सि.सं. ४२ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा अन्य दर्जा)को अन्तिम प्रबचन कार्यक्रम
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९ साल भाद्र १२ गते देखि संचालन भएको सि.सं.४२ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यतामा २०७९ साल पौष ०८ गते सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा ७ (सात) जना सप्रसनि र ४२ (बयालिस) जना सप्रज गरि जम्मा ४९ (उनन्चास) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ६, ख,त्र -१ जना, ग.क्ष-६, ग.त्र.-७ र घ.त्र- २९ जनाले प्राप्त गरेक छन ।