सि.सं. ३७ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा विल्लादार जवान) को अन्तिम प्रवचन तथा दर्ज्यानी चिन्ह समापन कार्यक्रम

श्री सशस्त्र प्रहरी बल नेपाल विवपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८ बैषाख १२ गते देखि संचालन भएको सि.सं. ३७ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौबजीको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा १ (एक) जना सप्रनानि, १ (एक) जना सप्रसनि र ४५ (पैतालिस) जना सप्रज गरी जम्मा ४७ (सतचालिस) जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक सम्पन्न गर्नुका साथै तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा ख.क्ष -१, ग.क्ष - ६, ग.त्र - १९, घ.त्र ग्रेडिङ्ग - १७ जनाले प्राप्त गर्नु भएको थियो ।

Updates

Related Links