्यालयलाई अझै बढी स्रोत साधन जुटाउन आफूहरु हरबखत लागि परिरहेको सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कीशोर प्रधानले बताएका थिए।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन विद्यालयलाई समयमा नै सरकारले थप स्रोत साधनको व्यस्था गरेर यसको क्षमता अभिवृद्धि गर्नुपर्ने र यसबाट कुनै विपद् आइपरे समयमा नै दक्ष जनशक्ति खोज, उद्दारमा छिटो मुलुकभित्र खटाउन सकिने कुरा आतंकवाद विज्ञ नारायण अधिकारीले धारणा राखेका थिए।

सशस्त्रसँग भएका उद्दार सामाग्री अझै पर्याप्त नभएको सहभागीहरुकाे भनाइ थियाे। सशस्त्र प्रहरी बलसँग वाटर सर्च एन्ड रेस्क्यू, डिप वाटर डाइभिङ सुट, र्‍यापिलिङ एन्ड क्लाइम्बिङ, फायर फाइटर, जनेरल सर्च एन्ड रेस्क्यू, डेड बडी म्यानेजमेन्ट लगायतका उपकरण मात्रै छन्। तर, यी उपकरणले मात्रै उद्दार पर्याप्त नहुने बताइएको छ।

  नेपाल लाईफ पत्रिकामा प्रकाशित 

२o७५ फागुन १२ आइतबार| प्रकाशित १२:१९:oo











2076-1-15
APF News
अस्पतालमा उपकरण छैन

प्रदेश ३

अस्पतालमा उपकरण छैन

वैशाख ११, २०७६  कान्तिपुर संवाददाता

चितवन — बाहिरबाट हेर्दा भवन भव्य नै छ । भित्र पनि कुर्ची टेबुल र बेडहरू राखिएका छन् । कोठाकोठामा युनिटको नाम पनि लेखिएको छ । पृथ्वी राजमार्गको आडैमा कुरिनटार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयभित्र बनेको ट्रमा अस्पतालको हालत देखे जस्तो सुन्दर भने छैन । अमेरिकी दूतावासको सहयोगमा अस्पतालको भवन तयार भएको लामो समय भए पनि भित्र कुनै उपकरण छैनन् ।

कुनै उपकरण नै नभएपछि अस्पताल सञ्चालनमा छैन । दूतावासले अघिल्लो वर्षको अगस्टमा भवन हस्तान्तरण गरेको हो । ‘भवन र शय्याहरू छन् । यो अस्पताल २५ शय्याको क्षमताको हो । तर उपकरणहरू केही छैनन् । त्यसैले हस्तान्तरण भएको एक वर्ष हुन लाग्दा पनि सेवा सुरु गर्न सएिको छैन,’ तालिम शिक्षालयका प्रमुख रहेका सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक
(
एसएसपी) किशोर प्रधानले भने ।

पृथ्वीराजमार्ग र नारायणगढ मुग्लिन सडक खण्ड दुर्घटना धेरै हुने सडक हो । दुर्घटनाका घाइतेलाई कम्तीमा एक घण्टा परको भरतपुर र चार घण्टा टाढाको पोखरा वा काठमाडौं लगेर उपचार गर्नुपर्ने बाध्यता छ । सामान्य घाइतेको उपचार पनि राजमार्ग क्षेत्रमा हुन सकेको छैन । चोट लागेको ठाउँबाट बगेको रगत नरोकिँदा घाइतेको ज्यानै जाने गरेको दुःखद अवस्था पनि छ ।

‘
यस्तो अवस्था नहोस्, दुर्घटनाका घाइतेको महत्त्वपूर्ण उपचार यही हुन सकोस् । ठूला र जटिल खालका शल्यक्रियाबाहेकका सेवा दिन सकियोस् भनेर ट्रमा अस्पताल बनाएको हो,’ एसएसपी प्रधानले भने । सशस्त्र प्रहरीको काठमाडौंमा आफ्नै अस्पताल पनि छ । उपकरणहरू भए चिकित्सक र अन्य प्राविधिकहरूको प्रवन्ध सशस्त्र प्रहरीले नै गर्न सक्छ । तर उपकरण किन्ने र सञ्चालन गर्ने खर्चको व्यवस्था अझै हुन सकेको छैन ।‘यो विषयमा हामीले हाम्रो विभागमा लेखेर पठाएका पनि छौं । केही न केही उपाए लाग्ला,’ एसएसपी प्रधानले भने । गाउँपालिकासँग मिलेर अस्पताल सञ्चालन गर्ने विषयमा पनि कुरा अगाडि बढेको छ । ‘हरेक स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल राख्ने भन्ने नीति छ । यहाँ २५ शय्याको अस्पताल भवन बने पनि उपकरण अभावमा चलाउन सकेका छैनौं । यसलाई के कसरी हुन्छ चलाउँछौं,’ इच्छाकामाना गाउँपालिका अध्यक्ष गीता गुरुङले भनिन् ।

गाउँपालिकाले अस्पताल चलाउन एक करोड रुपैयाँको जोहो गर्न लागेको उनले बताइन् । ‘हालै मात्र चितवन–२ का सांसद कृष्णभक्त पोखरेल र चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटीले अस्पतालको भवन हेर्नुभएको छ । यसलाई चलाउनका लागि वातावरण बनाउन मैले भनेकी छु । जिल्ला समन्वयले ५० लाख दिए हामीले पनि ५० लाख रुपैयाँ जुटाएर अस्पताल चलाउने थियौं,’ अध्यक्ष गुरुङले योजना सुनाइन् ।

प्रकाशित : वैशाख ११, २०७६ ०९:०९

 





2076-1-15