बस दुर्घटनाका घाईतेको उद्धार तथा मृतकको शव निकालिएको

मिति २०७६/०२/०५ गते अ.०६:३० बजेको समयमा जिल्ला धादिङ्ग गजुरी गा.पा.६ पृथ्बी लोकमार्ग स्थित बन्छेटार भन्ने स्थानमा काकडभित्ता बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रु बाहक बस गति अनियन्त्रित भई त्रिशुली नदिमा खस्दा ९ जना ब्यक्तिहको मृत्यु र २७ जना ब्यक्तिहरु घाईते भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको देबिदत्त गण गजुरीबाट प्र.से. सुदिप बानियाको कमाण्डमा २५ जना¸ स.प्र.बल नेपाल गुल्म हे.क्वा.धादिङ(नं.१४ गण हे.क्वा.मकवानपुर नं.१गुल्म) गुल्मबाट स.प्र.ना.उ. दर्शन गिरीको कमाण्डमा ३४ जना र यस शिक्षालयबाट स.प्र.नि. लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा गोताखोर सहितको १८ जनाको टोली र ईलाका प्रहरी कार्यालय गजुरीबाट प्र.नि. नवराज ढुङ्गेलको १५ जनाको संयुक्त टोली खटिगई खोज तथा उद्धार कार्य गरेको ।         

     साथै ऐ.मितिको अ.१५:१० बजेको समयमा जिल्ला धादिङ्ग गजुरी गा.पा.६ बन्छेटार स्थित त्रिशुली नदीमा नुहाउने क्रममा जिल्ला बझाङ्ग घरभई हाल काठमाण्डौ कोटेश्वरमा सारदा फार्मेसीको संचालक रहेका बर्ष २५ को मनोज बोहोरा डुबि बेपत्ता भएको हुँदा उक्त स्थानमा यस शिक्षालयबाट सप्रनि लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा खटिएको १८ जनाको टोली र राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट सप्रनि भिमसेन बोहोराको कमाण्डमा खटिएको २५ जनाको टोलीले खोज तलास कार्य गर्दा १५:५४ बजेको समयमा निजको शब फेला पारी पो.मा.को लागी गजुरी सामुदायिक अस्पताल पठाईएको ।

    मिति २०७६/०२/०७ गते ०७:४० बजेको समयमा उक्त दुर्घटनामा हराईरहेका व्यक्तिहरुको खोजिकार्यको लागि यस शिक्षालयबाट सप्रनि भवराज कटवालको कमाण्डमा गोताखोर सहित ७ जनाको उद्धार टोलि खटिई गई अन्दाजी १०:५० बजेको समयमा जिल्ला झापा हल्दिवारी गाउपालिका-५ बस्ने अन्दाजी बर्ष ३२ का कृष्ण प्रसाद निरौलाको शव नदिबाट निकाली निजको साथमा रहेको नगद रु. १०,००० (दश हजार) र सामसुङ्ग मोवाईल सेट थान-१ सहित निजको शव ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरीको टोलीलाई जिम्मा लगाईएको ।

 

 





Updates

Related Links