सि.सं. ३४७ बिल्लादार तालिमको अन्तिम प्रवचन कार्यक्रम

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/१०/११ गते देखि संचालन भएको सि.सं. ३४७ बिल्लादारतालिमको अन्तिम प्रवचनकार्यक्रम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/१२/१३ गते सम्पन्‍न भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कारप्रदान गरीबधाई दिनु भईबिल्लादार तालिम स.प्र.ज.हरुको लागि भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेकासैद्धान्तिक तथा व्यवहारीक ज्ञान जस्तै फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸विभिन्न किसिमका ट्याक्टिसहरु,ज्ञान¸ कला र कौशललाई आफ्नो कार्य क्षेत्रमा भरपुर सदुपयोग गरी ईमान्दार, कटिवद्ध र निष्ठावान भई राष्ट्र र जनताको सेवामा लाग्नु पर्ने बताउनुका साथै सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क. तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी प्रशिक्षार्थी मध्य ३ जना प्रशिक्षार्थी विभिन्न कारणले निश्कासित भई ५५  जनामध्ये ख क्ष- ७, ग क्ष-१६,ग त्र-११ र घत्र-२१ जनालेउल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेका थिय ।