सि.सं. ६ Medical First Responder तालिमको प्रथम प्रबचन कार्यक्रम

 मिति २०८०/०४/२१ गते यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा  सि.सं. ६ "Medical First Responder(MFR)" तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयको समादेशक स.प्र.ब.उ. मतिष थापाज्यूको प्रमुख अतिथ्यतामा  सम्पन्‍न भयो। 

 उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथीि सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक.मनिष थापाज्यूले  तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थी तथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकार द्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.ह.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यतालिममा सिकाईएका  सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।  तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो ।साथै उक्त तालिममा विभिन्न सशस्त्र प्रहरी बल, नेपालका युनिटहरुबाट स.प्र.स.ह. ३ जना र स.प्र.ज. २७ जना गरि जम्मा ३० जना  प्रशिक्षार्थीहरु सहभागी भएका छन ।

         

Updates

Related Links