सि.सं. ४३ विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७९/०९/११  गते देखि संचालन भएको सि.सं.४३  विपद् व्यवस्थापन (जु.अ. तथा अन्य दर्जा) तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका  समादेशक स.प्र.ब.उ. मनिष थापाज्यूको प्रमुख आतिथ्यतामा २०७९ /१२/०८ गते सम्पन्‍न  भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.ब.उ. मनिष थापाज्यूले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा १ (एक)  जना सप्रनानि,  २ (दुई) जना सप्रसनि र ४६ (छयालिस) जना सप्रज गरि जम्मा ४९ (उनन्चास) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ६,  ग.क्ष-११, ग.त्र.-९ र घ.त्र- २३  जनाले प्राप्त गरेक छन ।

Updates

Related Links