शिक्षालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

मिति २०७८ मंसिर २२ गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको १० औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा यस शिक्षालयका समादेशक का.मु. स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूले विपद्जन्य घट्नाहरुमा परिचालन हुँदा उद्धारकर्ताले आफ्नो व्यवसायिक सिप र दक्षता प्रदर्शन गरी नागरिकको सुरक्षालाई आत्मसाथ गर्दै दृढ संकल्पका साथ आफ्नो कर्तव्य पुरा गर्नुपर्ने र राष्ट्र र जनताको हितको लागि सदैव समर्पित हुनु पर्ने वताउनुभयो । उक्त कार्यक्रममा स्थापनाकाल देखि उद्धार तथा प्रशिक्षण कार्यमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु तथा मासिक रुपमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।

Updates

Related Links