सि.सं. ४६१ से.मु. हतियार तालिमको अन्तिम प्रवचन कार्यक्रम

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९/०९/११ गते देखि संचालन भएको सि.सं. ४६१ से.मु. हतियार तालिमको अन्तिम प्रवचन कार्यक्रम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यमा मिति २०७९/१०/२० गते सम्पन्‍न भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलजज्यूले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरी बधाई दिनु भई से.मु. हतियार तालिम भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेका सैद्धान्तिक तथा व्यवहारीक ज्ञानले से.मु.मा रहेको हतियार प्रति आत्म भरोसा, हतियार प्रयोग सम्बन्धी निपुर्णता हाँसिल गरी हतियारको सुरक्षित हेन्डलिङ्ग तथा हतियारमा पर्न सक्ने रोकलाई हटाई फिल्ड क्राफ्टको प्रयोग विभिन्न अप्रेसनको दौरानमा ईमान्दार, कटिवद्ध र निष्ठावान भई दुरुस्त प्रयोग गर्नु पर्ने बताउनुका साथै सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क.हरु तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी २४ जना स.प्र.स.ह प्रशिक्षार्थी मध्ये ख क्ष- ४, ख त्र- २ ग क्ष- २, ग त्र- १२ र घ त्र -४ जनाले उल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेको थिय ।

Updates

Related Links