विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनि केन्द्रको समुद्घाटन कार्यक्रम

आज मिति २०७८/०३/१६ गते संगठन प्रमुख श्रद्धेय सशस्त्र प्रहरी महानिरीक्षक श्रीमान् शैलेन्द्र खनालज्यूद्वारा यस विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा नवनिर्मित माता सरस्वती, विश्‍वकर्मा मन्दिर तथा विपद् व्यवस्थापनमा प्रयोग गरिने साधन, उपकरणहरुको विवरण सहितको भण्डारण, विपद्जन्य घटनाहरुमा परिचालित भई गरेका उद्दार कार्यहरुको श्रब्यदृष्य सहितको विस्तृत अभिलेख तथा विभिन्‍न समयमा घटेका विपद्का घटनाहरुको बारेमा जानकारी दिलाउने उद्देश्‍यले विपद् सम्बन्धी समग्र पक्षलाई समेटी निर्माण गरिएको विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको समुद्‍घाटन गर्नु भयो।

समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथी श्रद्धेय सशस्त्र प्रहरी महानिरीक्षक श्रीमान् शैलेन्द्र खनालज्यूले यस शिक्षालय परिसरमा विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको स्थापना हुनु सह्रानिय कार्य भएको  बताउनु भयो ।साथै नेपालमा  प्राकृतिक तथा गैह्र प्राकृतिक विपद्का घटनाहरुबाट सिर्जित अवस्थाको न्युनिकरण, प्रतिकार्य तथा व्यवस्थापनको लागि नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई विपद् व्यवस्थापन जस्तो अत्यन्तै महत्वपुर्ण कार्यदेश सुम्पिएको तथा सोही अनुसार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले आफ्नो स्थापनाकाल देखि हाल सम्म विपद् व्यवस्थापनको क्षेत्रमा ईमान्दारीका साथ उत्कृष्ट ढंगले प्राप्त जिम्मेवारी निर्वाह गर्दै आईरहेकोमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सम्पादित कार्यहरुको विवरण, उद्धार गतिविधिको श्रव्य-दृश्य, उद्धारकर्मीहरुको अनुभव, पृष्ठपोषण समेत अभिलेखिकरण तथा अध्ययन-अध्यापन प्रभावकारी बनाउन आवश्यक अन्य सम्बन्धित लेख, पुस्तक, श्रव्य-दृश्य, शोधपत्र, खोज तथा अनुसन्धानहरुको संग्रह अभिलेखको रुपमा राख्‍ने तथा उद्धार कार्यसंग सम्बन्धित विषय-वस्तुहरुको प्रदर्शनी स्थलको रुपमा समय सापेक्ष विकास गर्दै जाने उद्धेश्यले  शिक्षालयको हाताभित्र विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्र (DM REC) को स्थापना गरिनुले भविष्यमा यस शिक्षालयलाई स्तरोन्‍नती गरी उच्च स्तरको शैक्षिक संस्थाको रुपमा विकास गर्दै लैजाने कार्यमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नु भयो । 

त्यसैगरी प्रत्येक राष्ट्र सेवक कर्मचारीले राष्ट्र र राष्ट्रियता प्रति वफादार भई आफ्नो मातृभुमि र नेपाली जनता प्रति ईमान्दार, बफादार र कर्तब्यनिष्ठ भई कार्य सम्पादन गर्नुपर्ने वताउदै जस्तो सुकै कठिन परिस्थितीमा समेत स.प्र.बल, नेपालका राष्ट्र सेवक कर्मचारीहरु विचलित नभई राष्ट्र सेवामा लाग्न निर्देशन दिनुभयो । नेपाल प्राकृतिक एवम् गैह्र प्राकृतिक विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्रको रुपमा रहेको र बर्षेनी विपद्को कारणले जनधनको क्षति भई पिडित ब्यक्तिहरु घरवार विहिन हुने अवस्थालाई मध्यनजर राख्दै विपद् ब्यवस्थापन र प्रतिकार्यमा राष्ट्र सेवक कर्मचारीहरुले उच्च मनोवलका साथ लाग्नु पर्ने वताउनु भयो । त्यसैगरी स.प्र.बल, नेपाल विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारले ब्यवसायिक र दक्ष उद्धारकहरु उत्पादन गरी संगठनको निति तथा कार्य योजनालाई सफलीभुत बनाउन विपद् ब्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । प्रमुख अतिथिज्यूले कार्यक्रमलाई संवोधन गर्दै विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल संग हातेमालो गरी काँधमा काँध मिलाई सहयोग पुर्‍याउनु हुने व्यक्ति, संघसंस्था र स्थानिय तहको भुमिकाको समेत प्रशंसा गर्नुभयो ।

उक्त कार्यक्रममा शिक्षालयमा नवनिर्मित माता सरस्वतीको मन्दिर, विश्‍वकर्मा मन्दिर र विपद् ब्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्र, निर्माण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान दिनुहुने विभिन्‍न ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रमुख अतिथिज्यूले प्रशंसापत्र वितरण गर्नु भएकोथियो भने स्वागत मन्तब्य र निर्माण प्रतिवेदन यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले प्रस्तुत गर्नु भएको थियो ।

 उक्त कार्यक्रममा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश बैद्यज्यू, सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ, नं. १७ गण हे.क्वा. चितवनका गणपति, ईच्छाकामना गाउँपलिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधीहरु एवम् यस शिक्षालयमा कार्यरत स.प्र.क.हरुको उपस्थित रहेको थियो ।

 

Updates

Related Links