SMEE Training को प्रथम तथा सि.सं. २९ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम सम्पन्न

मिति २०७५/१२/२५ गते US Special Operations Command Pacific  को आयोजनामा सशस्त्र प्रहरी बल,  नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा ५ दिन कार्यावधी रहेको Subject Matter Expert Exchange (SMEE) Training  को प्रथम प्रवचन तथा गत पौष ०८ गते देखि संचालन भएको सि.सं. २९  विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो ।   SMEE Training  मा स.प्र.बल,  नेपालका विभिन्न ईकाईहरुबाट  मनोनित १८ जना सिनियर तथा जुनियर अधिकृतहरु सहभागी रहेको उक्त तालिम २९ गते समापन हुनेछ । 

कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले विपद् व्यवस्थापन तालिममा सर्वोत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान तथा तालिममा सहभागी सात जना स.प्र.नि. प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र  अन्य प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भएको थियो । उहाँले विपद् व्यवस्थापन एउटा पवित्र मानवीय सेवा भएकोले यस कार्यमा लागेका सम्पुर्ण स.प्र.क.हरु कट्टिबद्ध तथा निष्ठावान भई सेवा गर्नुपर्ने र तालिम गरिसकेपश्चात पनि आफ्नो कार्य कुशलता वृद्धि गर्नको  लागि निरन्तर रुपमा अभ्यास गरिराख्‍न निर्देशन दिनुका साथै उद्घाटन भएको SMEE Training  मा सहभागी अधिकृतहरुलाई तालिममा प्रदान गरिने प्राथमिक उपचार सम्बन्धी ज्ञानले विपद्को समयमा प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सहयोग पुग्ने हुँदा तालिममा दत्त चित्त भई सिकाई हासिल गर्न निर्देशन दिनु भयो ।

साथै उक्त कार्यक्रममा समापन भएको सि.सं. २९ विपद् व्यवस्थापन तालिमको प्रतिवेदन तालिम प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु प्रसाद धितालले प्रस्तुत गर्नु भयो । उक्त  तालिममा सि.अ. सात जु.अ. छ  र विल्लादार जवान ३४  जना गरी जम्मा ४७ जना प्रशिक्षार्थीहरुले तालिम सफलतापूर्वक सम्पन गरेका थिए ।


Updates

Related Links