सि.सं.३३९ विल्लादार वेशिक तालिमको अन्तिम प्रबचन कार्यक्रम समापन

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०४/११ गते देखि संचालन भएको सि.सं. ३९९ बिल्लादारतालिमको अन्तिम प्रवचनकार्यक्रम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/०६/०४ गते सम्पन्‍न भयो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कारप्रदान गरीबधाई दिनु भईबिल्लादार तालिम स.प्र.ज.हरुको लागि भविष्यमा हुने पदोन्नती तथा बृत्ति बिकासको अनिवार्य तालिम भएको र तालिमले व्यक्तिलाई परिपक्क र व्यवसायीक क्षमतामा अभिवृद्धि गराउने बताउदै तालिममा सिकेकासैद्धान्तिक तथा व्यवहारीक ज्ञान जस्तै फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸विभिन्न किसिमका ट्याक्टिसहरु,ज्ञान¸ कला र कौशललाई आफ्नो कार्य क्षेत्रमा भरपुर सदुपयोग गरी ईमान्दार, कटिवद्ध र निष्ठावान भई राष्ट्र र जनताको सेवामा लाग्नु पर्ने बताउनु भयो ।COVID-19 ले विश्‍व नै आक्रान्त भएको यस विषम परिस्थितिमा अपनाउनु पर्ने सम्पूर्णस्वास्थ्य मापदण्डहरुको पालना गरी सफलतापूर्वक तालिम सम्‍पन्‍न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने कार्यरत सम्पूर्ण स.प्र.क. तथा प्रशिक्षक वर्गलाई धन्यवाद दिनुभएको र उक्त तालिममा सहभागी प्रशिक्षार्थी, स.प्र.ज.-३३ जनामध्ये ख क्ष- ४, ख त्र- ३,ग क्ष-२,ग त्र-१६ र घत्र-८ जनालेउल्लेखित ग्रेडिङ्ग प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्‍न गरेका थिय ।


Updates

Related Links