मुग्लिन ट्रक दुर्घटनामा उद्धार गरीएको ।
मिति २०७६/०३/२८ गते बिहान अन्दाजी ०६:३० बजेको समयमा
जिल्ला चितवन ईच्छाकामना गाउँपालिका -५ स्थित मुग्लिन बजार नजिकै भैरहवाबाट
काठमाडौतर्फ जाँदै गरेको ना.४ ख. १९७६ नं. मालबाहक ट्रकमा माथिबाट ढुङ्गा खसी
ट्रकमा लाग्दा उक्त ट्रक सडकबाट अन्दाजी ३०/४० मिटर तल त्रिशुली नदीमा खस्दा भएको
दुर्घटनाको खबर अन्दाजी ०६:०० बजे ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्राप्त
हुनसाथ यस शिक्षालयबाट स.प्र.नि. हरिकृष्ण गिरीको कमाण्डमा खटि गएको ९ जनाको उद्धार
टोलीले जिल्ला ललितपुर बस्ने बर्ष ४६ को चालक माधव थापालाई घाईते अवस्थामा उद्धार
गरी उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरतर्फ पठाएको र उक्त ट्रकका सह-चालक दाङ्ग
घोराही बस्ने अन्दाजी वर्ष २०/२० को अनिल भन्ने (थर नखुलेको) व्यक्तीको शव त्रिशुली
नदीबाट निकाली ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिई आएको नेपाल प्रहरीको टोलीलाई
बुझाईएको ।