गृह सचिवद्वारा सशस्त्र प्रहरी बल¸नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयको भ्रमण सम्पन्न

चितवन, मसिंर ३०

सशस्त्र प्रहरी बल¸ नेपालको चितवनस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयको गृह सचिव महेश्वर न्यौपानेले अवलोकन भ्रमण गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल¸ नेपालले वि.स.2068 साल देखि विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरेको उक्त शिक्षालयले विपद् व्यवस्थापन क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आईरहेको छ । भ्रमणका क्रममा तालिम शिक्षालयको उद्धारकहरुले विपद्को समय एवं दुर्घटनाहरुमा भीर तथा खोँचहरुमा फसेका पीडितहरुको डोरीद्वारा गरिने उद्धारको नमुना प्रस्तुत गरेका थिए ।सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा गृह सचिव महेश्‍वर न्यौपानेले सशस्त्र प्रहरी बल¸ नेपालका राष्ट्र सेवक कर्मचारीहरुलाई विपद्‍मा पुर्याएको योगदानको कदर गर्दै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निभाउननिर्देशन दिनु भयो । अवलोकन भ्रमणमा गृह सचिव सहित प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय  अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी एवं चितवन जिल्लाका प्र.जि.अ. नारायण प्रसाद भट्टराई लगायत सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।भभ्रमण टोलीद्वारा शिक्षालयमा रहेको विभिन्‍न उद्धार कार्यमा प्रयोग हुने उद्धार उपकरण स्टोर¸ ट्रमा अस्पताल निरीक्षण गर्नुका साथै शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीले शिक्षालयको गतिविधी बारेसंक्षिप्त ब्रिफिङ्ग प्रस्तुत गर्नु भएको थियो ।






Updates

Related Links