सि.सं. ३६४ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम

आज मिति २०७८/०४/१० गते यस सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा  सि.सं.  ३६४ विल्लादार तालिमको प्रथम प्रवचन कार्यक्रम सशस्‍त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

उक्त प्रथम प्रवचन कार्यक्रम समुद्‍घाटन पश्चात प्रमुख अतिथिले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थीतथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, पेशागत ज्ञान सीप अभिबृद्बि गर्न र स.प्र.ज.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु विषयमा सिकाईने ज्ञान¸ कला, कौशलले कार्य गर्ने क्षमता अभिवृद्धि हुने बताउँनु हुँदै तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जीवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जीवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।साथै तालिममा सिकाईने ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ज. २७ (सताईस) जना प्रशिक्षार्थीहरु सहभागी रहेको छ ।

Updates

Related Links