माननिय आन्तरिक मामिला तथा कानुन मन्त्रीद्धारा शिक्षालयको निरीक्षण अवलोकन

मिति २०७८/०८/२४ गते बागमती प्रदेशका माननिय आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालज्यूले सशस्त्र प्रहरी बल, नेपाल विपद्व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको निरीक्षण अवलोकन भ्रमण गर्नु भयो । उक्त अवसरमा शिक्षालयद्धारा प्रदर्शन गरिएको विपद् उद्दार अभ्यास कार्य (Demonstration/ Drill) अन्तर्गत Rope Rescue अभ्यासको निरीक्षण अवलोकन गर्नुका साथै शिक्षालय परिसर भित्र रहेको विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्र, पृथ्वी हाईवे ट्रमा सेन्टर लगायत कार्यालय परिसरको अवलोकन गर्नु भयो ।साथै उक्त कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशका सचिव रुद्र सिंह तामाङ्ग,  सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति स.प्र.ना.म.नि. किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालयका अनुसन्धान निर्देशक हरिहर पौडेल लगायतको उपस्थिती रहेको  थियो ।  

Updates

Related Links