मिति २०७५/११/११गते १७:४५ बजेको समयमा जिल्ला चितवन भरतपुर
महानगरपालिका-१ मा (मित्र राष्ट्र भारत घर भई) डेरा गरि बस्ने चटपटे व्यापारी गोपी
साहको छोरा बर्ष १५ को मनिष साह नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएकोमा मिति
२०७५/११/१२ गते यस शिक्षालयबाट स.प्र.नि.
भवराज कटवालको कमाण्डमा २ जना गोताखोर सहित ९ जनाको टोलिले खोजतलास गरी ११:१० बजेको समयमा शव फेला पारि जिल्ला प्रहरी
कार्यालय चितवनको नेपाल प्रहरीको टोली बुझाईएको ।
