सि.सं. ३ विपद् व्यवस्थापन (सि.अ.) तालिमको अन्तिम प्रवचन कार्यक्रम

यस शिक्षालयमा  मिति २०७८/०५/०९ गते देखि संचालन भएको सि.सं. ३ विपद् व्यवस्थापन (सि.अ.) तालिमको अन्तिम प्रवचन कार्यक्रम  आज मिति २०७८/०८/०५ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलज्युको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो । 

 उक्त अन्तिम प्रवचन कार्यक्रममा प्रमुख अतिथीज्युले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीहरुलाई पुरस्कारर सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा DMT TAG प्रदान गरी तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकवर्गलाई  निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले उद्बारकर्तामा साहश, सामर्थ्य र कार्य गर्ने मनोवल वृद्बीमा सहयोग पुग्ने कुरामा जोड दिनुका साथै विपद् व्यवस्थापन तालिममा समावेश गरिएका विभिन्न प्याकेजहरुले कुशल प्राथमिक उपचारक, जल उत्पन्न प्रकोपमा उद्बारक, कुशल फायर फाईटर, विपद्पूर्व, विपद्को दौरान र विपद् पश्चात गरिने उद्बारमा उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान प्राप्त हुने र सो ज्ञान हासिल गर्नको लागी विपद् व्यवस्थापन तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदैसफलतापूर्वक तालिम सम्पन्तगर्नेप्रशिक्षार्थी अधिकृतहरुलाई बधाई ज्ञापन गर्नु भयो । साथै उक्त तालिममा ४(चार) जना सप्रनाउ र २२ (बाईस) जना सप्रनि गरी जम्मा २६ (छब्विस) जना प्रशिक्षार्थीहरु सहभागी भएकोमा १ (एक) जना सप्रनाउ स्वास्थ्य समस्याको कारण तालिमबाट निष्कासित भई बाँकी २५ जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक तालिम सम्पन्न गर्नुभएकोमा ख.क्ष - २, ख.त्र -१ ग.क्ष - ७, ग.त्र -५ र घ.त्र ग्रेडिङ्ग १०  जनाले प्राप्त गरेका छन।

 

Updates

Related Links