सि.सं. ४ Medical First Responder (जु.अ. तथा अन्य दर्जा ) तालिमको अन्तिम प्रबचन कार्यक्रम

सशस्त्र प्रही बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९/०३/१२ गते देखि संचालन भएको सि.सं. ४ Medical First Responder (MFR) को अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा मिति २०७९/०४/०६ गते सम्पन्‍न भएको ।

 उक्त कार्यक्रमका प्रमुख अतिथि स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नु भई तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । Medical First Responder(MFR) तालिमले विपद्को समयमा खटिंदा घाईते बिरामीको ज्यान बचाउन सक्षम जनशक्तिको उत्पादन भएकोले प्राथमिक उपचारकले महत्वपुर्ण भुमिका खेल्ने र विभिन्न घट्ना तथा दुर्घट्नाहरुमा घाईते विरामीहरुको सामान्य उपचारको अभावमा ज्यान जान सक्ने हुँदा आफ्नो सेवाप्रति कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउँनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा स.प्र.ना.नि.-१, स.प्र.ह.-१, स.प्र.स.ह.-८, र स.प्र.ज.-२० गरी जम्मा ३० जना सशस्त्र प्रहरी कर्मचारी सम्मिलित भई ख,क्ष-१०, ख,त्र४, ग,त्र-१३, घ,त्र ग्रेडिङ्ग-३ जनाले प्राप्त गरी तालिम सफलतापुर्वक सम्पन गरेका छन ।

Updates

Related Links