सि.सं. ३ Rope Rescue (जु.अ. तथा अन्य दर्जा ) तालिमको प्रथम प्रबचन कार्यक्रम

आज मिति २०७९/०३/१६ गते देखि यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा  सि.सं. ३ Rope Rescue (जु.अ. तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयको समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक  अन्जनी कुमार पोखरेलज्युको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। 

उक्त प्रथम प्रवचन कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक  अन्जनी कुमार पोखरेलज्युले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षकलाई निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸ नेपाललाई प्रदत्त कार्यदेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको हुँदा विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्हरुबाट हुने क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनीय भूमीका निर्वाह गरेको बताउनु भयो।उद्बार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिन कार्य भएकोले उद्बारकर्तामा उच्च स्तरको शारीरिक, मानसिक, पेशागत दक्षता अपरिहार्य रहेकोले तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा खोज तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलतापूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक बर्गलाई निर्देशन दिनु हुदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो । साथै यस तालिममा स.प्र.ना.नि. १ (एक) जना, स.प्र.ब.ह. १(एक) जना, स.प्र.स.ह. ७(सात) जना र स.प्र.ज. २१ (एक्काईस) जना  गरी जम्मा 30 (तिस) जना प्रशिक्षार्थीहरु सहभागीता रहेको छ ।

Updates

Related Links