सि.सं. ३३ विपद् व्यवस्थापन तालिमको समुदघाटन कार्यक्रम

मिति २०७६/०७/१७ गते देखी सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सि.सं. ३३  विपद् व्यवस्थापन तालिमको पर्दा अनावरण गरी प्रथम प्रवचन कार्यक्रम प्रमुख अतिथि यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो ।

      तालिमको प्रथम प्रवचन कार्यक्रम पश्चात सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानज्यूले नेपाल सरकारद्वारा स.प्र.बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण रहेकोमा विपद् व्यवस्थापन तालिम शिक्षालयले दक्ष जनशक्ति उत्पादन गरी विपद्को क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले सशस्त्र प्रहरी बल जस्तो गौरवशाली संगठनमा आवद्ध भई देश र जनताको सेवा गर्ने मौका पाउनु अहोभाग्य भएको र विपद्‍मा परेका जनताहरुलाई प्रत्यक्ष रुपमा उनीहरुलाई सहयोग गर्नु परम कर्तव्य भएको उल्लेख गर्नु भयो । उहाँले  तालिम प्राप्‍त जनशक्तिले छोटो र छिटो समयमा विपद्‍मा जनधनको खोजी तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा सफलता प्राप्त गर्ने र विपद् व्यवस्थापन तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाईनै प्रत्यक्ष रुपमा फाईदा पुग्ने र जिवन बाच्ने बचाउने सिपमा दख्‍खल प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा विपद् प्रतिकार्यमा योगदान पुग्ने कुरामा जोड दिनुभयो ।

 

  उद्धारकलाई उद्धार सम्वन्धी ज्ञान¸ उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु वारे ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसलाका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

 १० हप्ता कार्यावधी रहेको विपद् व्यवस्थापन तालिममा  MFR, CSSR, DBM,  Water Rescue, Fire Fighting, Rope Rescue, CCCM,  Logistics लगायतका प्याकेजहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण गरिने छ ।

उक्त तालिममा स.प्र.ना.नि. ३ (तिन)  जना¸  स.प्र.स.नि. ४(चार) जना¸ स.प्र.ह. १ (एक) जना¸ स.प्र.स.ह. १ (एक) जना र स.प्र.ज. ४१ (एकचालिस) जना गरी जम्मा ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।  

 





Updates

Related Links