सि.सं. ३६ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा विल्लादार जवान)को अन्तिम प्रवचन कार्यक्रम

यस सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/१०/२५ गते देखि संचालन भएको सि.सं. 36 विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीको प्रमुख आतिथ्यमा मिति २०७८/०१/१४ गते  सम्पन्‍न भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कशौललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा २ (दुई) जना सप्रनानि, १ (एक) जना सप्रह र ४७ (सतचालिस) जना सप्रज गरी जम्मा ५० (पचास) जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक सम्पन्न गरेको उक्त तालिममा ख,क्ष-१, ख,त्र-१, ग,क्ष-२, ग,त्र-१७, घ,त्र ग्रेडिङ्ग-२९ जनाले प्राप्त  गरि सफलतापुर्वक तालिम सम्पन्न गरेका छन ।

Updates

Related Links