सि.सं. ३८ विपद् व्यवस्थापन तालिम (जु.अ. तथा अन्य दर्जा) को अन्तिम प्रबचन कार्यक्रम

 सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८ श्रावण १७  गते देखि संचालन भएको सि.सं. ३८ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका मित्त समादेशक स.प्र.उ. सुशिल सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्‍न  भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी स.प्र.उ. सुशिल सुबेदीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई DMT TAG प्रदान गर्नु भई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले नेपाल विपद्को दृष्टिकोणले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै विपद् व्यवस्थापन तालिमले योग्य र क्षमतावान उद्धारक उत्पादन गरी विपद्को समयमा दक्ष जनशक्तिले महत्‍वपुर्ण भुमिका खेल्ने र विपद् व्यवस्थापन एउटा पवित्र कार्य भएकोले विपद् उद्बार लगायत शान्ति सुरक्षा कायम राख्ने कार्यमा कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा ३ (तिन) सप्रनानि, १ (एक) सप्रसह र ४६ (छयालिस) सप्रज गरि जम्मा ५० (पचास) जना प्रशिक्षार्थीहरु मध्ये ख.क्ष- ३, ख.त्र.- ३, ग.क्ष- ४, ग.त्र.- १४ र घ.त्र- २६ जनाले  ग्रेडिङ्ग प्राप्त गरेक छन ।


 

 

Updates

Related Links