सि.सं.२३८ पति पत्ति तालिमको प्रथम प्रबचन कार्यक्रम
सशस्त्र प्रहरी बल, नेपाल
विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा मिति २०७७-०८-०७ गते देखि संचालन
भएको सि.सं.२३८ पत्तिपति तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका
समादेशक स.प्र.ब.उ कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको ।
सि.सं. २३८ पत्तिपति
तालिमकोप्रथम प्रवचन कार्यक्रम समुद्घघाटन पश्चात प्रमुख अतिथीले तालिममा सहभागी
प्रशिक्षक, प्रशिक्षार्थी तथा उपस्थित सकल दर्जालाई निर्देशन सम्बोधन गर्नु हुँदै
नेपाल सरकारद्वारासशस्त्र
प्रहरी बल¸नेपाललाई प्रदत्त
कार्यादेशहरुबाट प्राप्त
जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी
गर्न र स.प्र.ह.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको
बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्न
ट्याक्टिसहरु, तालिममा सिकाईने ज्ञान¸ कला, कौशल र कार्य गर्ने
क्षमता अभवृद्धि हुने बताउँदै तालिममा सिकाईएका
सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र
राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जिवन बाँच्ने बचाउने
सिपमा दख्खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको
निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो। Covid-19 ले
विश्व नै आक्रान्त भईरहेको यस विषम परिस्थितिमा तालिमका प्रशिक्षक तथा
प्रशिक्षार्थीले सम्भावित जोखिमबाट बच्न आवश्यक सम्पूर्ण सावधानीका उपायहरु
अपनाउनु पर्ने बताउनु भयो। तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि
अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र
प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा
प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम
सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो ।
उक्त तालिममा विभिन्न सशस्त्र प्रहरी बलका युनिटहरुबाट ५० जना स.प्र.ह.हरु जना प्रशिक्षार्थीहरु सहभागी भएका छन ।