सि.सं. २ सप्रसनि अल्पकालिन तालिमको प्रथम प्रवचन कार्यक्रम समापन

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा मिति २०७७/०९/०५  गते देखि संचालन भएको सि.सं.२४(घ) सप्रसनि अल्पकालिन आधारभुत तालिम तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको ।

 

सि.सं.२४(घ) सप्रसनि अल्पकालिन आधारभुत तालिमको प्रथम प्रवचन कार्यक्रम समुद्घघाटन पश्चात प्रमुख अतिथीज्यूले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थीतथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकारद्वारासशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.स.नि.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु, तालिममा सिकाईने ज्ञान¸ कला, कौशल रकार्य गर्ने क्षमता अभवृद्धि हुने बताउँदै तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुगिलडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।Covid-19 ले विश्वनै आक्रान्त भईरहेको यस विषम परिस्थितिमा तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीले सम्भावित जोखिमबाट बच्न आवश्यक सम्पूर्ण सावधानीका उपायहरु अपनाउनु पर्ने बताउनु भयो।तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाईनिर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । उक्त तालिममा स.प्र.स.नि. 25 (पचिस) जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।


Updates

Related Links