“सि.सं. ३ Collapsed Structure Search & Rescue (जु.अ. तथा अन्य दर्जा)” तालिमको अन्तिम प्रबचन कार्यक्रम

मिति २०७८/०९/२० गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम “सि.सं. ३ Collapsed Structure Search & Rescue  (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रबचन कार्यक्रम यस शिक्षालयका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो।

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूले  तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरी बधाई दिनुका साथै सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुदै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल¸ नेपालले निर्वाह गरेको भूमिका अभिवृद्धि गर्न CSSR तालिम एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताउनु भयो  साथै तालिम प्राप्त व्यक्तिले उद्धारक स्वयं, आफ्नो टोली र घाईतेको जिवनरक्षाको लागी भत्केको संरचनाबाट खोज तथा उद्धार सम्वन्धी सिप एवं क्षमताको विकास गर्ने हुँदा पुग्ने हुँदा तालिममा सिकाईएका ज्ञान, सिपलाई कुशलतापुर्वक कार्य क्षेत्रमा लागु गर्न निर्देशन दिनुहुँदै तालिम सफलतापुर्वक सम्पन्न गराउन भुमिका निर्वाह गर्ने प्रशिक्षक तथा सहभागी प्रशिक्षार्थीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । उक्त तालिममा सहभागी स.प्र.ना.नि.-१ जना, स.प्र.स.नि.-१ जना, का.मु.स.प्र.ब.ह.-१, स.प्र.ह.-२ जना, स.प्र.स.ह.-३ जना र स.प्र.ज. २७ जना गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरु मध्ये ख क्ष ग्रेडिङ्ग -८ जना, ख त्र ग्रेडिङ्ग-५ जना, ग क्ष  ग्रेडिङ्ग -३ जना, ग त्र ग्रेडिङ्ग -१३ जना र घ त्र ग्रेडिङ्ग-६ जनाले प्राप्त गरेका थिय ।

Updates

Related Links