सि.सं. ७ Collapsed Structure Search & Rescue (जु.अ. तथा अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

मिति २०८१/०१/23 गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालित सि.सं. 7 Collapsed Structure Search and Rescue (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाज्यूले तालिममा सहभागी प्रशिक्षार्थी, शिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।यस तालिमले देशको भु-धरातलिय स्वरुप, शहरिकरणको कारण वनेको संरचना र विगतमा भएका ठुला विपद्जन्य घटनाहरुमा भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार कार्यको लागि विशिष्टिकृत रुपमा काम गर्न सक्ने कुशल उद्धारक उत्पादन गरि उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुभयो । तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा  स.प्र.स.ह. ७ (सात) जना र स.प्र.ज. २२ (बाईस) जना  गरी जम्मा २९ (उन्तिस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।            

Updates

Related Links