सि.सं. २६२ पत्तिपति तालिमको प्रथम प्रबचन कार्यक्रम

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा मिति २०७८/११/११ गते देखि संचालन भएको सि.सं.२६२ पत्ति पति तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक का.मु. सशस्त्र प्रहरी  बरिष्ठ उपरिक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

उक्त तालिमको प्रथम प्रवचन कार्यक्रमा प्रमुख अतिथीज्यूले तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थी तथा उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुँदै नेपाल सरकार द्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरुबाट प्राप्त जिम्मेवारीहरुलाई प्रभावकारि रुपमा कार्यन्वयन गर्न, पेशागत ज्ञान सिप अभिबृदी गर्न र स.प्र.ह.हरुको लागि भविष्यमा हुने बृद्धि बिकासको लागि अनिवार्य तालिम भएको बताउदै यस तालिमबाट फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ हतियार तथा विभिन्‍न ट्याक्टिसहरु, तालिममा सिकाईने ज्ञान¸ कला, कौशल र कार्य गर्ने क्षमता अभवृद्धि हुने बताउँदै तालिममा सिकाईएका  सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगि लडाईंको समयमा जिवन बाँच्ने बचाउने सिपमा दख्‍खलता प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा देश र जनताको जिवन रक्षाको निमित्त योगदान पुग्ने कुरामा जोड दिनुभयो।  तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरि अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भयो ।

उक्त तालिममा विभिन्न सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरुबाट ५१ जना  सशस्त्र प्रहरी हबल्दारहरु  सहभागी भएका छन ।

Updates

Related Links