मिति २०७५/१२/२४ गते श्री खड्गदेवी बहुउद्धेश्यीय सहकारी संस्था¸बन्दीपुर तनहुँबाट संस्थाका अध्यक्ष श्रीमती विजया श्रेष्ठ सहितको पदाधिकारीको टोलीले विभिन्न दुर्घटनाहरुमा हुने घाईतेहरुको प्राथमिक उपचारमा सहयोग पुग्ने अभिप्रायले औषधी सहितको  प्राथमिक उपचार बाकस आठ थान तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूलाई उक्त संस्थाकी अध्यक्ष श्रीमती विजया श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले शिक्षालयले गरेका  कार्यहरुको प्रशंसा गर्नु भई आगामी दिनहरुमासमेत यस्ता किसिमका सहयोगहरुमा निरन्तरता दिईने बताउनु भयो ।  साथै उक्त हस्तान्तरण कार्यक्रममा समादेशक किशोर प्रधानज्यूले विपद्को समयमा समुदायको  महत्वपूर्ण भुमिका हुने र विभिन्न संघ संस्थाहरुले आफ्नो सामाजिक दायित्व निर्वाहमा प्रतिबद्धा रहदाँ उद्धार कर्मीहरुलाई समेत मानवीय कार्य सम्पादनमा सहजता हुने बताउनु भयो । उहाँले उक्त संस्थाले गरेको सहयोग प्रति आभार प्रकट गर्दै संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 








APF