सि.सं. 34 DM तालिमको प्रथम प्रवचन

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालन सि.सं. ३४ विपद् व्यवस्थापन तालिमको समुद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि स.प्र.बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति स.प्र.ना.म.नि. कृष्णभक्त ब्रम्हचार्यको प्रमुख आतिथ्यमा मिति २०७६/११/१४ गते  पानसमा दिप प्रज्वलन गरी समुद्‍घाटन गर्नु भएको ।

तालिमको प्रथम प्रवचन कार्यक्रम पश्चात सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथी स.प्र.बल नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति स.प्र.ना.म.नि. कृष्णभक्त ब्रम्हचार्यले नेपाल सरकारद्वारा स.प्र.बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण रहेकोमा विपद् व्यवस्थापन तालिम शिक्षालयले दक्ष जनशक्ति उत्पादन गरी विपद्को क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले तालिम प्राप्‍त जनशक्तिले छोटो र छिटो समयमा विपद्‍मा जनधनको खोजी तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा सफलता प्राप्त गर्ने र विपद् व्यवस्थापन तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुग्ने र जिवन बाच्ने बचाउने सिपमा दख्‍खल प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा विपद् प्रतिकार्यमा योगदान पुग्ने कुरामा जोड दिनुभयो ।

उद्धारकलाई उद्धार सम्वन्धी ज्ञान¸ उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु वारे ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसलाका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो

उक्त तालिममा विभिन्‍न स.प्र.बल युनिटहरुबाट स.प्र.ना.नि. ६ (छ)  जना¸  स.प्र.स.नि. २ (तिन) जना¸ स.प्र.स.ह. ३ (तीन) जना र स.प्र.ज. ३९ (उनन्चालीस) जना गरी जम्मा ५०  जना प्रशिक्षार्थीहरु सहभागी भएको ।

 






Updates

Related Links