सि.सं. ३

सशस्त्र प्रही बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७८/०७/०७ गते देखि संचालन भएको सि.सं. ३ Medical First Responder (MFR) को अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक का.मु. स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा मिति २०७८/०८/०९ गते सम्पन्‍न भयो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथि का.मु. स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नु भई तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । Medical First Responder(MFR) तालिमले विपद्को समयमा खटिंदा घाईते बिरामीको ज्यान बचाउन सक्षम जनशक्तिको उत्पादन भएकोले प्राथमिक उपचारकले महत्वपुर्ण भुमिका खेल्ने र विभिन्न घट्ना तथा दुर्घट्नाहरुमा घाईते विरामीहरुको सामान्य उपचारको अभावमा ज्यान जान सक्ने हुँदा आफ्नो सेवाप्रति कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउँनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा स.प्र.ना.नि.-३, स.प्र.स.नि.-५, स.प्र.ह. -१, स.प्र.स.ह.-७, र स.प्र.ज.-१२ गरी जम्मा २८ जना सशस्त्र प्रहरी कर्मचारी सम्मिलित भई ख,क्ष-४,  ग,क्ष-५, ग,त्र-५, घ,त्र ग्रेडिङ्ग-१४ जनाले प्राप्त गरी तालिम सफलतापुर्वक सम्पन गरेका छन ।


Updates

Related Links